"डालेचुक" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: os:Кæркмисындзæг
→‎विकास: भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: बिकास → विकास using AWB (7794)
पङ्क्ति १२:
 
यसलाई रुघाखोकी लाग्दा, रक्तचाप कम गर्न, महिलाहरूको मासिक गडबडी नियमित गर्न, पेटका जुका मार्न, पोलेको घाउ ठीक पार्न, आउँ पर्दा, गिजा सुन्निएको ठीक पार्न, पेट, फोक्सो र मर्केको ठाउँमा, दाँत र घाँटी दुखेको बेला, कुनै पशु चौपायाको भुडी फुल्दा र लडेर खुट्टा भाँचिदा यसको प्रयोग गर्ने गरिएको पाइन्छ । यसको फलको रसमा प्रचुर मात्रामा भिटामिन र खनिज तìव पाइने हुँदा हाल यसलाई जुस तथा स्वस्थकर पेय पदार्थहरू, जाम, जेली, अचार चक्लेट, आइसक्रिम चिया आदि विविध २०० थरिका सामानहरू बनाएर विश्व बजारमा पुर्‍याइएको छ तर नेपालमा चाहिँ यसको जुस मात्र बनाउने प्रविधिको विकास पछिल्लो समयमा भएको पाइन्छ ।
==बिकासविकास==
विश्वभरिमा सबभन्दा बढी डालेचुकमा नयाँनयाँ प्रविधिको विकास चीनले गरेको छ । नेपालमा पनि हिमाली जिल्लाहरूमा निर्मित जुस अन्तर्राष्ट्रिय बजार जापान, अमेरिका, जर्मनी आदि देशमा जान थालेको छ । यसको मसिनो बीउबाट तेल उत्पादन गर्न सकिन्छ, जुन तेल भटमास, गहुँ र मकैको भन्दा धेरै गुना बढी भिटामिन ई र बिटाक्यारोटिन भन्ने उपयोगी तìवले भरिपूर्ण हुन्छ । त्यसैले विश्व बजारमा यसको तेलको माग पनि अधिक छ । यसको पात पशुवस्तुका लागि अत्यन्त उत्तम मानिन्छ । यसको पातबाट हरियो आयुर्वेदिक चिया बनाइ बेच्ने गरिएको छ । पौष्टिक तìवले युक्त यसको पातबाट बनेको चिया खाएमा मानिसको स्वास्थ्यलाई कुनै असर गर्दैन । यसको फल र बीउको छोक्रा आयुर्वेदिक चिया बनाउन उपयोगी हुन्छ तर बोक्रा चाहिँ अल्सर तथा क्यान्सरको उपचारको लागि प्रयोग गर्ने गरिएको छ । हाम्रा हिमाली भेकमा फालिएका, नदी किनारका बलौटे जमिनहरू र पहिरो गएका स्थानहरूमा उम्रने र बढ्ने यो वनस्पति पर्यावरणीय हिसाबले पनि महìवपूर्ण छ । वायुमण्डलीय नाइट्रोजन भन्ने तìवलाई पनि माटोमा खिच्न सक्ने हुँदा कृषकहरू यसको खेतीबाट निकै नै लाभान्वित भएका छन् ।
 
"https://ne.wikipedia.org/wiki/डालेचुक" बाट अनुप्रेषित