"युरी गागरिन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
शुद्धिकरण using AWB (7794) |
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794) |
||
पङ्क्ति २:
{{Wikify|date=जुन २०११}}
अन्तरिक्षमा एक घण्टा ४८ मिनेटसम्म बसेका युरी गागरिनको जन्म सोभियत रूसको कुल्सिनो भन्ने स्थानमा सन् १९३४ मार्च ९मा सामूहिक रूपमा खेतिकिसानी गर्ने पिता एलेक्सी इभानोभिच गागरिन र माता अन्ना टिमोफेथेभ्ना गागरिनको कोखबाट भएको थियो । उनी त्यस देशका सैनिक पाइलट र अन्तरिक्षयात्री थिए र सन् १९६१ को अपि्रल १२ माभोस्टोक -१ अन्तरिक्षयानमा चढेर पृथ्वीको अन्तरिक्षमा यात्रा गरेपछि विश्वको पहिलो मानव अन्तरिक्षयात्री र पहिलो पृथ्वी परिक्रमा गर्न सौभाग्य पाएका थिए । उनी सन् १९६८ मा विमान दुर्घटनामा मारिए । चौथांै सन्तानमा तेस्रो सन्तानको रूपमा जन्मेका उनीलगायत लाखांैले दोस्रो विश्व युद्धमा नाजी जर्मनले अतिक्रमण गरेपछि आफ्नो घर छोडेर सानो माटोको झुपडीमा उनीहरूले अतिक्रमण अन्त्य नभएसम्म एक वर्ष बस्न वाध्य भए । उनी भन्दा जेठा दुई जना नाजी जर्मनको बधुवा मजुदरको रूपमा १९४३ मा काम गर्न वाध्य भए भने सन् १९४६ मा उनको परिवार घाग्त्स्क भन्ने स्थानमा बसाईसराई गर्यो ।
|