"किराँत काल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''मोटा अक्षर'''{{Wikify|date=जुन २०११}}
 
 
पङ्क्ति २२:
किरात शासकहरुको संख्या विभिन्न श्रोतहरुमा २४ देखि ३२ जना सम्म उल्लेख भएको पाईन्छ । ३२ जना शासकलाई प्रति शासक २५ वर्ष मानी हिसाब गर्दा यस शासन कालको अवधी ८०० बर्ष हुन आउँछ । यसबाट ४०० ईशापूर्व सम्म किरात काल रहेको हुनसक्छ । तर यो अनुमान भरपर्दो भने देखिदैन् किनभने ईस्वी सम्वत्को पहिलो शताब्दीमा मात्र लिच्छविहरुले किराती शासकलाई पराजित गरेको भन्ने भएबाट बीचको अवधि शासक बिहीन देखिन्छ । पक्कै पनि यो समय शासन बिहीन त थिएन नै, यस्तो देखिनुमा समयको यकिन हुन नसक्नु नै मुख्य कारण हो । इतिहासविद् केदारनाथ प्रधानले लिच्छवि कालको प्रारम्भ ४०० ईशापूर्व मान्नुपर्ने तर्क राख्दै किरातकालको अन्तिम समय ईशापूर्व ४०० मान्नुपर्ने तर्क राख्छन् । यस आधारमा किरात काल ८०० वर्ष, महिषपाल १०० वर्ष, र गोपाल काललाई ३०० वर्ष गरी १६०० ईशापूर्व देखि ४०० ईशापूर्व सम्मको काललाई दासकाल भनी अनुमान गर्नुपर्ने तर्क उनको छ ।
वंशावलीहरुमा सबैभन्दा पुरानो र विश्वासी मानिने गोपालराज वंशावलीले यलम्बर लगाएत ३२ जना किराती शासकहरुले १६६३ वर्ष ८ महिना शासन गरेको उल्लेख छ । राइट वंशावलीले २८ जनाले १११८ वर्ष र कर्कपेट्रीकले २७ जना शासकले १६३० वर्ष शासन गरेको लेख्दछन् । के. पी. जयसवालले २८ जनाले ७०० वर्ष भनी उल्लेख गरेका छन् । भाषा वंशावलीले २८ जना, सिल्वाँ लेवीले २४ जना र इतिहास प्रकाशंमा २९ जनाले शासन गरेको देखाईएको छ तर शासन अवधीका बारेमा भने यिनीहरुले खुलाएका छैनन् । पहिलो किराती राजा यलम्बरलाई भाषा वंशावलीमा किरातेश्वर महादेवको अवतारका रुपमा मानिएको छ । राइट वंशावलीमा महाभारतको चर्चा गर्दै सातौं किराती राजा जितेदास्तीले महाभारतको युद्धमा भाग लिएको उल्लेख गर्दै उनको मृत्यू पनि सोही युद्धमा भएको चर्चा पाईन्छ । बौद्ध वंशावललीहरुमा सातौं किराती राजा जितेदास्तीको समयमा गौतम बुद्ध नेपाल खाल्डोमा आएको प्रसंग उल्लेख भएको पाईन्छ ।
 
