"लेखनाथ नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा maintenance, replaced: इतिहास → ईतिहास, removed stub tag
सा →‎इतिहास: रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास
पङ्क्ति १८:
'''लेखनाथ''' [[नेपाल]]को [[पश्चिमाञ्चल]] विकास क्षेत्रको [[गण्डकी अञ्चल]], [[कास्की जिल्ला]]मा अवस्थित नगरपालिका हो । [[पोखरा]] उपत्यकाको, पोखरा नगरको पुर्वपट्टी रहेको [[लेखनाथ नगर]] कास्की जिल्लामा पर्दछ । सात तालको शहर भनिने लेखनाथमा [[बेगनास]],[[रूपा]],[[मैदी]],[[दिपाङ]] तालहरू रहेका छन द्रुततर रूपमा जनसंख्या बढीरहेको लेखनाथ पोखराको आवासीय क्षेत्रको रूपमा विकास हुदै गइरहेको छ । हालै मात्रै समुदायको पहलमा निकै राम्रो अस्पताल निर्माण भएको छ भने शिक्षका लागि क्याम्पस तथा विद्यालयहरू पनि लेखनाथमा नगरमा रहेका छन । लेखनाथमा नगरमा झन्डै ५४ हजार मानिस बसोबास गर्दछन । लेखनाथ नगरको टेलीफोन कोड नम्बर ०६१ हो ।
 
== ईतिहासइतिहास ==
 
कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल यसै नगरपालिकाको अर्घौ अर्चलेमा पर्ने भएकोले नेपाल अधिराज्यमा नै साहित्यिक श्रष्टामा नामबाट गठित एउटै मात्र नगरपालिका हो, लेखनाथ नगरपालिका । यस नगरलाई सात तालको बगैंचा सहर भनिन्छ । कास्की जिल्लाका तत्कालीन राखी, लेखनाथ, शिशुवा र वेगनास गाविसलाई मिलाएर २०५३ साल माघ १८ गते घोषणा भएको हो । विसं ०५३ सालमा नगरपालिका घोषणा भएपछि त्यसको एकवर्षपछि भएको नगरपालिकाको निर्वाचनमा शालीग्राम पौडेल र गोपालमान गुरूङ निर्वाचित पहिलो नगर प्रमुख र उपप्रमुख हुनुभयो । राजा ज्ञानेन्द्रको शासनकालमा विष्णुप्रसाद पोखरेल र मोहनराज वस्नेतलाई करिब सात महिनाका लागि नगर प्रमुख र उपप्रमुखमा मनोनित गरिएको थियो ।