"सन यात सेन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास |
शुद्धिकरण, replaced: राजनिति → राजनीति, राजनीतिक → राजनैतिक (2) using AWB (7794) |
||
पङ्क्ति ५:
[[File:Sun Yat-sen and Chiang Kai-shek.jpg|thumb|right|सन यात सेन]]
[[File:Sun Yat-sen 1924 Guangzhou.jpg|thumb|right|सन यात सेन]]
चीनको गोङडङ प्रान्तको जोङसानमा १२ नोवेम्बर १८६६ मा जन्मेका सेन चीन का प्रथम क्रान्ति नायक एवम
उनी आˆनो पढाइ र पेशाका कारणले पनि उदार र प्रगतिशील चिन्तन थिए । कुइङ राजाहरूको राज्यसत्ताको विरोध गर्ने र प्रजातान्त्रिक पद्धति अनुकूलको
सुधारवादीहरूको असफलताले गर्दा केही क्रान्तिकारीहरूमा नयाँ चेतना आयो । शक्तिशाली साम्राज्यवादी देशहरूले चीनका विरुद्धमा डरलाग्दो आक्रमण सुरु गरे यी देशहरूको संयुक्त आक्रमणले गर्दा चीन अति नराम्रोसँग लुटियो । धेरै चिनियाँ नागरिकहरू मारिए । यसले गर्दा चिनियाँ जनताले प्रजातान्त्रिक आन्दोलन सुरु गरे । ज्याङ विङलिङ, जाउ रङ, चेन तिन्हुवा र कुई जिनसमेत नेताहरूले क्रान्तिको नेतृत्व गरे । उनीहरूले जनतालाई क्रान्तिको झण्डा उठाउन, तरबार समाउन र युद्धमैदानमा खडा भएर चीन लुट्ने साम्राज्यवादीहरू विरुद्ध उत्रन जनतालाई अपील गरे । ती क्रान्तिकारीका उद्देश्य र भनाइहरू, कामहरू बहादुरीपूर्ण बलिदानी र अनुकरणीय थिए । ज्याङ विङलिङलाई जेलमा हालियो र पछि देश निकाला गरियो । जाउ रङ एक्काइस वर्षकै उमेरमा जेलमै मरे । कुई जिनलाई सहिद बनाइयो । उनी त्यो बेला तेइस वर्षका मात्र थिए । ती क्रान्तिकारीहरू आफ्नो लक्षमा सफल नभए पनि उनीहरूले क्रान्तिलाई अग्रगति दिन सफल भए । उनीहरूले फैलाएको चेतना र प्रजातन्त्रका लागि खनेको क्रान्तिको गोरेटोले प्रजातान्त्रिक संस्था जन्माउने वातावरण बनायो ।
अगस्ट २०, १९०५ का दिन सन यात-सेनको नेतृत्वमा केही क्रान्तिकारीहरूले टङ मेङ हुई 'चाइनिज रिभोलुसनरी लिग' नाम गरेको चीनको पहिलो मध्यमार्गी पार्टी गठन गरे । सन यात-सेनले क्रान्ति सफल पार्न तीनवटा प्रमुख क्रान्तिहरू एकैसाथ हुनुपर्ने प्रस्ताव गरे । एकैपटक राष्ट्रिय,
सन यात-सेनले जनताका तीन सिद्धान्त अगाडि सारे जसमा राष्ट्रियताको सिद्धान्त, प्रजातन्त्रको सिद्धान्त र जनताको जनजीविकाको सिद्धान्त । यो सिद्धान्तलाई थ्री पिपुल्स पि्रन्सिपल नामले पनि चिनिन्छ । सामान्तवादी राजसंस्थाको अन्त्य र साम्राज्यवादी अतिक्रमणको अन्त्यका लागि हतियार बन्द क्रान्ति सुरु गरियो । सबै विद्रोहहरू असफल भए तर पनि क्रान्तिकारीहरूले आˆनो धैर्य र धेय गुमाएनन् । रक्तरञ्जित विद्रोहहरू कायम नै रहे ।त्यो समयमा सम्पूर्ण चीन अभाव र अनिर्णयको बन्दी जस्तो देखिन थाल्यो । सन् १९०९ मा सम्पूर्ण चीनभरि १३० वटा विद्रोह भए भने सन् १९१० मा २९० भन्दा बढी विद्रोहहरू भए । सेनडोङमा सन् १९११ मा थेग्न नसकिने कर र लेभी उठाएको विरोधमा कडा विद्रोहहरू भए । सन् १९११ को चीनको रेलवे राइट विद्रोहले चीनका धेरै प्रान्तलाई हल्लायो । यसको प्रभाव चीन बाहिर पनि सशक्तरूपमा फैलियो ।
|