"भीमबहादुर थापा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा maintenance, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
{{wikify}}
 
'''भीमबहादुर थापा''' निकै प्रशिद्ध नेपालि कलाकार, सैनिक कार्यक्रमका रेडिओ प्रस्तोता अनि दोश्रो बिश्वउद्ध लडेका वीर पनि हुन. तलका हरफहरु [http://www.kantipuronline.com/Nepal/arcarticle.php?&aid=5&isd=349 कान्तिपुर् अनलाइन] बाट जस्ताको तस्तै सारिएका हुन.
 
कुनै समय यस्तो थियो, भीमबहादुर थापा भन्ने जोसुकैको नाम लिँदा पनि मानिस भन्ने गर्थे, "को त्यही सैनिक कार्यक्रममा रूपक भन्ने सेनानी भीमबहादुर ?" आजको पुस्ताले यस नामलाई कसरी सम्झिन्छ कुन्नि ? तर, २००८ देखि ०४५ सालसम्म निरन्तर रेडियो रूपक चलाएर मेची-कालीको सीमालाई नाघ्दै सम्पूर्ण नेपालीहरूको मनमा बास बसेका यी ८४ वर्षे आज पनि पुराना मान्छेका मस्तिष्कमा न्यानो स्मृति भएर बाँची नै रहेका छन् । यिनका रूपकले मानिसलाई सारै ठूलो मनोरञ्जन दिन्थे । सोमबार र बिहीबार बिहान ९ बजे नित्य प्रसारण हुने यो कार्यक्रम सुन्न सबै आतुर हुन्थे । काम र पढाइमा घरबाट निस्कन हतारो हुँदा पनि मानिसहरू मुखमा गाँस हाल्दै सुवेदार भीमबहादुरको रेडियो रूपक सुन्थे ।
Line २९ ⟶ ३१:
उनका जीवनमा अनेकौँ मोडहरू आए । मोडहरूसँगै सानातिना प्रतिकूलताहरू नथपिएका होइनन् । तर, भौतिक दुःख भन्ने उनले अनुभव गर्न पाएनन् । रेडियोदेखि सानो पर्दा र ठूलो पर्दाका अनगन्ती चलचित्रमा काम गरेर प्रसिद्धि र सम्मानको जीवन बिताए, बिताइरहेछन् । तर यात्रा, जीवनको उत्तरार्धमा छ । त्यसैले उनी अब परमार्थको चिन्तनमा छन् । बिहानै मठमन्दिरको चक्कर लगाउँछन् । उनलाई थाहा छ, जानेर कसैलाई दुःख दिएनन् । युुद्ध भनेको मान्छे मार्नु नै हो । मारे । त्यो उनको कर्तर्व्य थियो । तर, त्यसो भनेर परमात्माले कहाँ मान्लान् र ? मारेको त हो नि ! त्यसैले उनी धर्मकर्ममा निष्ठाका साथ लागेको छन् । लर्केजोवनमा तरुनीसँग पनि जिस्िकए । "अहिले त म यस्तो छु, जवान हुँदा कस्तो थिएँ होला, अनुमान गर्नूस्," उनी ठट्यौलो शैलीमा भन्छन््, "केटीहरू मलाई देखेर हुरुक्क हुन्र्थे, भँगेरा चारोमा झुम्मिएझैँ झुम्मिन्थे ।" त्यो उमेरमा, त्यो बैँसमा उनले पनि रमाइलो गरे । उनलाई त्यसको हिसाब पनि मिलाउनु छ । उनले त्यसको मोक्षप्राप्तिका लागि पनि बाटो बनाउनुपर्छ । अब उनले गर्न बाँकी काम खालि यत्ति हो । उनी यतिखेर परत्रको गन्तव्यमा पुग्न भक्तिधारामा डुबेर गोरेटो निर्माण गररिहेछन् ।
 
[[categoryश्रेणी:जीवनी]]
[[categoryश्रेणी:कलाकार]]
[[categoryश्रेणी:कला]]
[[categoryश्रेणी:नेपाली सेना]]