"येले सम्वत्" का संशोधनहरू बिचको अन्तर

सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास (7)
शुद्धिकरण, replaced: राजनीतिक → राजनैतिक using AWB (7794)
पङ्क्ति ५:
{{Orphan|date=जुन २०११}}
 
राजा यलम्बरलाई नै प्रथम किराँती राजाको रूपमा सबैजसो इतिहासकारहरूले मानेका छन् । यिनै राजा यलम्बरले सुरु गरी प्रयोगमा ल्याएको मानिएको संवतलाई नै '''येले संवत्''' भनी सबै किराँत समुदायले किराँत संवतको रूपमा मान्दै आएका पनि छन् । तर यो संवत् सधैं ओझेलमा पर्दै आयो । २०६३ पछि देशमा आएको राजनीतिकराजनैतिक परिवर्तनपछि सबैले आ-आफ्नो ऐतिहासिक र सामाजिक अस्तित्व र पहिचानको आधारहरू खोजी गरेर संरक्षण संवर्द्धन गर्ने अवसर पाए किराँत समुदायमा पनि यो आफ्नो जातीयतामा आधारित येले संवतलाई व्यावहारिक र कानुनी मान्यताको माग अगाडि सारे ।
 
किराँतका विभिन्न समुदायमा भाषा तथा संस्कार संस्कृतिहरू फरक फरक भएकाले यो संवत्को नामाकरण पनि बेग्लाबेग्लै भएको पाइन्छ । किराँत समुदायभित्र विशेष गरी तीन समूहहरू राई, लिम्बु र सुनुवार रहेका छन् । यसर्थ आफ्नो भाषागत फरक अनुसार किराँत राईहरूले यस संवतलाई येलेदोङ् तथा येलेदँ भन्दछन् भने लिम्बु समुदायमा येलेतङ्बे र सुनुवार समुदायमा येलेथोचे भन्ने गरेको पाइन्छ । यो संवत्को गणना तथा हालको ५०६९ तथ्यगत हो भन्ने सम्बन्धमा भने मतैक्य छैन । किराँतकालीन शासन अवधिमा नै विभिन्न इतिहासकारबाट लेखिएका दस्तावेजहरूको विवरण नै एकै समयावधिमा आधारित नभएकाले सबैको मत एउटै रहेको पाइँदैन । इतिहासकारहरूको विभिन्न अभिलेख हेर्ने हो भने विदेशी लेखक कोलेनेल कर्कपेटि्रकका अनुसार किराँती राजाहरू २७ पुस्ता रहेको र शासन अवधि १५८१ वर्ष एक महिना त्यसमा पनि कुशकुनको ४८ वर्षको शासन अवधि जोड्दा किराँत शासन १६३० वर्षसम्म रहेको देखिन्छ । भाषावंशावलीका अनुसार किराँतका २८ पुस्ता राजाहरू रहेका र शासन अवधि १७४० वर्ष तीन महिना देखाएको छ । यसै गरी गोपालवंशावलीमा उल्लेख भए अनुसार किराँतका ३२ पुस्ताका राजाहरू रहेका र शासन अवधि १९६३ वर्ष आठ महिना उल्लेख पाइन्छ । किराँत इतिहासका धेरै गहिरो अध्ययन गर्नुभएका स्वामी प्रपन्नाचार्यका अनुसार किराँतका २७ पुस्ताका राजाहरूले १७३६ वर्ष शासन गरेको मानेको पाइन्छ । अर्का लेखक के.पी. जयसवालले किराँतका ३१ पुस्ताका राजाहरूले ७१० वर्ष शासन गरेको उल्लेख छ भने डेनियल राइटले भने किराँतका २९ पुस्ताका राजाहरूले शासन गरेको उल्लेख गरे पनि शासन अवधि उल्लेख गरेका छैनन् । यसरी कुनै पनि इतिहासकारहरूको अभिलेखमा किराँत राजाहरूको संख्या र शासन अवधि धेरै फराकिलो अन्तरहरू रहेको पाइएकाले पनि यस येले संवतलाई ठीकसँग मिलाउन सकिने अवस्था चाँहि देखिँदैन ।
"https://ne.wikipedia.org/wiki/येले_सम्वत्" बाट अनुप्रेषित