 
राईट वंशावलीमा छैटौ किराती राजा हुमतीको समयमा अर्जुनको किरातेश्वरसँग युद्ध र वर प्राप्तीको कथा पाईन्छ । प्रमुख किराती राजामा चौंथो राजा स्थुंको नाम आउँछ । वंशावलीमा यिनको शासनकालमा सम्राट अशोकको आगमन भएको उल्लेख पाईन्छ । उनीले नेपाल खाल्डोमा आई आफ्नी छोरी चारुमतीको विवाह यहीका क्षेत्रिय राजकुमार देवपाल संग गरी किरातहरुको राजधानी पाटन शहरका चारकुना र बीच भागमा एक एक स्तूप बनाउँन लगाएका थिए । अन्तिम किराती राजा गस्तीको समयमा पश्चिमका सोमवंशी राजा निमिष टंकारले नेपाल खाल्डोमा आक्रमण गरी किरातहरुलाई पराजित गरे । यस पछि यो जाति क्रमसः पूर्वतर्फ लागेको अनुमान गर्न सकिन्छ । तर कर्कपेट्रिकले किरातहरुलाई पराजित गर्ने निमिस टंकारलाई सूर्यवंशी लिच्छवि मानेका छन् ।
Line २९ ⟶ ३०:
"लिच्छविकालिन अभिलेखहरूमा गैरसंस्कृत शब्दहरूबाट उल्लेख गरिएका कैयौ नामहरू छन, यस्ता गैरसंस्कृत शब्दहरू भनेका किरात भाषाका शब्दहरू हुन" । (शाह ऋषिकेश, एन्सीएन्ट एण्ड मेडिभियल नेपाल, न्यु देल्लि, अजय कुमार जैन, ई.१९९२ पृ.८) शाहका मतमा सहमती राख्ने अधिकांश विद्धानहरूका अलवा केही विमति राख्ने विद्धानहरू पनि पाइन्छन् । केही विद्धानहरूले लिच्छविकाल भन्दा पहिलेका नेपालको इतिहासलाई पुराणहरूमा आधारित कपोलकल्पित दन्तेकथाका रुपमा लिएको पनि पाइन्छ । यस लेखमा शाहकै मतलाई थप पुष्टि गरिने प्रयास गरिएको छ ।
काठमाण्डौ स्थित नक्सालको प्राचिन नाम जोन्जोन्दिङ रहेको तथ्य पुष्टि हुन आएको छ । अंशुवर्माको नक्साल गहिरीधारामा रहेको ई.६१५ को अभिलेखमा निलिशाला प्रणाली र जोन्जोन्दिङ ग्रामको उल्लेख भएको पाइनछ । (धनबज्र बज्रचार्य २०३०, ३५४)
 
