"यती (किम्बदन्ति )" का संशोधनहरू बिचको अन्तर

सा maintenance, removed uncategorised tag, added orphan tag
सा clean up, replaced: ेे → े, ुु → ु (7)
पङ्क्ति ४:
[[File:Yetiscalp.JPG|thumb]]
 
यस क्षेत्रका स्थानीयहरूका अनुसार दक्षिण एसियाको उच्च हिमाली क्षेत्रमा यो बस्दछ । नेपाली शेर्पा र तिव्वतीहरूका अनुसार यती विभिन्न प्रकारका हुन्छन् । ठूलो जातको यती मानिस र लामो पुच्छर भएको बाँदरको वर्णसंका जस्तो हुन्छ । यो राम्रोसँग उभिन सक्दछ । यो दुुइदुइ मिटरभन्दा अग्लो हुन्छ र यसको गाढा-खैरो, कालो रौँ हुन्छ । त्यस्तै अर्को प्रकारको यती औसत मानिसभन्दा सानो हुुन्छहुन्छ र रातो-खैरो छाला हुन्छ । यी यतीहरूमा दुई कुरामा समानता पाइन्छ । त्यो के भने यिनीहरू राम्रो सँग दुई खुट्टामा उभिन सक्छन् र यिनीहरू सबै रहस्यमय छन् ।
 
सन् १८३२ मा बेलायती नागरिक बी.एज. हडसनले नेपालमा शरीरभरि रौं नै रौं भएको जीवले आˆनो नोकरमाथि आक्रमण गरेको भनी उल्लेख गरेका थिए । स्थानीय मानिसहरूले यसलाई राक्षस भन्थे । यो नै पश्चिमीहरूले सम्भावित यतीको बारेमा तयार पारेको पहिलो प्रतिवेदन थियो । सन् १८८९मा ब्रिटिश आर्मीका मेजर एल.ए. वाडेलले सिक्किमको उच्च चुचुरोमा ठूला पैतालाको छाप भेटेको र उनका भरियाहरूले त्यस ठाउँलाई यतीको बाटो भएको र त्यसले मानिसलाई आक्र्रमण गरी खान लिएर भाग्छ भनी उल्लेख गरेको पाइन्छ ।
पङ्क्ति १०:
त्यस्तै सन् १९१३ मा केही चिनिया शिकारीहरूले शरीरभरि रंौ नै रांै भएको मानव जस्तो जीवलाई घाइते बनाई पक्रेर पटाङ्ग सिङ्गीयाङ क्षेत्रमा थुनेर राखे । तत् पश्चात पँाच महिनापछि यसको मृत्यु भयो । यो कालो बाँदरको जस्तो अनुहार, ठूलो शरीर, चम्किलो पहंेलो केही इञ्च लामा रौँ शरीरभरि भएको, हात खुट्टा मानिसको जस्तो भएको र अत्यधिक बलियो थियो भन्ने उल्लेख भएको पाइन्छ । [[File:Wooldridge.jpg|thumb]]
 
सन् १९२१ मा कर्णेल होवार्ड बुरीद्वारा नेतृत्व गरिएको ब्रिटिश एक्पीडिसन टिमले सगरमाथामा करिव १७,५०० फिटको उचाईमा हिउँमा कालो आकृति घुमिरहेको दृश्य देखेका र उक्त स्थानमा गई हेर्दा कुनै जीव नभेटिएको तर मानवका जस्तो ठूलो पाइताला छाप भेटिएको भन्ने उल्लेख भएको पाइन्छ । सन् १९२३ मा सगरमाथा आरोहण दलका मेजर एलन क्यामेरोनले कालो र ठूलो आकृतिको अवलोकन गरे । उक्त ठाउँ उनी रहेको ठाउँवाट २ दिनमा पुुग्नपुग्न सकिन्थ्यो भन्ने उल्लेख भएके पाइन्छ । सन् १९२५ मा ग्रीक फोटोग्राफर तथा र्‍वायल जियोग्राफिकल सोसाइटीका सदस्य एल.ए. तोम्बाजीले झल्याक्क एउटा आकृति देखेको र उनका अनुसार त्यो जीव मानव जस्तो थियो। माथितर्फ हिँडिरहेको थियो , रोकिँदै लालीगुँरासको फुलको कोपीलाहरू चुँड्दै गर्दथ्यो । तोम्बाजी त्यतिखेर हिमालमा १५,००० फिटको उचाइमा थिए । उनी सो दृश्यहरू देखेको ठाउँमा पुग्दा अचम्मका पाइलाहरू थिए भनी उल्लेख गरेको पाइन्छ ।सन् १९४२ मा स्ल्याभोमिर र्‍याविकजको द लङ्ग वाक नामक पुस्तकमा उनले उल्लेख गरे अनुसार उनी र उनका अन्य ६ जना साथिहरू साइवेरिया युद्धवाट भाग्ने क्रममा भुटान र सिक्कीमको बीचमा हिमालय पार गर्दा उनी र उनका साथीहरूले दुई घण्टासम्म १०० कदम परबाट झण्डै आठ मिटर अग्ला, ठूला जीवहरू देखेको उल्लेख गरेका छन् । सन् १९४८ मा नर्वेका जान प|mोसटिसलाई सिक्किममा दुई यतीहरूले आक्रमण गरेका र उनको पाखुरामा ठूलो घाउ लागेको र उपचारपछि निको भएको भनि दाबी गरिएको पाइन्छ । त्यसैगरी सन् १९४९मा तेन्जिङ्ग नोर्गे शेर्पाले गुम्बाको नजिकै हिउँमा यतीहरू खेलिरहेको देखेको दाबी गरेका भनी उल्लेख गरेको पाइन्छ ।
 
