"यती (किम्बदन्ति )" का संशोधनहरू बिचको अन्तर

clean up, replaced: को → को (6), मा → मा (18), १मा → १ मा (2), २मा → २ मा (3), ३मा → ३ मा (3), ४मा → ४ मा, ५मा → ५ मा , using AWB
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
पङ्क्ति १:
 
{{Orphan|date=जुन २०११}}
 
किम्बदन्तिको रुपमा रहेको यस जीवको हाल सम्म कुनै प्रामाणिक अस्तित्व प्राप्त रहेको छैन|हिमालमा चिसो अर्थात् हिउँमा बस्ने यो जीव नेपाल, भारत र तिब्बतमा रहेको विश्वास गरिन्छ ।
[[File:Yetiscalp.JPG|thumb]]
 
यस क्षेत्रका स्थानीयहरूका अनुसार दक्षिण एसियाको उच्च हिमाली क्षेत्रमा यो बस्दछ । नेपाली शेर्पा र तिव्वतीहरूका अनुसार यती विभिन्न प्रकारका हुन्छन् । ठुलोठूलो जातको यती मानिस र लामो पुच्छर भएको बाँदरको वर्णसंका जस्तो हुन्छ । यो राम्रोसँग उभिन सक्दछ । यो दुुइ मिटरभन्दा अग्लो हुन्छ र यसको गाढा-खैरो, कालो रौँ हुन्छ । त्यस्तै अर्को प्रकारको यती औसत मानिसभन्दा सानो हुुन्छ र रातो-खैरो छाला हुन्छ । यी यतीहरूमा दुई कुरामा समानता पाइन्छ । त्यो के भने यिनीहरू राम्रो सँग दुई खुट्टामा उभिन सक्छन् र यिनीहरू सबै रहस्यमय छन् ।
 
सन् १८३२ मा बेलायती नागरिक बी.एज. हडसनले नेपालमा शरीरभरि रौं नै रौं भएको जीवले आˆनो नोकरमाथि आक्रमण गरेको भनी उल्लेख गरेका थिए । स्थानीय मानिसहरूले यसलाई राक्षस भन्थे । यो नै पश्चिमीहरूले सम्भावित यतीको बारेमा तयार पारेको पहिलो प्रतिवेदन थियो । सन् १८८९मा ब्रिटिश आर्मीका मेजर एल.ए. वाडेलले सिक्किमको उच्च चुचुरोमा ठूला पैतालाको छाप भेटेको र उनका भरियाहरूले त्यस ठाउँलाई यतीको बाटो भएको र त्यसले मानिसलाई आक्र्रमण गरी खान लिएर भाग्छ भनी उल्लेख गरेको पाइन्छ ।
 
त्यस्तै सन् १९१३ मा केही चिनिया शिकारीहरूले शरीरभरि रंौ नै रांै भएको मानव जस्तो जीवलाई घाइते बनाई पक्रेर पटाङ्ग सिङ्गीयाङ क्षेत्रमा थुनेर राखे । तत् पश्चात पँाच महिनापछि यसको मृत्यु भयो । यो कालो बाँदरको जस्तो अनुहार, ठुलोठूलो शरीर, चम्किलो पहंेलो केही इञ्च लामा रौँ शरीरभरि भएको, हात खुट्टा मानिसको जस्तो भएको र अत्यधिक बलियो थियो भन्ने उल्लेख भएको पाइन्छ । [[File:Wooldridge.jpg|thumb]]
 
