व्रतबन्ध विशेष [[तिथी]]को दिन छानेर गरिन्छ र विहान झिसमिसेदेखीझिसमिसेदेखि नै यसको कर्म शुरू हुन्छ । प्राथमिक क्रियाहरूमा नित्य कर्म, अनि साधारण पूजाहरू पर्दछन । प्रकृया त अझै अघिल्लो दिन बेलुका नै शुरू भइसकेको हुन्छ, जब केटाको शिरमा दुम्सीको काँडा जडित गेरू व्रस्त्र बेरिन्छ र व्रतबन्धको दिनको बिहानीमा मात्र त्यसलाइ निकालीन्छ । अरू पूजामा झै अग्नी कुण्ड अगाडी, अग्नीलाइ साक्षी राखी ब्रह्मचार्यका कर्म विधिहरूको प्रतीकात्मक क्रियाहरू गरिन्छ, जस्तै एकसरो गेरू लगाउने, अष्ठ बक्र (८ ठाउँमा बांगीएको लैारो), कुमण्डलु, पोटली, मृगचर्म आदि बोक्ने, भिझा माग्ने (मिझा माग्ने विधिमा बालकको मामाको साथलाइ अनिवार्य मानिन्छ)। पारम्परिक विधि अनुरूप बालक अनि गुरूको अाष्रम गएर वेदको अध्ययन गर्दछन् । तर अहिले यो विधि प्रतीकात्मक रूपमा मात्रै जिवित छ । मामाको भूमिका यहाँ महत्वपूर्ण मानिन्छ । ब्रह्मचार्यबाट बालकलाइ गृहस्त जिवन निर्वाहगर्न प्रोत्साहन गर्ने जिम्मा मामाको हुन्छ । प्रतीकात्मक रूपमा भएपनि अाजपनि बालकले सांसारीक माया, मोह त्यागेर अाश्रम जाने चेष्टा गर्ने अनि मामाले द्रव्य अनि विलासको मोह देखाएर गृहस्त जिवनतर्फ फर्काउने अभिनय गरिन्छ ।
व्रतबन्धको प्रतिक स्वरूप बालकले जनै ग्रहण गर्दछ अनि त्यस उपरान्त सदैव चोखो खाने, सत्कर्ममा लाग्ने, जनै ग्रहण गर्ने, भगवानको जप गर्ने, गायत्री मन्त्रको जप गर्ने, खानु अगाडी औसनि अर्पण गर्ने जस्ता नित्य कर्महरूको पालन गर्ने प्रण गर्दछ ।