"सन यात सेन" का संशोधनहरू बिचको अन्तर

सा maintenance, added orphan, wikify tags
सा maintenance, replaced: इतिहास → ईतिहास (2)
पङ्क्ति १५:
सन यात-सेनले जनताका तीन सिद्धान्त अगाडि सारे जसमा राष्ट्रियताको सिद्धान्त, प्रजातन्त्रको सिद्धान्त र जनताको जनजीविकाको सिद्धान्त । यो सिद्धान्तलाई थ्री पिपुल्स पि्रन्सिपल नामले पनि चिनिन्छ । सामान्तवादी राजसंस्थाको अन्त्य र साम्राज्यवादी अतिक्रमणको अन्त्यका लागि हतियार बन्द क्रान्ति सुरु गरियो । सबै विद्रोहहरू असफल भए तर पनि क्रान्तिकारीहरूले आˆनो धैर्य र धेय गुमाएनन् । रक्तरञ्जित विद्रोहहरू कायम नै रहे ।त्यो समयमा सम्पूर्ण चीन अभाव र अनिर्णयको बन्दी जस्तो देखिन थाल्यो । सन् १९०९ मा सम्पूर्ण चीनभरि १३० वटा विद्रोह भए भने सन् १९१० मा २९० भन्दा बढी विद्रोहहरू भए । सेनडोङमा सन् १९११ मा थेग्न नसकिने कर र लेभी उठाएको विरोधमा कडा विद्रोहहरू भए । सन् १९११ को चीनको रेलवे राइट विद्रोहले चीनका धेरै प्रान्तलाई हल्लायो । यसको प्रभाव चीन बाहिर पनि सशक्तरूपमा फैलियो ।
 
अक्टोबर १०, १९११ को उचाङ आन्दोलनले विश्वलाई नै चकित बनायो । सन् १९१२ को नयाँ वर्षको पहिलो दिनमा सन यात-सेनलाई नानजिङ प्रान्तको प्रान्तिय राष्ट्रपतिमा नियुक्त गरियो । त्यसै दिन गणतन्त्र चीन स्थापना भएको घोषणा गरियो । फेब्रुअरी १२, १९१२ का दिन कुइङ वंशका अन्तिम राजाले २६७ वर्षको कुइङ राजवंशको समाप्ति गर्दै राज्य त्याग गरे । चीनको दुई हजार वर्षको राजतन्त्रको इतिहासईतिहास समाप्त भयो ।सन यात- सेनले एक महिना जति प्रान्तिय राष्ट्रपति हुन पाए । त्यसपछि उनलाई हटाएर युयान साहकाई नयाँ प्रान्तिय राष्ट्रपति भए । उनले कुइङ सरकारकै नीतिलाई निरन्तरता दिँदै जनविद्रोहको विपरीत काम गर्न थाले । सङ जिऔरन भन्ने एक जना क्रान्तिकारी नेताको हत्या भयो । उनी पनि त्रियासी दिनमा सत्ताच्यूत गरिए ।
 
सन. १९२५ को मार्च १२ का दिन महान् प्रजातान्त्रिक योद्धा सन यात- सेनको मृत्यु भएपछि उनले गरेको मध्यमार्गी आन्दोलनको सोचले निरन्तरता पाएन । सन यात-सेनले चाहेको राज्य प्रणाली लागू भएन तर पनि चीन र विश्वले डा. सन यात-सेनलाई चीनको मध्यमार्गी प्रजातान्त्रिक आन्दोलनका जनकका रूपमा लिन्छ । यस अर्थमा चीनमा सन यात-सेनले चाहेको मध्यमार्गी प्रजातान्त्रिक व्यवस्था लागू हुन नसके पनि चीनमा उनलाई माओत्सेतुङ जस्तै महानतम चिनियाँ नेता गणना गरिन्छ ।
 
[[श्रेणी:इतिहासईतिहास]]
 
[[ar:صن يات سين]]
"https://ne.wikipedia.org/wiki/सन_यात_सेन" बाट अनुप्रेषित