"माचू पिचू" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट थप्दै: gl:Machu Picchu
clean up, replaced: ईतिहास → इतिहास (8) using AWB (7794)
पङ्क्ति १८:
'''माचू पिचू''' १५ औं सताब्दीमा पूर्व कोलम्बियन इन्का साम्राज्यको एक महत्वपूर्ण स्थान थियो । माचू पिचूको शाब्दिक अर्थ पुरानो पहाड भन्ने हुन्छ । यो स्थान समुद्र सतहबाट करिब २४३० मीटर (७९७० फीट) उचाइमा अवस्थित छ । माचू पिचू [[पेरू]]को उरुबाम्बा उपत्यका माथि [[:en:Cuzco|कस्को]]बाट करिब 80 किलोमीटर (50 मील) उत्तरपश्चिममा रहेको एक पर्वत श्रृंखलामा अवस्थित छ र यहि स्थान हुँदै उरुबाम्बा नदी बहन्छ । धेरैजसो पुरातत्वविदहरु माचू पिचू इन्का सम्राट Pachacuti (१४३८-१४७२) को लागि निर्माण गरिएको हो भन्ने कुरामा सहमत छन । अक्सर मानिसहरूले यसलाई "इन्का साम्राज्यको हराएको शहर"को रूपमा पनि परिचित गराउँछन, सम्भवत यो स्थान इन्का साम्राज्यको विश्वप्रशिद्ध प्रतीक हो ।
 
इन्का समुदायले सन् १४०० को आसपासमा यसको निर्माण शुरू गरे, तर एक सताब्दी नबित्दै स्पेनिश साम्राज्य विस्तारको समयमा तत्कालिन शासकहरुको लागि आधिकारिक क्षेत्रको रूप मा छोडी दिए । हुनत स्थानीय स्तरमा यो क्षेत्र निकै प्रशिद्ध छ, तर सन् १९११ मा अमेरिकी ईतिहासकारइतिहासकार हीराम बिंह्याम द्वारा अन्तर्राष्ट्रीय स्तरमा परिचित गराउनुपूर्व बाहिरी सन्सारको लागि माचू पिचू अज्ञात थियो । त्यही समय देखि, माचू पिचू एक महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्यो, स्पेनिशहरूले इन्का साम्राज्यमाथि विजय प्राप्त गरी लुटपाट मच्चाएको यो स्थान एक सांस्कृतिक स्थल को रूपमा समेत महत्वपूर्ण छ ।
 
साम्राज्यवादीहरूको लुटपाटको साक्षी बनेको माचू पिचू सन् १९८१ मा पेरूको ऐतिहासिक संरक्षित क्षेत्र र सन् १९८३ मा यूनेस्को विश्व सम्पदा सूचीमा सूचिकृत स्थल घोषित भएको थियो । त्यस्तै सन् २००७ मा, माचू पिचू विश्वभर गरिएको इंटरनेट सर्वेक्षणमा [[आधुनिक विश्वका सात आश्चर्यहरू]] मध्ये एकको रूपमा चुनिएको थियो ।
 
==ईतिहासइतिहास==
माचू पिचू सन् १४५० को आसपासमा बनाइएको थियो । त्यतिबेला इन्का साम्राज्य चरम उत्कर्षमा थियो । तर एक सताब्दी नबित्दै स्पेनिश साम्राज्यवादीहरूको विजय सँगै यो स्थान मानव रहित अवस्थामा पुगेको थियो । केही ईतिहासकारइतिहासकार तथा पुरातत्वविदहरू स्पेनिश हस्तक्षेप पूर्व नै Smallpox रोगका कारण यहाँका वस्तिहरू उजाड भइसकेका थिए भन्ने मत राख्छन । हुन त तत्कालिन अवस्थामा कुनै स्पेनिशले यस स्थानको यात्रा गरेको कुनै प्रमाण छैन तर कुनै पिचु भन्ने ठाउँ छ भन्नेकुरा चाही उनीहरूलाई थाह थियो । त्यो समयमा स्पेनिशहरूले अन्य पवित्र स्थानहरुमा रहेका चट्टानहरु ध्वस्त पारिदिएका थिए तर माचू पिचूमा रहेका चट्टानहरुमा कुनै विध्वंस गरिएको थिएन ।
 