सन् १९२१ मा कर्णेल होवार्ड बुरीद्वारा नेतृत्व गरिएको ब्रिटिश एक्पीडिसन टिमले सगरमाथामा करिव १७,५०० फिटको उचाईमा हिउँमा कालो आकृति घुमिरहेको दृश्य देखेका र उक्त स्थानमा गई हेर्दा कुनै जीव नभेटिएको तर मानवका जस्तो ठुलोठूलो पाइताला छाप भेटिएको भन्ने उल्लेख भएको पाइन्छ । सन् १९२३ मा सगरमाथा आरोहण दलका मेजर एलन क्यामेरोनले कालो र ठुलोठूलो आकृतिको अवलोकन गरे । उक्त ठाउँ उनी रहेको ठाउँवाट २ दिनमा पुुग्न सकिन्थ्यो भन्ने उल्लेख भएके पाइन्छ । सन् १९२५ मा ग्रीक फोटोग्राफर तथा र्‍वायल जियोग्राफिकल सोसाइटीका सदस्य एल.ए. तोम्बाजीले झल्याक्क एउटा आकृति देखेको र उनका अनुसार त्यो जीव मानव जस्तो थियो। माथितर्फ हिँडिरहेको थियो , रोकिँदै लालीगुँरासको फुलको कोपीलाहरू चुँड्दै गर्दथ्यो । तोम्बाजी त्यतिखेर हिमालमा १५,००० फिटको उचाइमा थिए । उनी सो दृश्यहरू देखेको ठाउँमा पुग्दा अचम्मका पाइलाहरू थिए भनी उल्लेख गरेको पाइन्छ ।सन् १९४२ मा स्ल्याभोमिर र्‍याविकजको द लङ्ग वाक नामक पुस्तकमा उनले उल्लेख गरे अनुसार उनी र उनका अन्य ६ जना साथिहरू साइवेरिया युद्धवाट भाग्ने क्रममा भुटान र सिक्कीमको बीचमा हिमालय पार गर्दा उनी र उनका साथीहरूले दुई घण्टासम्म १०० कदम परबाट झण्डै आठ मिटर अग्ला, ठूला जीवहरू देखेको उल्लेख गरेका छन् । सन् १९४८ मा नर्वेका जान प|mोसटिसलाई सिक्किममा दुई यतीहरूले आक्रमण गरेका र उनको पाखुरामा ठुलोठूलो घाउ लागेको र उपचारपछि निको भएको भनि दाबी गरिएको पाइन्छ । त्यसैगरी सन् १९४९मा तेन्जिङ्ग नोर्गे शेर्पाले गुम्बाको नजिकै हिउँमा यतीहरू खेलिरहेको देखेको दाबी गरेका भनी उल्लेख गरेको पाइन्छ ।
 
नेशनल जोग्राफीमा सन् १९६२ मा प्रकाशित लेख 'विन्टरिङ अन द रुफ अफ द वल्र्ड'मा उल्लेख भए अनुसार २९ मे, सन् १९५३ मा सर एडमण्ड हिलारीले तेन्जिङ्ग नोर्गे शेर्पाका साथ सगरमाथा आरोहणको क्रममा यतीको बारे खोजी गरी यती वास्तविक कुनै प्राणी नभएको र यो कथा मात्र भएको निष्कर्ष निकाले । सन् १९५८ मा नेपालमै काम गर्ने अमेरिकी वैज्ञानिक डा. नर्भनले गुफाहरू पहिल्याएको र त्यहाँ भेटिएका रांैका नमुनाहरू , पैतालाका छापहरू र फालिएका खानाका टुक्राहरू समेतको अध्ययन गर्दा त्यहाँ केही समय सम्म धेरै तल्लो स्तरको मानिस वा मानव जस्तै जीव बसेको भन्ने निष्कर्ष निकालिएको भन्ने उल्लेख छ । सन्् १९९८ मा अमेरिकी आरोही क्रेग क्यालोनिकाले सगरमाथा आरोहणको क्रममा चिनिया साइडवाट तल झर्दै गर्दा एक जोडी यती देखेको र तिनीहरू मोटा, चम्किला -काला रौहरू भएका र तिनीहरू माथितिर हिडिरहेका थिए भन्ने उल्लेख भएको पाइन्छ । सन् २००७ को डिसेम्बरको प्रारम्भतिर अमेरिकी टेलिभिजन प्रस्तोता जोसुआ गेट्स र उनको समूह डेस्टिनेशन टु्रथलेे आफुहरूले नेपालको हिमाली क्षेत्रमा अनौठा पैतालाछाप देखेको रिपोर्ट गरेको उल्लेख छ ।