"ब्राह्मी लिपि" का संशोधनहरू बिचको अन्तर

सा Category Maintenance
सा r2.7.2) (रोबोट ले परिवर्तन गर्दै: sa:ब्राह्मीलिपिः; अंगराग परिवर्तन
पङ्क्ति १:
[[Imageचित्र:Kanheri-brahmi.jpg|right|thumb| कान्हेरी गुफाको एउटा शिलामा ब्राह्मी लेख]]
'''ब्राह्मी लिपि''' विश्वको प्राचीनतम् लिपिमध्ये एउटा हो । यो लिपिको उत्पत्ति भारतमा भएको भन्ने विषयमा दुईमत छैन । यद्यपि ब्राह्मी लिपिको उत्पत्ति यसैबेला भएको भन्नलाई आज पनि कुनै निश्चित आधार छैन । ब्राह्मण समुदायबाट यो लिपिको उत्पत्ति भएको भन्ने जनविश्वास छ । त्यसैले यो लिपिको नाउँ पनि ब्राह्मणबाट ब्राह्मी भएको भनाइ छ । भारतमा ब्राह्मणले धार्मिक ग्रन्थ 'वेद' को संरक्षणका लागि नै यस लिपिको सिर्जना गरेको भन्ने आमविश्वास छ । भारतमा ई.पू. ४०० वर्षअघि यस लिपिबाट लिखित कुनै ऐतिहासिक सामग्री भेटिएको छैन । जैनसूत्रमा उल्लेख भएका १८ लिपिमा सबैभन्दा अगि्रमपङ्क्तिको लिपि ब्राह्मी लिपि हो । बौद्धग्रन्थ 'ललित विस्तर' मा ६४ वटा लिपिको वर्णनमध्ये क्रमागतरूपले सबैभन्दा पहिलो लिपि ब्राह्मी लिपि हो । ब्राह्मी लिपिको उत्पत्ति राजा अशोक -ई.पू. २७३-२३२) भन्दा दुई शताब्दी अघि भएको विश्वास छ । राजा अशोकको शिलालेखमा यो लिपि धेरै प्रयोग भएको छ । यस लिपिको प्रचारप्रसारको मूल आधार यही शिलालेखहरूलाई लिइन्छ । यद्यपि भारतको गुप्त शासनकालमा आएर यो लिपिको आकृति र स्वरूपमा केही परिवर्तन भयो । त्यसरी परिवर्तित लिपिलाई गुप्त लिपि भन्न थालियो । फेरि समयको अन्तरालमा गुप्त लिपिको आकृतिमा पनि परिवर्तन हुन थाल्यो, त्यस्तो परिवर्तित लिपिलाई कुटिल लिपि वा कुटिलाक्षर भन्ने गरियो । यो कुटिल लिपि ईसाको छैठौँ शताब्दीतिर देखापरेको थियो ।
 
नेपालमा प्रचलित देवनागरी लिपिको जननी ब्राह्मी लिपि हो । नेपालमा ई.पू. २०० वर्षअघिको लुम्बिनीको अशोक स्तम्भ र कपिलवस्तुको निग्लिहवामा रहेको पुष्पीकरणको अशोकस्तम्भ अभिलेखमा उल्लेखित लिपि ब्राह्मी लिपि हो । नेपालको लागि यो सबैभन्दा प्राचीन, ऐतिहासिक सामग्री र लिपि भएको छ । यसरी नेपालको यो स्तम्भ र लिपिको ऐतिहासिक महत्त्व छ ।
== ब्राह्मीबाट जन्मेका लिपिहरु ==
[[Imageचित्र:brahmi.png|thumb|right|300px|ब्राह्मीको समयको साथ परिवर्तन]]
 
ब्राह्मी लिपिबाट जन्मेका लिपिहरु र तिनको समानता स्पष्टतया थाह लाग्छ। यसमा धेरै लिपिहरु ईसाको समयको छेउ-छाउ विकसित भएका थिए। केहि यस प्रकार छन्-
* [[देवनागरी]]
* [[बांग्ला लिपि]]
* [[उड़िया लिपि]]
* [[गुजराती लिपि]]
* [[गुरुमुखी]]
* [[तमिल लिपि]]
* [[मलयालम लिपि]]
* [[सिंहल लिपि]]
* [[कन्नड़ लिपि]]
* [[तेलुगु लिपि]]
* [[तिब्बती लिपि]]
* रंजना
* प्रचलित नेपाल
* भुंजिमोल
* कोरियाली
* थाई
* बर्मेली
* लाओ
* ख्मेर
* जाभानिज
 
== ब्राह्मीबाट व्युत्पन्न केहि लिपिहरुको तुलनात्मक तालिका ==
केहि भारतीय लिपिहरुको तुलनात्मक चित्र यहाँ दिइन्छ :
 
=== व्यंजन ===
{| class='wikitable' style="clear:left;font-size: 150%;"
|-align='center' style="font-size: 66%;"
पङ्क्ति १११:
|}
 
=== स्वर ===
{| class='wikitable' style="clear:left;font-size:120%"
|-align='center' style="font-size: 75%;"
पङ्क्ति १५३:
|}
 
=== अंक ===
{| class='wikitable' style="font-size: 120%;"
|-align='center' style="font-size: 75%;"
पङ्क्ति १७९:
|}
 
== संदर्भ ==
<references/>
 
== वाह्य सूत्र ==
* [http://www.geocities.com/Athens/Academy/9594/brahmi.html ब्राह्मीबाट उत्पन्न लिपिहरु] (अंग्रेजीमा)
* [[लिपि]]
 
{{ब्राम्ही}}
पङ्क्ति २१७:
[[pt:Escrita Brāhmī]]
[[ru:Брахми]]
[[sa:ब्राह्मीलिपिः]]
[[sa:ब्राह्मी लिपि]]
[[sv:Brahmi]]
[[ta:பிராமி எழுத்துமுறை]]