ईतिहासकारइतिहासकार हीराम बिंह्यामले यस स्थानलाई इन्का समुदायले एक सुरक्षित वासस्थानको रूपमा प्रयोग गरेको तथ्य प्रस्तुत गरेका छन । उनका अनुसार माचू पिचू इन्का समुदायका 'Virgins of suns'को जन्मस्थल हो । पुरातत्वविदहरू जोन रोव र रिचर्ड बर्गरले गरेको एक अनुसन्धानले माचू पिचू इन्का सम्राट Pachacuti (१४३८-१४७२) को लागि निर्माण गरिएको हो भन्ने कुरामा विश्वका पुरातत्वविदहरुलाई विश्वस्त गरेको छ । अर्का अनुसन्धानकर्ता जोहन रेइनहार्डले उक्त स्थानको भौगोलिक अवस्थिति र त्यस क्षेत्रमा रहेका पहाडहरुका कारण नै माचू पिचूलाई इन्का समुदायले पवित्र स्थानको रूपमा चुनेको हुनसक्ने तथ्यहरु पेशगरेका छन । माचू पिचूबाट अन्तरीक्षमा हुने विभिन्न घटनाहरूको अवलोकन गर्न सहजहुने भएकोले पनि यो स्थान इन्का समुदायको लागि महत्वपूर्ण थियो ।
 
अर्का पुरातत्वविद जोहन रेइनहार्ड माचू पिचू इन्का समुदायको एक पवित्र धार्मिक स्थल थियो भन्ने विस्वास गर्छन । उनको सिद्धान्तले मुख्य रूपमा माचू पिचूको भौगोलिक अवस्थितिलाई जोड दिएको छ । उच्च पहाडी भूभागमा निर्माण गरिएको यो स्थान इन्का समुदायका लागि धार्मिक महत्व बोकेको पवित्र स्थल थियो त्यसैले उनिहरूले माचू पिचूलाई आफ्नो बासस्थान बनाए । रेइनहार्ड यसलाई "पवित्र भूगोल"को उपमा दिएकाछन । जुन पहाडको नामबाट माचू पिचूको नामाकारण गरियो त्यो पहाडमा निर्माण गरिएका संरचनाहरूमा इन्का समुदायका मानिसहरूले धार्मिक कार्यमा चढाएका सामाग्रीहरू गाडिएको अवस्थामा पाइएका छन । यस्ता संरचनाहरू अन्य प्रमाणित इन्का समुदायका धार्मिक स्थलहरूमा पनि पाइने तथ्य रेइनहार्डले अघिसारेका छन । यस क्षेत्रमा कुदिएका ढुंगाहरूमा पाइएका कलाकृतिहरू तथा गुप्त लिपीहरूको बारेमा तत्कालिन स्पेनिस घुसपैठीयाहरूले -यस्ता किसिमका भवनहरू धार्मिक महत्वका हुन भनी लेखेका पाइएको छ । रेइनहार्डले प्रसतुत गरेको यो तथ्य सबैभन्दा ठोस सबूत मान्न सकिन्छ किनकि वास्तव मै यस्ता कलाकृतिहरू अन्य धार्मिक स्थलहरूमा पनि पाइन्छन र यो स्वभाविक पनि हो कि धार्मिक महत्वका वस्तुहरू पवित्र स्थान मै राखिन्छन ।
 
एउटा अर्को सिद्धान्त अनुसार माचू पिचू इन्का समुदायको llaqta थियो, जुन तत्कालिन अवस्थामा विजय प्राप्त क्षेत्रहरु को अर्थव्यवस्थामा नियन्त्रण गर्न निर्माण गरिएको वस्ति थियो । त्यस्तै केही ईतिहासकारहरूइतिहासकारहरू अझैसम्म पनि यो स्थान इन्का समुदायको बिरुद्ध जघन्य अपराध गर्ने अपराधिहरूको लागि एक जेलको रूपमा निर्मित गरिएको हुनसक्ने दावी गर्छन । एक वैकल्पिक सिद्धान्तले माचू पिचू एक कृषि परीक्षणस्थल थियो भन्ने तथ्यहरू समेत प्रस्तुत गरेको छ । उक्त स्थानमा सानो भूगोल भित्रनै गहरा निर्माण गरी विभिन्न अलग-अलग हावापानीमा हुर्कने बालीको परिक्षण सम्भव भएकोले इन्का समुदायले उक्तस्थानमा वस्ती
निर्माण गरेका थिए । यो सिद्धान्तले माचू पिचूमा रहेका खेतियोग्य गहराहरू ठूलोमात्रामा अन्न उत्पादनको लागि नभएर कस्तो हावापानीमा कुन बाली लगाउन सकिन्छ भन्ने परिक्षणगर्नको लागि मात्र पर्याप्त भएको तथ्य प्रस्तुत गरेको छ । यो सहर देवताहरूको वासस्थानको रूपमा वा राजाहरूको राज्याभिषेकको लागि बनाइएको थियो भन्नेहरूको पनि कमि छैन ।
 
पङ्क्ति ३५:
 