नेशनल जोग्राफीमा सन् १९६२ मा प्रकाशित लेख 'विन्टरिङ अन द रुफ अफ द वल्र्ड'मा उल्लेख भए अनुसार २९ मे, सन् १९५३ मा सर एडमण्ड हिलारीले तेन्जिङ्ग नोर्गे शेर्पाका साथ सगरमाथा आरोहणको क्रममा यतीको बारे खोजी गरी यती वास्तविक कुनै प्राणी नभएको र यो कथा मात्र भएको निष्कर्ष निकाले । सन् १९५८ मा नेपालमै काम गर्ने अमेरिकी वैज्ञानिक डा. नर्भनले गुफाहरू पहिल्याएको र त्यहाँ भेटिएका रांैका नमुनाहरू , पैतालाका छापहरू र फालिएका खानाका टुक्राहरू समेतको अध्ययन गर्दा त्यहाँ केही समय सम्म धेरै तल्लो स्तरको मानिस वा मानव जस्तै जीव बसेको भन्ने निष्कर्ष निकालिएको भन्ने उल्लेख छ । सन्् १९९८ मा अमेरिकी आरोही क्रेग क्यालोनिकाले सगरमाथा आरोहणको क्रममा चिनिया साइडवाट तल झर्दै गर्दा एक जोडी यती देखेको र तिनीहरू मोटा, चम्किला -काला रौहरू भएका र तिनीहरू माथितिर हिडिरहेका थिए भन्ने उल्लेख भएको पाइन्छ । सन् २००७ को डिसेम्बरको प्रारम्भतिर अमेरिकी टेलिभिजन प्रस्तोता जोसुआ गेट्स र उनको समूह डेस्टिनेशन टु्रथलेेटु्रथले आफुहरूले नेपालको हिमाली क्षेत्रमा अनौठा पैतालाछाप देखेको रिपोर्ट गरेको उल्लेख छ ।
 
जापानी पर्वतारोही पाइताला पाइताला छाप ताकाहासी र उनको समूहले नेपालको धवलागिरी हिमालमा यतीको बारेमा अनुुसन्धानअनुसन्धान गरेका थिए । सन् १९७१ मा धवलागिरी क्षेत्रको यात्राको क्रममा उनले रहस्यमय जीव देखे जसले गर्दा उनले यतीको विषयमा बढी रुचि राख्न थाले । तत्पश्चात् उनका साथीले एउटा रहस्यमय जीव देखे । त्यो करिव १५० सेन्टिमिटर -५ फिट) अग्लो थियो र दुई खट्टाले उभिएरै हिँडिरहेको थियो । ताकाहासी सन् १९९४ मा यती पहिल्याउन भनि धवलागिरी क्षेत्रमा पुनः फर्के । त्यसबेला उनले पहाडका गुफामा मानिसको जस्तो पैतालाको छाप देखे जहाँ जनावरको जस्तो कडा गन्ध आएको थियो । सन् २००३ माता ताकाहासी र उनको टोलीले रहस्यमय धेरै पाइताला छाप फेला पारे र उनीहरूले त्यस ठाउँको वरपर अवलोकन गरे ।द यति प्रोजेक्ट जापान २००८ वेवसाइटको लेखमा ताकाहासीले लेखेका छन् कीसन् २००३ सेप्टेम्बर २७ को १२ः२५ बजेमा गुर्जा हिमालमा तीनवटा काला आकारका आकृति देखिएका र तिनीहरू मानव जस्तै थिए । तिनीहरू दुुईदुई खुुट्टालेखुट्टाले उभिएर हिँडिरहेका थिए । उक्त समूहले यतीलाई राम्रोसँग हेर्न चाहन्थे तर केही क्षणमै ती आकृति नजरबाट टाढा हँुदै ओझेल परे । उनका अनुसार यो भालु पनि होइन र बाँदर पनि होइन तर यो पक्कै पनि दुई खुट्टाले हिँड्ने रहस्यमय जीव हो । दुर्भाग्यवश नै भन्नु पर्दछ उक्त टिम वैज्ञानिक प्रमाणका लागि यतीको दृश्य लिने आफनो लक्ष्यमा सफल हुन भने सकेन । यतीको बारेमा स्थानीय मानिसहरू, विभिन्न पर्वतारोहीहरू र अनुसन्धानकर्ताहरूले यतीको अस्तित्वको बारेमा उल्लेख गर्ने गरे तापनि यसको बारेमा कुनै वैज्ञानिक प्रमाणले यसलाई आजसम्म पुष्टि गर्न सकेको छैन । यद्यपि यती पाइने भनिएको क्षेत्र वरपरका स्थानीय मानिस, विभिन्न समयमा पर्वतारोहण गर्ने पर्वतारोहीहरू र अनुसन्धानकर्ताका उपरोक्त बमोजिमका भनाइहरूबाट कुनै अनौठो जीव हिमालय क्षेत्रमा रहन सक्ने र भौगोलिक विकटता लगायतका विविध कारणहरूले त्यसको वैज्ञानिक अनुसन्धान हुन नसकेको हो की भन्ने अनुुमानअनुमान गर्न गाह्रो पर्दैन ।
 
* "Wintering on the Roof of the World" :NATIONAL GEOGRAPHIC’s October 1962 article