"चमेरो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २८:
चमेराहरू विशेषगरी रूख र बाँसका झ्याङहरूमा टाउको तल गरी झुण्डिएर बस्ने गर्दछन् । चेप्टो परेको टाउको भएको यो जीव रातको समयमा बढी सक्रिय रहन्छ । चमेरा जातिमा Giant Golden-crowned Flying-fox नाम गरेको एउटा चमेरो हुन्छ जसको पखेटा नै झण्डै दुई मिटर लामो हुन्छ । यो विश्वकै सबैभन्दा ठूलो चमेरो मानिन्छ । त्यसैगरी 'बम्ल्बेबी ब्याट' नाम गरेको चमेरो विश्वकै सबैभन्दा सानो चमेरो मानिन्छ । यस किसिमको सानो चमेरो दक्षिण र दक्षिणपूर्वी एसियामा बढी मात्रामा पाइन्छन् । यो चमेरो यति सानो हुन्छ कि यसको पखेटालाई पट्याएर एउटा सानो सलाइको बट्टामा मजाले अटाउन सकिन्छ ।
 
चमेराहरू पर्यावरण र जैविक विविधताको दृष्टिकोणले उपयोगी जीव मानिएका छन् । खासगरी फलाहारी चमेराहरूले वनजङ्गल जोगाउन र बिउविजन परागसेचन गरेर फूलहरूको फर्टिलाइज गर्न समेत मद्दत गर्दछ । त्यसैगरी मांसाहारी चमेराहरूले पनि मानिस र विभिन्न अन्नबालिका लागि हानिकारक मानिने कीराहरूलाई खाएर अथवा मारेर मद्दत पुर्‍याइरहेको हुन्छ ।<ref>{{cite web|url=http://ddctehrathum.gov.np/infopage.php?pagename=Brief_Introduction|title=संक्षिप्त परिचय |publisher='''राजेशमान केसी, गोरखापत्र'''}}</ref>
 
 
 
"https://ne.wikipedia.org/wiki/चमेरो" बाट अनुप्रेषित