"रकेट" का संशोधनहरू बिचको अन्तर

सा maintenance, removed stub tag, added orphan, wikify tags
सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: पर → मा
पङ्क्ति ७:
[[File:V-2 rocket diagram (with English labels).svg|thumb|right|रकेट को रेखाचित्र]]
 
करिब १,००० वर्षअघि चिनियाँहरूले पहिलो रकेट बनाए तर तिनीहरू आतसवाजी जस्तामात्रै थिए । गल्पाउडरले चल्ने ती आतसवाजी जस्ता रकेटहरू टोकरीमा राखेर पड्काइन्थ्यो ।सन् १९२६ मा अमेरिकी नागरिक रोबर्ट गोडार्डले ३.५ मिटर लामो रकेट उडाएका थिए । त्यो यान दुईतले घरको उचाइ बराबर मात्रै उड्न सक्ने र ५६ मिटर परमा पुगेर ओल्र्यो । उडानको अवधि केबल २.५ सेकेन्ड मात्रै थियो ।यो पहिलो तरल-इन्धनले चल्ने रकेट थियो|वेर्नहर भन ब्राउनले रकेट मिसाइल आविष्कार गरेका थिए । जुन जर्मनरहरूले दोस्रो विश्वयुद्धमा प्रयोग गरेका थिए । त्यस युद्धपछि ब्राउन अमेरिकन स्पेस प्रोग्रामलाई सघाउन अमेरिका ल्याईएका थिए|
 
रकेटहरू अन्तरिक्ष यात्राका लागि नभई नहुने कुरा हो । उपग्रह, अन्तरिक्षयान प्रक्षेपण गर्न रकेट आवश्यक पर्छ । अन्तरिक्ष भट्टीहरू निर्माण गर्न आवश्यक पर्ने सामग्रीहरू रकेटकै सहायताले पुर्‍याइन्छ । ।रकेटहरू खण्डखण्डमा निर्माण गरिन्छन् । सामान्यतया रकेटमा ३ खण्डहरू हुन्छन् जुन इन्धन रकेट इन्जिनबाट बनेका हुन्छन् । प्रत्येक खण्डहरू काम पूरा भइसकेपछि खस्ने गर्छन् । गह्रौँ रकेट अन्तरिक्षमा प्रक्षेपण गर्न ठूलो शक्तिको आवश्यकता पर्दछ ।पृथ्वीको गुरुत्वक्षेत्रबाट बाहिरिन रकेटले ४०,००० कि.मि. प्रतिघण्टाको दरले जानुपर्छ । अन्तरिक्षमा पुगेपछि रकेट २९,००० कि.मि. प्रतिघण्टाका गतिमा कक्षमा ओर्लन्छ |
"https://ne.wikipedia.org/wiki/रकेट" बाट अनुप्रेषित