"प्रकाशमान सिंह" का संशोधनहरू बिचको अन्तर

सा maintenance, added orphan tag
शुद्धिकरण, replaced: राजनीतिक → राजनैतिक (2) using AWB (7794)
पङ्क्ति ३:
प्रकाश मान सिंह
 
काठमाडौं क्षेत्र नं. १ बाट संविधानसभामा निर्वाचित प्रकाशमान सिंह नेपाली कांग्रेसका उपसभापति हुनुहुन्छ। नेपाली कांग्रेसका वरिष्ठतम नेतामध्ये एक स्व. गणेशमान सिंहका छोरा प्रकाशमान सिंह आफ्नो घरमै राजनीतिकराजनैतिक वातावरण भएकाले सानैदेखि राजनीतिसँग परिचित हुनुभयो र विद्यार्थी अवस्थामै राजनीतिकराजनैतिक यात्रा शुरु गर्नुभयो। यस क्रममा उहाँ थुप्रै पटक पक्राउ परी जेल पर्नुभएको छ। उहाँ काठमाडौं जिल्ला नेपाली कांग्रेसको सभापति र नेपाली कांग्रेस (प्रजातान्त्रिक) को उपसभापति रहिसक्नुभएको छ। सिंहले जनसंख्या तथा वातावरण मन्त्री, स्थानीय विकास मन्त्री, आपूर्ति मन्त्री र भौतिक योजना तथा विकास मन्त्रीको कार्यभार सम्हालिसक्नुभएको छ। पार्टी संगठनमा कुशल मानिनुहुने सिंहको रुचि समाजसेवामा पनि छ।
वाणिज्यशास्त्रमा स्नातकोत्तर प्रकाशमान सिंह दुई छोराका पिता हुनुहुन्छ। उहाँले २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा भाग लिनुभएको थियो। सिंह यस अघिको व्यवस्थापिका-संसदको सदस्य हुनुहुन्थ्यो। लोकतन्त्र स्थापनाको आन्दोलनमा सक्रिय भूमिका खेलेका सिंह त्यो भूमिका, प्रजातन्त्रप्रतिको आफ्नो लगाव र परिवार नै राजनीतिमा होमिएका कारण जनताले आफूलाई संविधानसभामा विजयी बनाएको ठान्नुहुन्छ। संविधानसभामा लोकतन्त्रको संस्थागत विकास, मानव अधिकार र प्रेस स्वतन्त्रताको मुद्दा प्रमुखताका साथ उठाउने उहाँको अठोट छ।