उक्त अभिलेखबाट राजा अंशुवर्माको पालामा हाल गहिरिधारा भनिने भेगमा जोन्जोन्दिङ नाम गरेको गाउँ थियो । त्यो गाउँका बासिन्दाले प्रणाली हिटि(कुहिती) बनाएका थिए । सो हितिको पानी नियमितरुपले आइरहोस् भनेर पानी आउने कुलो छोपी कुलोमाथीबाट साँढे गोरुगाढाको आवतजावत रोकिदिने नियम अंशुवर्माले बनाइदिएको कुरा उक्त अभिलेखमा उल्लेख पाइन्छ । यो भेगको पुरानो नाम जोन्जोन्दिङको यसपछिका समयमा उल्लेख पाइन्न तर निलिशाला भन्ने भने कायमै रही निलिशालाबाट नक्साल कहलिन पुगेको पाइन्छ । (जगदिशचन्द्र रेग्मी, काठमाण्डौ शहर सास्कृतिक अध्ययन भाग १ पृ.१६)
अभिलेखमा उल्लेखित जोन्जोन्दिङ पछाडिको '''ग्राम शब्दभने लिच्छविकालमा आएर थपिएको हुनसक्ने बलियो संभावना देखिन्छ कारण किरात भाषामा दिङ शब्दले नै गाउँ वा ठाउँको अर्थ दिन्छ प्रतिनिधित्व गर्दछ । आज पनि केही किरात समुदायमा दिङ केहीमा दिम र केहीमा देल (द्याल) भएको पाईन्छ । यसको पुष्टि निम्न किरातहरूका साविक किपट अन्तर्गत रहे भएका ठाउँहरूको नामबाट हुन्छ । वल्लोकिरात ओखल्ढुंगा जिल्ला अन्तर्गत रहेको टारकेराबारीको साविक नाम थिमथेमदिङ(म) रहेको कुरा जयवीर महेन्द्र मल्ल (महिपतिन्द्र मल्ल)ले ने.सं. ८४१ ख मा प्रतिमन पाध्या पौड्याललाई विर्ता दिएको कागजमा उल्लेख पाइन्छ । यही थिमथेमदिङ शब्दको अपभ्रंशीत रुप थिङथिङटार हुँदै हाल टारकेराबारी कायम हुन पुग्यो । किरात कोइँच भाषामा थिमथेमदिङ(म) को अर्थ मृतमानिस गाड्ने समाधिस्थल हुन्छ । आजा पनि टारकेरावारीको रातमाटे जंगलमा किरातहरूको चिहान यद्दावधि पाइने दावि स्थानिय श्रोतव्यक्ति दीर्धराज पौडेलको छ ।
Line ४१ ⟶ ४३:
किरातभित्र पनि कोली, कोइ, कोयु, कोयाङ, कोइँच, कोच, कुकी, कुलुङ, किरावा आदि थुप्रै जातिहरू हुनेहुँदा कोली शब्द जातिविशेष भएपनि किरात जातिविशेष नै हुने अनुमान गर्न सकिन्छ । कोइँच किरात मुग्दुम अनुसार धनुरधर पुरुषलाई पनि कोअ्ली भनिन्छ । लिच्छवीकालका अभिलेखमा उल्लेखित र हालका किरात बस्तिका ठाउहरूसंगको सामिप्यताको अध्ययनगर्ने हो भने धनवज्र र ज्ञानमणी नेपालको कपीलवस्तु पूर्वका कोलीजातिसंग सम्वन्धित तथ्यभन्दा बाबुराम आचार्यको किरात जातिसंग सम्वन्धित पूर्व किरात वस्ति भएको तथ्य नै बडि संभावित देखिन्छ ।
भिमार्जुन र विष्णुगुप्तको इ. ६४० को यंगालहिटिको अभिलेखमा द्रंग शब्दको उल्लेख पाइन्छ । "दक्षिणकोलीग्रामस्य पूर्वभेव द्रंगचतुर्भागत्वेन प्रविभक्तस्यैतत्सीमनिवासिनाम्" र "एतदंगचतुर्भागसीमाभ्यन्तरवर्तिनः"-वज्रचार्य २०३०) अर्थात द्रंगको चारभागको एकभाग रुपको यो इलाकामा बस्ने जस्ता शब्द उल्लेख भएको पाइन्छ । द्रंग शब्द किरात भाषाको हुनुले पनि कोलि शब्द पनि किरात भाषा हुनुको पुष्टि हुनआउछ । यसकुराको थप पुष्टि ठाउँ, गाउँ र वस्ति अर्थाउने वर्तमान चलनचल्तिका किरात शब्दहरू दिङ, दिम, तेल, देल, द्याल, दोरोङ, दरेशले पनि गर्दछन् । अभिलेखमा उल्लेखित "पूर्वभेव" शब्दलाई गौंढगर्दा पनि पहिलेदेखिकै भन्नेहुन्छ अर्थात साविक दर साविकको "द्रंग"को चारभागको एक भाग भन्ने हुन्छ जुन साविककाल किरातकाल थियो ।
 
राजा नरेन्द्रदेवको लगनटोल यंगालहिटीको इ. ६४३ को अभिलेखमा कोङको, विल्वमार्ग (मार्ग शब्द लिच्छवीकालमा जोडिएको हुनसक्ने ले.) र हुस्प्रिन्दुङ गरी तीन गाउँहरू विशेष सुविधाकासाथ दक्षिण कोलिग्राम द्रंगलाई नै सुम्पिएको कुरा उल्लेख पाइन्छ । (वज्रचार्य २०३०) लगनटोलकै शिवदेव द्धितियको इ. ६९५ को अभिलेखमा पनि वैद्यग्रामको सीमांकन गर्दा चौहदीमा उल्लेखित दक्षिण र पश्चिमतर्फ तेङखु (हालको टेकु), उत्तरपट्टी चिशिमण्डा तिलमकको उल्लेख पाइन्छ । (वज्रचार्य २०३०) जैशिदेवलनिरको इ. ७२७ को अभिलेखमा लञ्जग्वल भन्ने स्थानको नाम उल्लेख पाइन्छ । लञ्जग्वल वस्ति नै हालको लगन भएको अनुमान डा. जगदिशचन्द्र रेग्मीको छ । इ. ६३३ को भिमार्जुन र जिष्णुगुप्तको थानकोट स्थित अभिलेखमा थेञ्चो(ग्राम)का किसानहरूले दक्षिण कोलिग्राममा हुने गोयुद्धका लागि एकहलो जग्गामा केही कर तिर्नपर्ने उल्लेख पाइन्छ । (वज्रचार्य २०३० पृ.४३४)
 