[[File:Machupicchu hb10.jpg|thumb|left|thumb|सन् १९११मा लिइएको माचू पिचूको तस्विर]]
सन् १९११ को जुलाई २४ तारिखमा अमेरिकी ईतिहासकारइतिहासकार हीराम बिंह्यामले माचू पिचू तर्फ अन्तर्राष्ट्रिय अध्ययनकर्ताहरूको ध्यानाकर्षण गराएका थिए । येल विश्वविद्यालयमा प्राध्यापक रहेका बिंह्याम स्पेनिशहरूबाट लखेटिएका इन्का समुदायहरूले अन्तिम पटक शरण लिएर वासस्थानको रूपमा प्रयोग गरेको Vilcabamba सहरको खोजिको क्रममा उक्त स्थानमा पुगेका थिए । त्यस भन्दा पहिला पनि उनले उक्त क्षेत्रको वरपरका भूभागहरूको पटक-पटक यात्रागरी अनुसन्धान तथा खोजीकार्य गरेका थिए । पाब्लितो अल्वरेज नाम गरेको स्थानीय ११ बर्षको केच्वा (Quechua) जातिको बालकले बिंह्यामलाई उक्त स्थानको जानकारी दिएका थिए । त्यो समयमा केही केच्वा जातिका मानिसहरू इन्काहरूले निर्माण गरी छोडेका भवनहरूलाई नै बासस्थानको रूपमा प्रयोग गर्दै माचू पिचूमा बसोबास गर्दथे ।
हिराम बिंह्यामले माचू पिचू र आसपासको क्षेत्रमा विभिन्न पुरातात्विक वस्तुहरूको अध्ययन गरे । उनले त्यो क्षेत्रको पुर्ण अवलोकन तथा सर्वेक्षण गरेपश्चात माचू पिचूलाई ''इन्का समुदायको हराएको सहर'' भनी नामाकरण गरे, यो बिंह्यामको पहिलो पुस्तकको शिर्षक पनि थियो । सन् १९१५ तिर बिंह्यामले धेरै पटक उक्त स्थानको भ्रमण गरे र त्यहाँ विभिन्न स्थलहरूमा उत्खनन गरी धेरै कलाकृतिहरू संकलन गरे । उनले आफ्नो जीवन अवधि भर माचू पिचूको आविस्कारको बारेमा धेरै पुस्तक तथा लेखहरू लेखे ।
 
पङ्क्ति ४७:
 
==प्रारम्भिक अध्ययन==
हुनत माचू पिचूलाई ईतिहासकारइतिहासकार हिराम बिंह्यामले नै बाहिरी विश्वसँग परिचित गराएका थिए तर उनी भन्दा पहिला नै अरू धेरै मानिसहरूले यसको अस्तित्वको बारेमा थाह पाइसकेका थिए । कस्को क्षेत्रमा लामो समय अनुसन्धान गरिसकेका सिमोन वाइसबर्डले सन् १९०१को जुलाई १४मा Enrique Palma, Gabino Sánchez र Agustín Lizárraga नामगरेका तीन व्यक्तिहरूले माचू पिचूमा भएका चट्टानहरूमा आफ्नो नाम खोपेका थिए भनेर दावी गरेका थिए । त्यस्तै सन् १९०४ मा एकजना फ्र्याङ्कलिन नाम गरेका इन्जिनियरले टाढाको पहाडबाट माचू पिचूमा रहेको भग्नावषेस देखेका थिए भनिन्छ । उनले यस स्थानको बारेमा तत्कालिन बेलायती क्रिश्चियन मिसीनरी Thomas Payneलाई भनेका थिए भनेर Payneको परिवारले दावी गरेका थिए । उनीहरूका अनुसार सन् १९०६ मा Payne र Stuart E. McNairn (१८६७-१९५६) ले माचू पिचूको भग्नावषेस सम्म पुगेर त्यसको अवलोकन पनि गरेका थिए ।
 
प्राप्त तथ्यहरु अनुसार जर्मनीका अगस्टो बर्न्स नाम गरेका एक व्यापारीले सन् १८६७ मा माचू पिचू पत्ता लगाएर त्यहा भएका महत्वपूर्ण सामाग्रीहरू उठाऐर लगेका थिए । त्यस्तै जेएम भन ह्यासल नाम गरेका जर्मन इन्जिनियरले पनि उक्त स्थानको यात्रा गरेका प्रमाणहरू पाइएका छन । ईतिहासकारहरूइतिहासकारहरू ले फेलापारेका केही नक्साहरूले माचू पिचू सन् १८७४ भन्दा अगाडि नै पत्ता लागिसकेको तथ्य प्रस्तुत गरेका छन ।
 
==भौगोलिक अवस्था==
"https://ne.wikipedia.org/wiki/माचू_पिचू" बाट अनुप्रेषित