"गुरुङ जाति" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
शुद्धिकरण, replaced: पुर्ण → पूर्ण (3), पुजा → पूजा (2) using AWB (7794) |
→उत्पति: शुद्धिकरण, replaced: पाईन्छ → पाइन्छ |
||
पङ्क्ति ३७:
तमु जातिमा पच्यु सबभन्दा पुरानो पुरोहित मानिन्छ । यसको शुरुवातको मिति भेटिंदैन । समयको अन्तरालसगै विकासको क्रममा पछिल्ला पूर्खाहरूको कथा जोडिएर पच्युहरू हागिएको हुन सक्छ । सन् १०० बी.सी.तिर ल्होकामा राजा डिरगम चन पो (न्यात्रि चन्पोको सातौं पुस्ता) को हत्या भएपछि केही डोल वोन पुरोहितहरूबाटै क्यार वोन शाखाको शुरुवात भयो । डि्रगमको हत्यारा (लोङम डाजी)को बद्ला लिने उद्देश्यले उनका खलकले पश्चिम ङारी, ड्रुसा र सासु क्षेत्रबाट केही वोन पुरोहितहरू र चलाख मानिसहरूलाई गोप्यरूपले निम्ताएको थियो । पछि सम्थव ङोन्पो नामक वोन्पो विर्ान्ले बौद्ध दर्शन भन्दा भिन्न छ वटा सिद्धान्तहरू बोध गराएर तिनलाई प्रचलित वोन धर्ममा समावेश गरी त्यसलाई पूर्णताकोरूप दिए जसलाई क्यार वोन भनियो । त्यसैताका पहिलो चन्द्रमास पात्रोको शुरुवात गरियो । त्यस प्राचीन पात्रो अनुसार ल्होसार वर्षको दिन पुस १५ मा मनाइन्छ, जुन नेपालको तमु जातिमा अद्यावधि प्रचलित छ र त्यही दिनतिर तिब्बतको सिगाचेका ठाउहरूमा पनि मनाइदैछ ।
अचेल तमु समाजमा चौंथौ पुरोहितको रूपमा विशेष प्रकारको महायानी लामाको उदय भएको
तमुहरूको पौराणिक कथाहरूलाई नियाले अनुसार बागमती अञ्चलमा तामाङहरूको बसोबास शुरु हुने बेला तमुहरूले ई.पू. पहिलो शताब्दीतिर मुस्ताङमा बसोबास गरेको बुझिन्छ । यी दुई समूह आजभन्दा झण्डै तीन हजार वर्ष पहिले तिब्बतमा छदै छुटेको हुनु पर्दछ । मुस्ताङमा पच्युको निम्ति फलिप्रो म्हार्स्यों र क्ल्हेब्रीको निम्ति लिप्रो म्हार्स्यों गरी दुई क्होइवो (गुम्बा)हरू थिए । तमुहरू शिकार खेल्न जंगली जनावरहरू पछ्याउदै लामो दूरीसम्म पुग्ने गर्दथे। अनि नया ठाउहरू राम्रो लागेमा बसाई सर्दथे । उनीहरू मनाङमा मर्स्याङ्दीको किनार छेउ बसाई सर्दा त्यहा को पहिलो तमु गाउले प्रमुखलाई पछिकाले आफ्नो पनि क्ले (अधिपति) माने । उनका सन्तानहरूलाई क्ले (घले) भनिएकोले तमु जातिमा नया थर थपिन गयो । यस्तै स्थिति र स्थानबाट पहिलेको पुरानो थरबाट धेरै नया थरहरू प्रचलित भएका छन् ।
|