"आगन्तुक चरा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, added orphan tag |
सा clean up, replaced: ेे → े |
||
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
नेपालमा बर्सेनी प्रायः एक सय ५० प्रजातिका पर्यटक चराको आगमन हुन्छ । बसाइँ सराई सूचकका रूपमा पनि हेरिइने हाँसका ३४ प्रजातिमध्ये ३० प्रजाति उत्तरी एसियाको साइबेरियालगायतका विभिन्न भागबाट हिउँदे याममा जाडो छल्न यहाँ आउँछन् । उत्तरी ध्रुवमा हिमपातको प्रारम्भसँगै सुरक्षित वासस्थान र चरन खोज्दै रूस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान क्षेत्रका चराका विविध प्रजातिले नेपाललाई आˆनो भ्रमणको गन्तव्य बनाउँदै आएका छन् । 'रूख सुडसुडिया' र 'टिमटिमा' नामक जलचरा चीनको उत्तरी भूभागबाट नेपाल भित्रिने गर्छ भने युरोपेली, मङ्गोलियन, तिब्बती तथा कोरियाली चराहरू पनि बसाइँ सरेर आउँछन् । पर्यटक चराका करिब ५० प्रजाति त 'बाई पास' नेपाल हुँदै भारत, पाकिस्तान, श्रीलङ्कातिर
तराईका समथर जमिनदेखि सगरमाथाजस्तो उचाइका भौगोलिक तथा मौसमी विविधताका कारण प्रजाति र सङ्ख्याका दृष्टिले पनि उल्लेख्य रूपमा नेपाल आउने पर्यटक चराहरू हिमाल, पहाड तथा तराईमा छरिएर बसेका छन् । यसरी बसाइँ सरेर हिउँदमा आउने पर्यटक चराहरूले प्रायः प्ाूर्वको कोसीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बीसहजारी ताल, जगदीशपुर ताल तथा घोडाघोडी ताललगायतका क्षेत्रमा आˆनो हिउँदे बास बिसाउँछन् । साथै शुक्लाफाँटा, बर्दिया राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण क्षेत्र, अरूणबरूण उपत्यका, लाङटाङ, गोसाइँकुण्ड आदि क्षेत्र पनि पर्यटक चराका लागि सुरक्षित वासस्थान हुन् भने कोसी, नारायणी र कणर्ालीका सहायक नदीको छेउछाउ पनि चराका लागि घुमफिर र चरनयोग्य क्षेत्र मानिन्छन् । साथै, उक्त स्थलहरू चरा अवलोकनार्थ उपयुक्त गन्तव्य क्षेत्र पनि हुन् ।
|