Line ८२ ⟶ ८५:
 
काठमाण्डौ उपत्यका तथा उपत्यका ओरीपरीका स्थानहरूको नाम प्राय: धेरैजसो किरात भाषाबाट रहे भएको पाइन्छ । केल(देल)टोल, ङेत(नरदेवी), लञ्जग्वल(लगन), खोप्रिङ(भक्तपुर), साङगा-साँगा), चाङगु-चाँगु), तेसलुङ(टिस्टुङ), पाङलुङ(पालुङ), थोचो(ठेचो) आदि । माथी उल्लेखित स्थानका अलवा लिच्छवीकालिन अभिलेखमा प्रशासनिक इकाइहरूको नामपनि किरात भाषामा उल्लेख भएको पाइन्छ । कुथेर, शुल्लि, लिङग्वल, मापचौक, सिन्द्रीक आदि जस्ता प्रशासनिक इकाइका अलवा हल्कराको व्यवस्था समेत किरातकालमै भएको प्रमाणीत भएकोछ । अंशुवर्माको हाडिगाउँको अभिलेखमा "धावक गेच्छिञ्जाकस्य पू. ३ प. १ "को उल्लेख हुनुले लिच्छवीकालको धावक गेच्छिञ्जाक को किरातकाल मै व्यवस्ता भएको पाइन्छ ।(धनवज्र वज्रचार्य २०३० पृ.३०५)
 
माथी उल्लेखित तथ्यहरू मननगर्ने हो भने लिच्छवीकाल अगाडिको किरात युगलाई कपोलकल्पित ठान्ने विद्धानहरूलाई निधार चाउरी पारेर सोच्नवाद्य अवस्यै गराउनेछ कि "लिच्छवीकालिन संस्कृत भाषामा लेखिएका अभिलेखमा कसरी गैरसंस्कृत शब्दहरू कुँदिन पुगे ?"
 
Line ८७ ⟶ ९१:
==सन्दर्भसूची==
१. आचार्य बाबुराम- किरात नाम, लिच्छवीकालका अभिलेखमा किरातकालको झलक २०२०,
 
२. बज्रचार्य धनबज्र- लिच्छवीकालका अभिलेख, नेपाल तथा एसियाली अध्ययन संस्थान त्रि.वि.वि.२०३०
 
३. रेग्मी जगदिशचन्द्र- काठमाण्डू शहर सांस्कृतिक अध्ययन भाग १, २०५१
 
४. खनाल मोहनप्रसाद- अभिलेख संकलन, साझा प्रकाशन, ललितपुर
 
५. डा.स्वामी प्रपन्नाचार्य- प्रचीन किरात इतिहास २०५१
 
६. भण्डारी ढुण्डिराज- नेपालको ऐतिहासिक विवेचना, २०२७
 
७. दाहाल पेशल- नेपालको इतिहास, सुरुदेखि सुधौली सन्धिसम्म २०५०
 
८. रापचा लाल श्याँकारेलु- इन्डो नेपाल किराती भाषाहरू २०६५
 
९. वाहिङ तेजलाल- वाहिङ लोरोतुम्लो २०६४
 
<references/>
"https://ne.wikipedia.org/wiki/किराँत_काल" बाट अनुप्रेषित