"जर्मनेली स्वतन्त्र सामाजिक-जनवादी पार्टी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा (maintenance, removed stub, wikify tags, added orphan tag)
कुनै सम्पादन सारांश छैन
'''जर्मन स्वतन्त्र सामाजिक-जनवादी पार्टी''' - अप्रिल १९१७ मा गोथा शहरमा स्थापित [[जर्मनी|जर्मन]] राजनैरतिक पार्टी । त्यस क्रान्तिकारी उत्साहको वातावरणमा, जसमाथि [[रुस]]मा सम्पन्न भएको फरवरी बु‍र्जुवा जनवादी क्रान्तिले (सन् १९१७) निकै ठूलो प्रभाव पारेको थियो, [[जर्मन सामाजिक-जनवादी पार्टी]]को अवसरवादी नेतृत्वले पार्टीमा आम सदस्यहरूल् विश्वास दिन प्रतिदिन गुमाउदै थियो । यो पार्टी जनताको असन्तुष्टता घटाउने, क्रान्तिकारी संघर्षबाट उनीहरूको ध्यान हटाउने र क्रान्तिकारी मजदुर पार्टीको सिर्जना हुन नदिने उद्देश्यले स्थापना गरिएको थियो । तथाकथित 'स्वतन्त्रतावादीहरूले' मध्यमार्गी शब्दाडम्बरको आडमा सामाजिक अन्धराष्ट्रवादीहरूसँग 'एकता' स्थापना गर्न पुगे, वर्गसंघर्षबाट भाग्न थाले । [[काउत्स्की]]पन्थी 'श्रमिक मण्डल' यस पार्टीको आधारशीला थियो ।<ref name="vil">[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग १-४. [[काठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. ४९२</ref>
 
आफ्नो संगठनात्मक एवं राजनीतिक स्वाधीनता कायम राख्दै 'स्पार्ताक' गुट पनि केही समयको लागि यस पार्टीभित्र सम्मिलित भएको थियो । यो गुट जनतालाइजनतालाई मध्यमार्गी नेताहरूको प्रभावबाट छुटाउनको लागि संघर्ष गर्दै थियो । सन् १९१८ मा 'स्पार्ताक संघ' जर्मन स्वतन्त्र सामाजिक-जनवादी पार्टीबाट निस्क्यो र यस संघको आधारमा [[जर्मन कम्युनिष्ट पार्टी]]को सिर्जना भयो ।
अक्टुवर १९२० मा हाल्ले शहरमा भएको जर्मन स्वतन्त्र सामाजिक-जनवादी पार्टीको महाधिवेशनमा पार्टीभित्र फुट भयो । पार्टीको एक ठूलो हिस्सा दिसेम्वर १९२० मा जर्मन कम्युनिष्ट पार्टीसँग गएर मिल्यो । पार्टीका दक्षिणपन्थी तत्वहरूले आफ्नै पार्टी खडा गरे र पुरानो नाम 'जर्मन स्वतन्त्र सामाजिक-जनवादी पार्टी' कायम राखे । सन् १९२२ सम्म यस पार्टीको अस्तित्व रह्यो ।<ref name="vil"/>
 
==स्रोतहरू==
[[de:Unabhängige Sozialdemokratische Partei Deutschlands]]
[[en:Independent Social Democratic Party of Germany]]
[[es:Partido Socialdemócrata Independiente de Alemania]]
[[eo:Unabhängige Sozialdemokratische Partei Deutschlands]]
[[es:Partido Socialdemócrata Independiente de Alemania]]
[[fr:Parti social-démocrate indépendant d'Allemagne]]
[[gl:Partido Independente Socialdemócrata de Alemaña]]
[[ko:독일 독립사회민주당]]
[[id:Partai Sosial Demokratis Merdeka Jerman]]
[[nl:Unabhängige Sozialdemokratische Partei Deutschlands]]
[[ja:ドイツ独立社会民主党]]
[[ko:독일 독립사회민주당]]
[[no:Unabhängige Sozialdemokratische Partei Deutschlands]]
[[nl:Unabhängige Sozialdemokratische Partei Deutschlands]]
[[nn:Unabhängige Sozialdemokratische Partei Deutschlands]]
[[no:Unabhängige Sozialdemokratische Partei Deutschlands]]
[[pl:Niezależna Socjaldemokratyczna Partia Niemiec]]
[[pt:Partido Social-Democrata Independente da Alemanha]]
२६,७४९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/139313" बाट अनुप्रेषित