"हात्ती" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले परिवर्तन गर्दै: kk:Пілдер
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
पङ्क्ति २:
'''हात्ती''' विशाल शरीर भएको स्तनधारी जनावर हो । हात्तीहरू [[:en:Elephantidae|Elephantidae]] परिवारको [[:en:Elephas|Elephas]] र [[:en:Loxodonta|oxodonta]] वर्गमा पर्ने जनावरहरू हुन् । हाल विश्वमा अफ्रिकन झाडीमा पाइने हात्ती, अफ्रिकन जङ्गलमा पाइने हात्ती र एशियन हात्ती गरी तीन प्रकारका हात्तीहरू अस्तित्वमा रहेका छन् । हात्तीका यी तीन प्रजातिहरू बाहेक अरु सबै प्रजाति तथा वर्गहरू पृथ्वीबाट लोप भइसकेका छन् । प्राचिनकालमा हिउपर्ने क्षेत्रहरूमा पाइने विशाल हिम हात्तीहरू हिम युगको अन्त्यसगै लोप भएका थिए । तर यीनीहरू जस्तै देखिने साना हिम हात्तीहरू सन् २००० बीसी को अन्त्य सम्मपनि अस्तित्वमा रहेको अध्ययनहरूले पुष्टी गरेको छ ।
 
हाल अस्तित्वमा रहेका जमिनमा पाइने जनावरहरू मध्ये हात्ती सबैभन्दा ठूलो जनावर हो । हात्तीहरूको गर्भधारण अवधि २२ महिनाको हुन्छ, यो अवधि जमिनमा पाइने अन्य सबै जनावरको भन्दा धेरै हो । साधारणतया एउटा हात्तीको छावा जन्मदाकै अवस्थामा १२० किलोग्राम (२६० पाउन्ड) तौल भएको हुन्छ । हत्तीहरूको औशत आयू ५० देखि ७० बर्षको हुन्छ, तर अहिलेसम्मको अभिलेख अनुसार हात्ती ८२ बर्षसम्म पनि बॉचेको पाइएको छ । त्यस्तै अहिलेसम्म पाइएको मध्ये सबैभन्दा ठूलो हात्ती सन् १९५६ मा अंगोलामा मारिएको थियो । अन्य अफ्रिकन हात्तीहरू भन्दा करिब १ मिटर अग्लो उक्त भाले हात्तीको तौल २४,००० पाउन्ड (११००० किलोग्राम), उचाइ ३.९६ मिटर (१३ फिट) थियो । सबै भन्दा साना हात्तीहरु एक बाच्छा या एक ठुलोठूलो सुङ्गुर को आकार को थिए जुन प्रागैतिहासिक [[:en:Pleistocene|(Pleistocene)]] युगका प्रजातिहरु थिए जुन "क्रेट"[[:en:Crete|(Crete)]] भन्ने द्धिप मा बस्दथे ।
 
एशियाली संस्कृतिमा हात्तीहरूलाई ज्ञान को प्रतीक मानिन्छ । यीनीहरू स्मरणशक्ति र बुद्धिका लागि प्रसिद्द छन्, हात्तीहरूको बुद्धि प्रागऐतिहासिक मानव, ह्वेल र डल्फिन बराबर भएको विश्वास गरिन्छ ।
"https://ne.wikipedia.org/wiki/हात्ती" बाट अनुप्रेषित