हे प्रभु! हे गुण निधान! जति मैले यो संसारमा चिजहरु देख्छु तपाईले त्यो सबैलाई एकै छिनमा नास गर्न सक्नु हुन्छ। तपाईबाटनै यो सृष्ठीको शृजना भएको हो। तपाईँ नै यसको पालन गर्नु हुन्छ। तपाईँ एक अदृश्य शक्तीको रुपमा व्याप्त हुनुहुन्छ। यो संसार तपाईँको शरिर हो, चन्द्र र सुर्यसूर्य तपाईँका नेत्रहरु हुन्, यो वायू तपाईँको स्वाँस हो। मेघहरु तपाईँका केश हुन्। तपाईँको लिला ठूला ठुला नारद, बशिष्ठ, कश्यप दुर्बाशा,आदी तपश्वी ऋषि मुनीहरु ईन्द्र, बरुण, ब्रह्मा, आदी देवतागणहरुले त थाहा पाउन सक्दैनन् भने म एक सामान्य मर्त्य चोलाको मनुष्यलाई के थाहा हुनु मैले तपाईँको लिला थाहा न पाएर जो आफ्नो घमण्डीपना देखाएँ त्यसमा मलाई क्षमा गर्नु होस्। म मात्र नभएर यो सारा जगत नै तपाईँको दाश हो। मेरो भक्ती ठुलो थियो जसले गर्दा तपाईँले म माथी कृपा गरेर दर्शन दिनु भयो म धन्य हुँ जसको दर्शनको लागी यो सारा जगत नै तडपीरहेको छ उनको मैले सहजै दर्शन पाएँ र सेवा तथा प्रार्थना गर्न पाएँ। जसको बल वायू समान छ, जसको पानिको जस्तै मधुरता र सूर्य समान तेज छ। जसमा फूल समान कोमलता र विजुली झैँ चमक छ। जसको मेघको समान वाणी छ जो चराचर जगतको सृष्टी कर्ता, पालन कर्ता र संहार कर्ता हो उन प्रमेश्वरलाई मेरे बारम्बार प्रार्थना छ।