"प्रोस्टेट" का संशोधनहरू बिचको अन्तर

सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, removed uncategorised tag, added orphan tag
पङ्क्ति ३३:
क्यान्सर नहुने प्रकृतिको प्रोस्टेट वृद्धिमा पुराना कोषिकाहरू मर्दैनन् तर नयाँ कोषिकाहरू लगातार वृद्धि हुँदै जान्छन् । कोषहरू धेरै मात्रामा वृद्धि भएपछि प्रोस्टेट ग्रन्थि बाक्लो हुन्छ, जसले मूत्रनलीलाई साँघुरो पार्छ र पिसाबको समस्या देखिन्छ । मान्छेको शरीरमा टेस्टेस्टेरोन र एस्ट्रोजेन हार्माेन हुन्छन् । उमेर बढ्दै गएपछि टेस्टेस्टेरोनको मात्रा घट्दै जान्छ र एस्ट्रोजेनको मात्रा बढ्छ अनि प्रोस्टेट ग्रन्थिमा कोषहरू बढ्ने प्रक्रियालाई उत्प्रेरति गर्छ । फलस्वरूप, प्रोस्टेट ग्रन्थि बढ्छ । प्रोस्टेट बढ्नु क्यान्सर होइन र यसको कारण क्यान्सर हुने सम्भावना पनि बढ्दैन तर कहिलेकाहीँ प्रोस्टेट वृद्धि र प्रोस्टेट क्यान्सर एकैपटक पनि हुनसक्छ । प्रोस्टेट वृद्धिलाई समयमै उपचार नगरेमा पिसाब रोकिने, पिसाबमा संक्रमण हुने, पत्थरी हुने, मिर्गौला बिग्रने, पिसाबमा रक्त मिसिने, मिर्गौलामा पानी जम्ने, मूत्रथैली सुन्निने, मूत्रथैली बिग्रने आदि समस्या उत्पन्न हुन्छन् ।
 
वृद्धावस्था, वंशाणुगत, मोटोपना, हार्मोनको असन्तुलन आदिले प्रोस्टेट क्यान्सर हुन्छ । रातो मासु, बढी चिल्लो पदार्थ, चुरोट आदिको सेवनले क्यान्सरको जोखिम बढ्छ । प्रशस्त तरकारी, फलफूल, अन्न, टुसा उमारेका गेडागुडी आदि खाने व्यक्तिलाई प्रोस्टेट क्यान्सरको सम्भावना कम हुन्छ । गोलभेँडा, रातो अंगुुरअंगुर तथा खर्बुजामा 'लाइकोपेन्सेज' नामक तत्त्व हुन्छ, जसले डीएनए नष्ट हुनबाट बचाउँछ र प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ । काउली, ब्रोकाउली, भिटामिन ई आदिको नियमित सेवनले पनि प्रोस्टेट क्यान्सरबाट बचाउँछ । प्रोस्टेट क्यान्सर गोराभन्दा काला पुरुषमा बढी पाइन्छ । एसियाको तुलनामा अमेरकिा र युरोपमा यो समस्या भयावह छ । अमेरकिामा मात्र २० लाख पुरुषहरू प्रोस्टेट क्यान्सरले पीडित छन् । फोक्सोको क्यान्सरपछिको दोस्रो कारक प्रोस्टेटको क्यान्सर नै हो । क्यान्सर भइसकेपछि विकिरण, हर्मोनथेरापी, कोमोथेरापी, शल्यक्रियाजस्ता जटिल उपचार अवलम्बन गर्नुबाहेक अर्को विकल्प छैन । तसर्थ, ४० वर्ष नाघेपछि नियमित स्वास्थ्य परीक्षण गरेर समयमै रोगको पहिचान गर्नु नै रोकथामको सबैभन्दा प्रभावकारी उपाय हो|
 
==लक्षणहरू==
"https://ne.wikipedia.org/wiki/प्रोस्टेट" बाट अनुप्रेषित