"युरी गागरिन" का संशोधनहरू बिचको अन्तर

सा Maintenance
clean up, replaced: को → को (3), मा → मा (12), १मा → १ मा, १को → १ को (2), २मा → २ मा (2), ३मा → ३ मा (2), ५मा → ५ मा , ६ using AWB
पङ्क्ति १:
अन्तरिक्षमा एक घण्टा ४८ मिनेटसम्म बसेका युरी गागरिनको जन्म सोभियत रूसको कुल्सिनो भन्ने स्थानमा सन् १९३४ मार्च ९ मा९मा सामूहिक रूपमा खेतिकिसानी गर्ने पिता एलेक्सी इभानोभिच गागरिन र माता अन्ना टिमोफेथेभ्ना गागरिनको कोखबाट भएको थियो । उनी त्यस देशका सैनिक पाइलट र अन्तरिक्षयात्री थिए र सन् १९६१ को अपि्रल १२ मा भोस्टोकमाभोस्टोक -१ अन्तरिक्षयानमा चढेर पृथ्वीको अन्तरिक्षमा यात्रा गरेपछि विश्वको पहिलो मानव अन्तरिक्षयात्री र पहिलो पृथ्वी परिक्रमा गर्न सौभाग्य पाएका थिए । उनी सन् १९६८ मा विमान दुर्घटनामा मारिए । चौथांै सन्तानमा तेश्रो सन्तानको रूपमा जन्मेका उनीलगायत लाखांैले दोश्रो विश्व युद्धमा नाजी जर्मनले अतिक्रमण गरेपछि आफ्नो घर छोडेर सानो माटोको झुपडीमा उनीहरूले अतिक्रमण अन्त्य नभएसम्म एक वर्ष बस्न वाध्य भए । उनी भन्दा जेठा दुई जना नाजी जर्मनको बधुवा मजुदरको रूपमा १९४३ मा काम गर्न वाध्य भए भने सन् १९४६ मा उनको परिवार घाग्त्स्क भन्ने स्थानमा बसाईसराई गर्‍यो ।
[[File:Gagarin in Sweden.jpg|thumb]]
 
सानैदेखि तिक्ष्ण स्वाभावका गागरिनको रूचि अन्तरिक्ष र ग्रहमा थियो । हवाईजहाज उडानमा खुब रूचि देखाउने उनले १९५५ मा सैन्य हवाई जहाज प्रशिक्षणमा भाग लिए र १९५७मा१९५७ मा उनी लेफि्टनेन्ट र १९५९ मा१९५९मा वरिष्ठ लेफि्टनेन्ट भए । सन् १९६० मा सोभियत अन्तरिक्ष कार्यक्रममा उनीसहित २० जना हवाई चालकहरू छानिए जसमध्येमा विभिन्न छनौट प्रक्रियाबाट उनी अन्तरिक्षयानको लागि सक्षम साबित भए । सन् १९६१ को अपि्रल १२ मा भस्टोकमाभस्टोक १ का सफल उडानसँगै उनीले विश्वका नायक बन्दै सन् १९६३ मा कर्णेल बने ।विभिन्न स्रोतका अनुसार अन्तरिक्षमा यात्रा गरेको समयमा ''मैले यहाँमाथि कुनै पनि देवताहरू देखिन '' भनेका थिए । भन्नाले, स्वर्ग छैन र देवताहरू पनि नभएकाले धर्मविरूद्ध विज्ञानले जितेको भन्ने खोजेको हुनुपर्छ ।
 
गागरिन सोभियत रूसको लागि महत्वपूर्ण र अमूल्य गहना भएको कारणले त्यहाँको सरकारले हवाईजहाजमा दुर्घटना परेर मृत्यु हुन सक्ने सम्भावना हेरेर बन्देज लगाउन प्रयास गरेको थियो । गागरिनका साथी भ्लाडिमिर कोमारोभ मुख्य चालक र उनी सह-चालक रहेको स्वयुज १ मा उनका साथीको दुर्घटनामा मारिएपछि उनलाई सरकारले हजाईजहाज प्रशिक्षण गर्न र अन्तरिक्ष कार्यक्रममा बन्देज लगायो । तर केही समयपछि नै उनले स्टार शहर अन्तरिक्ष प्रशिक्षण आधार शिविरमा उप प्रमुखको रूपमा आफ्नो भूमिका निर्वाह गरे र त्यही समयमा सैनिक हवाई जहाज चालको रूपमा पूनः भूमिका निर्वाह गरे ।
 
यसरी आफ्नो भूमिका निर्वाह गरिरहेको अवस्थामा सन् १९६८को१९६८ को मार्च २८ मा हवाई प्रशिक्षक भ्लाडिमिर सेर्याेजिनसँग युरी गागरिन आफ्नो नियमित प्रशिक्षणको क्रममा एमआईजी-१५ युटीआई नामक विमान र्किजाच शहरनजिक दुर्घटना परेर मरे । दुवैको लाशका अस्तुलाई रेड स्क्वाएरको क्रेमलिन पर्खालमा गाडिएको छ । श्रीमति भ्लालेन्टिनाका साथ दुई छोरीहरू इलेना र गालिनालाई छोडेर सदाका लागि विदा भए । दुबै छोरीहरू रसियाको सरकारी उच्च ओहदामा रहेका छन् ।
 
गागरिनको सम्मानमा सिक्का, सहरको नाम, टिकट, सालिक, खेलकुद प्रतियोगिताको नाम राखिएका छन् । पूर्व सोभियत रूस र हाल स्वतन्त्र देश अर्मेनियाले उनको सम्मानमा सुखोइ सुपर जेट १०० को१००को नाम राखेको छ भने बेलायतको राजधानी लण्डनको मालमा गागरिनको स्कुलमा राखिएको सालिकको नक्कल गरेर बनाएको सालिक राखिएको छ । यसै परिप्रेश्यमा गागरिनको सम्मानमा गागरिनको वास्तविक ध्वनिसहित दृश्य भएको 'फष्ट अर्बिट' छायाङ्कन अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनबाट गरिएको छ । रसियाली, अमेरिकाली र इटालियाली आरोहण २७ का आरोहीले यो स्टेशनबाट संसारका समस्त मानवहरूलाई युरी गागरिनको फोटो रहेको टिशर्ट लगाएर हेप्पी युरीज् न्याइट अर्थात् 'युरीको रातमा शुभकामना' भिडियो सन्देश पठाएका छन् ।पक्कै पनि सोभियतले पहिलो पटक मानवलाई अन्तरिक्षमा पठाएर इतिहासमा आफ््नो देशका नामलाई सुरक्षित त गर्‍यो तर सोभियतलाई यो नाम भन्दा पनि शितयुद्धका प्रतिद्वन्द्वी अमेरिकालाई हराउन सफल भएकोमै सोभियतले आफूलाई सर्वश्रेष्ठ ठान्यो । यो उसको लागि सबैभन्दा ठूलो जित थियो ।
 
[[श्रेणी:विज्ञान]]
"https://ne.wikipedia.org/wiki/युरी_गागरिन" बाट अनुप्रेषित