"नेपालको झन्डा" का संशोधनहरू बिचको अन्तर

सा r2.5.4) (रोबोट ले थप्दै: gl:Bandeira do Nepal
→‎नेपाली राष्ट्रिय-झण्डा को पुनरावलोकन: भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिक using AWB (7794)
पङ्क्ति ३६:
यत्तिकैमा ०१९ सालमा संविधान मस्यौदा समिति बन्यो। त्यस समितिको सदस्यका नाताले बलराम जोशी र कृष्णप्रसाद पन्त एकाएक मलाई भेट्न मेरो घरसम्मै आइपुगेर भने, 'नेपालको राष्ट्रिय झन्डाको मानक बनाउनु पर्‍यो।' त्यो प्रस्ताव मेरा लागि अप्रत्यासित थियो। कुनै पूर्वाभास पाएको थिइनँ। मलाई कसले सिफारसि गरेर उनीहरू आएका हुन्, त्यो पनि मलाई थाहा भएन। तर, उनीहरूले सरासर आएर त्यो प्रस्ताव राखेका थिए। मैले अस्वीकार गरनिँ। त्यतिबेला म नारायणहिटी राजदरबारको डिजाइनमा व्यस्त थिएँ।
 
त्यो प्रस्तावपश्चात् म अरू सबै काम छोडेर त्यसैको अध्ययनमा लागेँ। राष्ट्रको चिनारीसँग जोडिने काम आफूलाई सुम्पिएकामा औधी गौरव पनि महसुस भयो। परम्परादेखि चलिआएका विभिन्न किसिमका चन्द्रसूर्य अंकित झन्डाका नमुना खोजेँ। अहिलेजस्तो प्रविधिमा सहज पहुँच थिएन। अध्ययनका निम्ति सामग्री जुटाउन ज्यादै कठिनाइ बेहोर्नु पथ्र्यो।पथ्र्‍यो। तर, हाम्रो घरमा जिजुहजुरबुबादेखि हजुरबुबा हुँदै बुबासम्म शास्त्रमा विशेष रुचि राख्ने हुँदा विद्वान्हरूको आवत-जावत बाक्लै हुन्थ्यो। महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखनाथ पौडेल, नाट्यस्रमाट बालकृष्ण समलगायतका विद्वान्हरूको संसर्ग मैले त्यसै क्रममा प्राप्त गरेको हुँ। नेपाली राष्ट्रिय झन्डाको मानक बनाउने क्रममा उहाँहरूको सल्लाह, सुझाव र प्रेरणा मेरा लागि ज्यादै अविस्मरणीय रह्यो।
 
करबि तीन महिना त म सबै काम छोडी यसैको अध्ययनमा लागेँ। त्यसपछि मैले यसको लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउन ज्यामितीय सूत्रको प्रयोग गरेँ, जसलाई पाइथागोरस त्रिकोण भनिन्छ। यो भनेको ३, ४ र ५ को अनुपात हो। यसलाई अनन्त अनुपात पनि भनिन्छ। त्यसभन्दा राम्रो अनुपात अरू हुन सक्दैन। हरेक मानिस आफ्नो राष्ट्र अनन्त कालसम्म दिगो रहोस् भन्ने चाहन्छ। यसमा त्यही अभिप्रायः अन्तरनिहित छ।
पङ्क्ति ७४:
[[gl:Bandeira do Nepal]]
[[he:דגל נפאל]]
[[hi:नेपाल कानेपालका ध्वज]]
[[hr:Zastava Nepala]]
[[hu:Nepál zászlaja]]