"राष्ट्रिय योजना आयोग (नेपाल)" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''राष्ट्रिय योजना आयोग''' नेपाल सरकारको राष्ट्रिय योजना तर्जु...
(कुनै भिन्नता छैन)

२१:२४, १९ जुलाई २००७ जस्तै गरी पुनरावलोकन

राष्ट्रिय योजना आयोग नेपाल सरकारको राष्ट्रिय योजना तर्जुमा गर्ने केन्द्रीय स्तरको कार्यालय हो । यसले देशको दीर्घकालिन विकाशको लागि नेपाल सरकारको लागि योजनाहरू बनाउने गर्दछ ।


इतिहास

नेपालमा योजनाबद्ध विकासको सुरूवात वि.सं. २०१३ सालमा प्रधानमन्त्रीकोअध्यक्षतामा योजना आयोगको गठन संगै सुरू भएको थियो । यसलाई प्रभावकारी बनाउन वि.सं. २०१४ सालमा योजना मण्डल ऐन, २०१४ अनुरूप योजना मण्डल गठन गरिएकोथियो । यस योजना मण्डललाई योजना तर्जुमा गर्ने कामको अतिरिक्त विभिन्न किसिमको कार्यकारी अधिकारहरू पनि सुम्पिएको थियो । वि.सं. २०१७ सालमा बहुदलीय प्रजातन्त्रकोअन्त्य भई पञ्चायती व्यवस्था सुरु भएपछि राजा महेन्द्रको अध्यक्षतामा एक राष्ट्रिय योजना परिषद्को स्थापना गरिएको थियो । यस परिषद्का निर्णयहरू मन्त्रिपरिषद्कानिर्णर्य सरह मान्य हुने व्यवस्था गरिएको थियो । सुरुमा यस परिषद्को लागि एक छुट्टै सचिवालयकोव्यवस्था गरिएकोमा पछि वि.सं. २०१८ सालमा आर्थिक कार्य विषयक मन्त्रालयको स्थापना भईयस मन्त्रालयले नै राष्ट्रिय योजना परिषद्को सचिवालयको पनि काम गर्ने व्यवस्था गरियो । यसबाटविकास बजेट र वैदेशिक सहायता सम्बन्धी काम प्रत्यक्ष रूपमा राष्ट्रिय योजना परिषद्को मातहतमा ल्याइएको थियो ।

वि.सं. २०१९ सालमा राष्ट्रिय योजना परिषद् विघटन गरी सोही नामले नयाँ केन्द्रीयसङ्गठनको व्यवस्था गरी यसको अध्यक्षता मन्त्रिपरिषद्का अध्यक्षले गर्ने र सबै मन्त्रीहरू पदेन सदस्य हुने व्यवस्था गरियो । आर्थिक कार्य विषयक मन्त्रालयलाई आर्थिक योजना मन्त्रालयमापरिवर्तन गरियो ।

वि.सं. २०२५ सालमा आर्थिक योजना मन्त्रालयले गर्ने विकास बजेट लगायत वैदेशिकसहायता सम्बन्धी काम अर्थ मन्त्रालयलाई सुम्पियो । साथै राष्ट्रिय योजना परिषद्लाई विघटन गरी प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको गठन भई एउटा छुट्टै सचिवालयकोस्थापना भयो । केन्द्रीय योजना सङ्गठनले सम्पादन गर्ने कर्तव्य र दायित्वको विस्तृत अध्ययनकोआधारमा वि.सं. २०२९ मा एक प्रतिवेदन तयार गरी सोको आधारमा राष्ट्रिय योजनाआयोगको पुनर्गठन भयो । योजना सङ्गठन प्रतिवेदन, २०२९ अनुरूप कार्यसम्पादन हुँदैआएकोमा वि.सं. २०४३ साल माघ १ गते राष्ट्रिय योजना आयोगको सङ्गठनमा सामान्यहेरफेर गरिएको थियो ।

वि.सं. २०४६ सालको जनआन्दोलन पश्चात् मुलुकमा पुनर्स्थापितबहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको स्थापना भएपछि राष्ट्रिय योजना आयोगकोगठन र सङ्गठनमा पनि केही परिवर्तन गरियो । यसअनुसार वि.सं. २०४८ भाद्र २१ गतेगठित राष्ट्रिय योजना आयोगमा सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा एक उपाध्यक्ष, पाँच सदस्यहरू, एक सदस्य-सचिव रहने तथा पदेन सदस्यमा मुख्य सचिव र अर्थ सचिव रहनेव्यवस्था गरिएको छ ।

उद्देश्य

मुलुकको समष्टिगत विकासको प्रक्रियामा समाजका सबै क्षेत्र, वर्ग एवं समुदायको सक्रिय सहभागिता र पहुँच पुर्‍याई समतामूलक समाज निर्माण गर्नु, आर्थिक र सामाजिक विकासका क्रियाकलापलाई योजनावद्ध रूपबाट अगाडि बढाउने कार्य गर्नु राष्ट्रिय योजना आयोगको सचिवालय मुख्य उद्देश्य रहेको छ ।

कार्यक्षेत्र र जिम्मेवारी

  • राष्ट्रिय विकासको दीर्घकालिन अवधारणा अनुरूप आवधिक योजना तर्जुमा गर्ने, विकासका आधारभूत नीतिहरू तर्जुमा एवं प्राथमिकता निर्धारण गर्ने ।
  • राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्रोत र प्रविधिहरूको खोजी गर्ने र आर्थिक विकासमा गति प्रदान गर्न गर्न नेपाल सरकारलाई सुझाव दिने ।
  • देशको समसामयिक आर्थिक स्थितिको पुनरावलोकन गरी आर्थिक विकासका विभिन्न पक्षहरूको विश्लेषण गर्ने र गरिवी निवारण सम्बन्धी उपयुक्त रणनीतिहरूको पहिचान गरी
  • आवधिक योजना मार्फ कार्यान्वयनको समन्वयात्मक व्यवस्था मिलाउने ।
  • विषयगत मन्त्रालय, विभाग र अन्य निकायहरूको साथै स्थानीय निकायहरूलाई योजना तर्जुमा र कार्यक्रम तयार गर्ने कार्यमा निर्देशन तथा सुझाव दिने ।
  • आवधिक योजनाको कार्यान्वयन सुनिश्चितताका लागि अनुगमन तथा मूल्याङ्कन पद्धतिलाई संस्थागत विकास गर्न नेपाल सरकारलाई सल्लाह र सुझाव पेश गर्ने तथा आवधिक योजना कार्यक्रम तथा आयोजनाहरूको नियमित अनुगमन गर्ने, गराउने र योजना एवं आयोजनाहरूको प्रभाव मूल्याङ्कन गर्ने ।
  • राष्ट्रिय विकास परिषद्को बैठक व्यवस्था गर्ने, परिषद्बाट स्वीकृति लिनुपर्ने प्रस्तावहरू तयार गर्ने र परिषद्को सचिवालयको काम गर्ने ।
  • राष्ट्रिय योजना आयोगको सचिवालयको कार्यकारी भूमिका निभाउने गरी नेपाल सरकारबाट गठन गर्ने विभिन्न परिषद्हरूको सचिवालयको रूपमा काम गर्ने ।

सम्बन्धित निकाय

केन्द्रीय तथ्याङ्क विभाग अर्न्तर्गत रहेका ३३ जिल्ला तथ्याङ्क कार्यालयहरू ।

बाहिरी लिंकहरू