"नौमती बाजा" का संशोधनहरू बिचको अन्तर

सा
maintenance, removed stub tag
कुनै सम्पादन सारांश छैन
सा (maintenance, removed stub tag)
 
सनईको सूरमा ट्याम्कोले ताल समातेपछि दमाहा र ट्याम्कोले खालको बिट मार्दछन् । त्यसरी विट मार्ने क्षणमा ध्वनियुक्त मीठाससँगै झ्याईंझ्याईं गर्दै बज्ने बाजाको नाम हो झ्याम्टा जसलाई झ्याली पनि भनिन्छ । काँशका दुई थालहरू जस्तै आकारका झ्याम्टामा हातका औँला छिराउनका लागि बनेका दुई प्वालमा डोरी छिराई त्यसैका आडमा हत्केलाले झ्याम्टा एक आपसमा जुधाएर काँशे रन्को निकालिन्छ । यसैगरी नौमतिका अर्को प्रमुख बाजा हो नरसिङ्गा । संस्कृत शब्द नरश्रृङ्गको अपभ्रङ्स भई बनेको शब्द नरसिङ्गा नर (मानिस) ले आˆनो टाउकोमाथि सिङ्जस्तो ठाडो मारेर बजाउने भएकाले यसका नाम नरसिङ्गा रहेको हुनसक्छ । फुक्ने ठाउँ सानो तर क्रमशः ठूलो ठूलो हुँदै फुक्दै नरसिङ्गाको मुख ठूलो हुन्छ । तामाले बनेको यो बाद्ययन्त्र दुई खण्डमा हुन्छ जसलाई बजाउने बेलामा जोडिन्छ । नबजाई बोक्दा यसको सानो भागलाई ठूलो भागभित्र हाली काँधमा बोकिन्छ । पशुको सिङ्ग आकारको यो बाजा यसमा पारङ्गत थोरैले मात्र बजाउन सक्दछन् । बिहे बटुलोमा जन्ती जाँदा बाटोमा कुनै देवस्थल, गुम्बा, घुम्ती तथा भञ्ज्याङ देउरालीहरूमा नरसिङ्गा फुकिन्छ र सँगसँगै धुँ धुँ गरेर कर्नाल बजाइन्छ । तामाले बनेको कर्नाल बाजा लामाले प्रयोग गर्ने लामा जस्तै हुन्छ तर फुकाइ फरक हुन्छ । कर्नाललाई पनि नरसिङ्गालाईजस्तै भाँचेर बोकिन्छ र जोडेर बजाइन्छ ।
 
 
 
 
 
===सम्बन्धित लेखहरू===
 
===बाहिरी लिंकहरू===
* [[http://www.gorkhapatra.org.np/detail.php?article_id=44876&cat_id=22]] सङ्कटमा नौमति बाजा :-कमल सुबेदी
 
* [http://www.spinybabbler.org/traditional_arts/music/instruments.php नेपाली परम्परागत बाजाहरूको बारेमा एक लेख] -- www.spinybabbler.org
 
[[categoryश्रेणी:नेपालका परम्परागत बाजाहरू]] [[category:बाजाहरू]] [[category:नेपालको संस्कृति]] [[category:लोकसंस्कृति]]
[[श्रेणी:बाजाहरू]]
 
[[श्रेणी:नेपालको संस्कृति]]
{{stub}}
[[श्रेणी:लोकसंस्कृति]]
३२,२५५

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/135328" बाट अनुप्रेषित