"कूर्म अवतार" का संशोधनहरू बिचको अन्तर

शुद्धिकरण, replaced: दोश्रो → दोस्रो using AWB (7794)
सा हिज्जे सच्चाउँदै, replaced: दोस्रो → दोश्रो
पङ्क्ति १:
[[Image:Kurm.gif|200px|thum|भगवान कूर्मावतार]]
 
[[हिन्दू धर्म]]का अनुशार '''कूर्म''' कच्छवातार भगवान विष्णुको दोस्रोदोश्रो रुप हो। कूर्मावतारमा भगवान विष्णुले कछुवाको रुप धारण गरेर समुन्द्र मथन गरिरहेका देवता र दैत्यहरुको उदार गरेका थिए।यो अवस्थामा भगवान विष्णुले तिनवटा रुप धारण गरेका थिए। जसको बर्णन गरिएको छ।
==समुद्रमथन==
स्वर्गका राजा ईन्द्र एक दिन ऐरावत हात्तीमा स्वार भएर सैर गर्दै थिए अचानक उनको भेट महर्षी[[दुर्बाशा]]सँग हुन गयो। दुर्बाशा ऋषिले देवराजको स्वागातार्थ आफ्नो गलाको माला निकालेर दिँदा भए। देवराज ईन्द्रले माला आफुले न पहिरेर ऐरावत गजलाई पहिराई दिए। ऐरावत मत्था भएर झुलिरहेको थियो अत: माला चुटेर भुईँमा खस्यो र ऐरावत हात्तीको खुट्टा मुनी कुल्चियो। यो देखेर दुर्बाशा ऋषी क्रोधित भएर देवराज ईन्द्रलाई घमंड गरेको भनी राज्य पदच्युतको श्राप दिए। श्रापका कारण स्वर्गमा दैत्यहरुले कब्जा जमाए। दैत्यराज बली स्वर्गका राजा भए। त्यसपछी सँधै जसो देव दानवमा युद्ध हुन थाल्यो देवताहरु सँधै हार्दै गए। एक दिन देवताहरु साह्रै दु:खी भएर ब्रह्माजी ठाउँ गएर प्रार्थना गरे "हे सृष्ठीकर्ता प्रभु ! दानवहरुले पुरा स्वर्ग नै सखाप पार्न थाले दैत्यराज बलिले उल्टो नियम चलाएर हजुरको सृष्ठी विनास गर्दै छन्। कोही उपाए सोच्नु होस् नत्र हजुरको सृष्ठी विनास हुने बखत आयो।" यती सुनेर ब्रह्माजीले सबैलाई विष्णु भए ठाउँ जाने सल्लाह दिए। त्यसपछी ब्रह्माजी सहित देवताहरु भगवान विष्णुको वासस्थान वैकुण्ठ धाम गए। देवताहरुले भगवान विष्णुको प्रार्थना गरेर सबै वृतान्त सुनाए। यो सुनेर भगवान विष्णुले दैत्यहरु सँग मेल गरी समुन्द्र मथनको राय दिए।
"https://ne.wikipedia.org/wiki/कूर्म_अवतार" बाट अनुप्रेषित