"त्रि-चन्द्र कलेज" का संशोधनहरू बिचको अन्तर

सा Category Maintenance
सा maintenance, replaced: इतिहास → ईतिहास
पङ्क्ति १:
चौथो राणा प्रधानमन्त्री [[चन्द्र शमशेर]]का पालामा वि.सं. १९७५ मा नेपालको पहिलो उच्च शिक्षा दिने संस्था त्रिचन्द्र कलेजको स्थापना भएपछि नै नेपालमा विधिवत उच्च शिक्षाको इतिहासईतिहास आरम्भ भएको हो । तत्कालीन [[राजा त्रिभुवन]] र प्रधानमन्त्री [[चन्द्र शमशेर]]को पालामा शिलान्यास भएबाट स्थापनाताका यस संस्थाको काम 'त्रिभुवन चन्द्र कलेज' भएता पनि वि.संं १९८१ बाट यसलाई 'त्रिचन्द्र कलेज' मात्र भन्न थालियो । २०३० को 'नयाँ शिक्षा' पछि त यस ऐतिहासिक क्याम्पसको नाम 'त्रिभुवन क्याम्पस' हुन पुगेको छ ।
 
वि.सं. १९७६ भदौ ५ बाट विधिवत त्रिचन्द्रमा आई-ए र आई.एस्सीको अनि वि.सं. १९८१ देखि विए र २००४ सालदेखि वी.एस्सीको पठनपाठन शुरु भएको हो । तर २०१६ सालमा नेपालको आफ्नै विश्वविद्यालय नखुल्दासम्म यस त्रिचन्द्रको सम्बन्धन पटना विश्वविद्यालयसँग रहेकोले नेपाली विद्यार्थीहरूको परीक्षा लगायत यथावत शैक्षिक औपचारिकता सोही विश्वविद्यालयबाट हुन गयो । जेहोस् यस त्रिचन्द्र कलेजले [[पुस्कर समशेर जवरा]], [[बालकृष्ण शमशेर]], [[सुवर्ण शमशेर]] [[लक्ष्मीप्रसाद देवकोटा]], [[शङ्करदेव पन्त]], [[डिल्लीरमण रेग्मी]], [[यदुनाथ खनाल]], [[गोपालप्रसाद रिमाल]], [[तुलसीलाल अमात्य]], [[गंगालाल श्रेष्ठ]], [[गिरिजाप्रसाद कोइराला]], [[महेशचन्द्र रेग्मी]], [[लिलानटेश्वर 'बराल']] , [[भूवनलाल जोशी]], [[कमलमणि आदि]] र [[मोहम्मद मोहसिन]] जस्ता प्रखर एवं मेधावी विद्यार्थीहरूको उच्च शिक्षाको प्रस्थान विन्दु यही त्रिचन्द्र रहृयो ।