"शास्त्रीय सङ्गीत" का संशोधनहरू बिचको अन्तर

भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
→‎नेपालमा शास्त्रीय संगीत: भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: नेपाल using AWB (7794)
पङ्क्ति ५:
शास्त्रीयसङ्गीत १३ औं शताब्दीदेखि मुसलमान र हिन्दु संस्कृतिको सम्मिश्रणबाट विकसित हँुदै आएको उत्तर-भारतीय शास्त्रीयसङ्गीत जसलाई 'हिन्दुस्तानी शास्त्रीयसङ्गीत' पनि भन्ने गरिन्छ । हिन्दुस्तानी शास्त्रीयसङ्गीत भन्नाले सितार, सरोद, हार्मनियम, तबला आदि जस्ता बाजाहरू । त्यसैगरी ध्रुपद, खयाल, ठुमरी, गजल, भजन, कर्बाली जस्ता गायनशैली यस सङ्गीतअन्तर्गत् पर्दछन् । यी विभिन्न राग तथा तालहरूमा संयोजन गरेर गाउने या बजाउने गरिन्छ । हिन्दुस्तानी शास्त्रीयसङ्गीत पूर्वेली संस्कृतिअन्तर्गत् दक्षिण एसियाकै प्रतिनिधित्व गर्ने शास्त्रीयसङ्गीत हो । नेपालमा पनि शताब्दियौँदेखि चल्दै आएको छ । बाहृय मुलुकमा यसलाई 'इन्डियन क्लासिकल म्यूजिक' भनिन्छ । हामी यसलाई हाम्रो मुलुकभित्र 'शास्त्रीयसङ्गीत' मात्र भन्ने गर्छौं । पुस्तौंदेखि चलिआएको हिसाबले हामी यसलाई हाम्रो देशको कला सम्पदाको रूपमा पनि लिन्छौं ।
 
==नेपाल मानेपालमा शास्त्रीय संगीत ==
 
सन् १८५७ मा भारतमा सैनिक विद्रोहपछि विभिन्न प्रान्तमा शासन चलाइरहेका हिन्दु राजा, महाराजा तथा मुसलमान नवाबहरू पलायन भएर गए । यसको प्रत्यक्ष असर शास्त्रीयसङ्गीतमा पनि देखियो । कारण शास्त्रीयसङ्गीत सधैँ कुनै न कुनै शासकहरूको संरक्षणमा हुन्थ्यो । त्यतिबेलाका शास्त्रीयसङ्गीतका कलाकारहरू राजाश्रय पाएर बसेका हुन्थे । दरबारमा उनीहरूको ठूलो पद र इज्जत हुन्थ्यो । कलाकारहरू पलायन हँुदै गइरहेको सरकारबाट उदाउँदै गइरहेको शासकतिर संरक्षण तथा आश्रयका लागि सर्दै जान्थ्यो । जस्तै १३ औं शताब्दीदेखि दिल्ली केन्दि्रत सरकार दिल्ली सुर्तानेट, १६ औंँ शताब्दि देखि दिल्ली, आगरा केन्दि्रत मुगल साम्राज्य र मुगलशासन पनि विस्तारै पलायन हुँदै गएपछि १८ औँ शताब्दीको अन्ततिर उत्तर-भारतका विभिन्न प्रान्तहरूका राज्यहरू उदाउन थाले । त्यहाँका दरबार, महलहरूमा कलाकारले फेरि राजाश्रय पाएका थिए ।