"मैतीदेवी" का संशोधनहरू बिचको अन्तर

सा maintenance, added orphan tag
शुद्धिकरण, replaced: मुर्ति → मूर्ति (4), पुजा → पूजा using AWB (7794)
पङ्क्ति ९:
हाल रहेको मैतीदेवीको मन्दिर भने सन् १७११ मा चतुर्देशी सेवा खलकले बनाएका थिए । ४.९५ मिटर लम्बाई, ४.९५ मिटर चौडाई र ७.०० मिटर उचाई रहेको यो मन्दिरको भित्ताको मोटाई ०.४५ से.मी. रहेको छ । सदस्य सचिव श्रेष्ठका अनुसार यसमा दच्ची आप्पा नामको इट्टा प्रयोग भएको छ भने सिमेन्टका रुपमा सुर्की -चुना, इँट्टाको धुलो र थोरै पतिशत सिमेन्ट प्रयोग गरिएको छ । यो मन्दिर रहेको जग्गाको क्षेत्रफल ८ रोपनी ९ आना ३ दाम रहेको छ ।
 
वि. स. १९२९ ताका श्री ३ भीम शम्सेरबाट पञ्चवलीको पुजापूजा गर्ने चलन चलाएर वि. स. १९४९ मा उनैले मन्दिरभित्र चाँदीको तोरण चढाउनुका साथै सत्तल (धर्मशाला) बनाए । सो सत्तलको जीर्णोद्धार २०३६ सालमा गरेको पाइन्छ । त्यस्तै चन्द्र शम्सेरले मन्दिरको ढोका दैनिक रुपमा खोल्ने र लगाउने व्यवस्था गरेका थिए । उनैले १९६५ मा मन्दिरको छानामा सुनको जलप लगाएका थिए । मैतिदेवी क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव मोहनबहादुर श्रेष्ठका अनुसार वि.स.१९८९ वैशाखमा हरिदास हलुवाईले भित्ताहरुमा सेतो टायल लगाएका थिए ।
 
यस्तै यहाँ अन्य धेरै कार्यहरु भएका छन् । तर, ती सबैका कुनै लिखत छैनन् । त्यसैले कस्ले कहिले के बनायो र कति खर्च लाग्यो भन्ने कुरा अज्ञात रहेको छ । पहिले-पहिले आफूले गरेको पुण्यको प्रचार गर्नु हुन्न भन्ने मान्यताका कारण पनि ती कार्यहरुको लेखोट नरहेको हुन सक्ने बताइन्छ ।
पङ्क्ति १६:
घना वस्तीको बीचमा रहेको मैतिदेवी प्राङ्गणमा लाश जलाउने घाट रहेको छ । यस घाटमा नेवार समुदायका सात जातिको दाहसंस्कार गर्ने गरिन्छ । तिनमा मुनिकार, मानन्धर, खड्गी, तन्डुकार, महर्जन, राजवाहक र साही थरका नेवारहरु पर्दछन् । मन्दिरहाताभित्र रहेको यो घाटमा परापूर्वकाल देखिनै लाश सद्गद् गर्ने गरिएका बताइन्छ |
 
पहिले नक्साल भगवती, गूहृेश्वरी, पञ्चकुमारी मैतीदेवी, शोभा भगवती, कालिकास्थन, भद्रकाली, नरदेवी, इन्द्रायणी र विजेश्वरीमा दरवारबाट पूजा मात्र पठाइन्थ्यो । तर २०१९ साल फागुनको एक दिन काठमाडौंबाट दिल्लीका लागि उड्नुपर्ने विमान निर्धारित समयभन्दा अबेरसम्म उड्न सकेन । यसको कारण थियो एउटा बाकस जुन पन्ध्र जनाभन्दा बढी जवानले पनि ट्रलीमा लोड गर्न सकिरहेका थिएनन् । उनीहरुले हजार प्रयत्न गरे तर सबै खेर गयो । अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भइसकेको सो बाकस विमानमा लोड गर्नै नसकेकाले विमान उडान नै स्थगित भयो |मैतिदेवी गुठीका तत्कालिन गुठीयार नाइके तुलसीनारायण मुनिकारका अनुसार यो घटनाले विमानस्थलका सबैलाई अचम्ममा पार्‍यो । सबैतिर हल्लीखल्ली मच्चियो । र, सुरक्षाकर्मीहरुले आदेशअनुसार बाकस फोरे । त्यहाँ मञ्चकुमारी मैतिदेवी र श्री भैरवको काठको मूर्ति देखियो । तर, कसैले पनि त्यो मुर्तिमूर्ति यहीको हो भनेर चिन्न सकेनन् । र, जिल्ला प्रहरी कार्यालय काठमाडौं चलान गरियो । यो समाचारले उपत्यकाका तिनै शहरमा ठूलो स्थान पाएको थियो ।यसअघि नै मैतिदेवीका गुठियारहरुले मालिगाउँस्थित द्यःछे बाट २०१९ सालको तिहार अगाडि मैतिदेवीको मुर्तिमूर्ति हराएको जाहेरी काठमाडौं जिल्ला प्रहरी कार्यालयमा दिइसकेका थिए । त्यसैले सबैको आंशका त्यतै मोडियो । र, मैतिदेवी गुठीका नाइकेलाई बोलाई बुझ्दा दुवै मुर्तिमूर्ति मैतिदेवीकै ठहरियो । त्यसपछि २०१९ साल फागुन १७ गते दुवै मुर्तिमूर्ति खटमा राखेर तिनै शहर डुलाइयो । र, क्षमा पूजासहित पुनः द्यःछेमै राखियो । यसैबेलादेखि प्रत्येक वर्ष दशैको अष्टमीका दिन राष्ट्राध्यक्ष ले महाअष्टमी मा आफ़ै शक्तिपीठहरुमा सवारी हुने परम्परा बसेको हो ।
 
*[[शक्तिपीठ]]
"https://ne.wikipedia.org/wiki/मैतीदेवी" बाट अनुप्रेषित