"नरसिंह" का संशोधनहरू बिचको अन्तर

सा maintenance, added uncategorised tag
पङ्क्ति ८:
भक्त प्रह्लाद दैत्य राज हिरण्य कशेपु जस्तो पाखण्डीका छोरा भएर पनि सानै उमेर देखी हरि भक्तीमा रुची राख्न थाले। यो देखेर दैत्यराज हिरण्य कशेपुले प्रह्लादलाई संसारको अधिपती आफु भएको र आफु भन्दा ठुलो कोही हरि नभएको कुरा सम्झाउन खोज्यो तर प्रह्लादले समुद्र न देखेको मानिसले कुवालाई नै ठुलो भन्छ तपाईँ त एक कुवाको भ्यागुता जस्तै कुरा गर्नु हुन्छ भनि उल्टो जवाफ दिए यो सुनेर हिरण्यकशेपु रिसाएर प्रह्लादलाई आफ्नो छोरो भएकाले मार्न सकिन्न यसलाई राक्षसी शिक्षाको कमी भयो भनेर गुरुकहाँ पढाउन पठायो तर प्रह्लाद त्यहाँ पनि पढाई छोडेर हरि भक्ती तिरै लागे गुरुले धेरै सम्झाए तर प्रह्लादले हरि भक्ती छोडेनन्। झनै त्यहाँ भएका अन्य दैत्य पुत्रहरुलाई हरि भक्तीमा लगाए। यो देखेर गुरुले पनि हार मानी दैत्य राज हिरण्यकशेपु कहाँ पठाई दिए। हिरण्यकशेपुले फेरी प्रहलादलाई सम्झाउने कोशिस गर्यो तर प्रह्लादले हरि भक्ती भन्दा ठुलो कोहि ज्ञान छैन भन्ने कुरा व्यक्त गरे। अब हिरण्यकशेपु साह्रै रिसाएर प्रह्लादका हात खुट्टा बाँधेर हातिहरुको बाटोमा छोड्न लगायो तर हातीहरुले प्रह्लादलाई देखेर कुचल्न सकेनन्। तब हिरण्य कशेपुले प्रह्लादलाई बाँधेर समुद्रमा बगाउन लगायो। प्रह्लादलाई सागरमा बगाईयो तर हरिकृपा, बिष्णु भगवान स्वयं आएर प्रह्लादलाई बचाए। प्रह्लादलाई ज्ञान दिएर भगवान अन्तर्ध्यान भए।
==हिरण्य कशेपु बध==
[[Image:Narasimha_oil_colourNarasimha oil colour.jpg|200px|thumb|नरसिँहावतार]]
 
केही दिनपछी हरि ज्ञान प्राप्त गरेर प्रह्लाद घर फर्किए। प्रह्लादलाई देखेर हिरण्यकशेपु फेरी प्रह्लादलाई सम्झाउन लाग्यो। तब प्रह्लादले हरि भन्दा ठुलो कोही नभएको र हरि सबै ठाउँमा रहेको कुरा दोहराए। रिसले चुर भएको हिरण्यकशेपुले "यदी तेरो हरी सबै ठाउँमा छ भने मेरो साम्ने हरिलाई देखा" भन्यो। तब प्रह्लादले हरिको ध्यान गर्दै बिष्णुको आवाहन गरे। केही छिनमै भगवान विष्णु खम्बाबाट नृसिँह अवतारमा प्रकट भए। यो देखेर हिरण्यकशेपुले खम्बालाई तरवारले काट्यो। तब भगवान नूसिँह पनि रिसाएर हिरण्यकशेपुलाई मार्न अघाडी सरे नृसिँह भगवानको आधा शरिर सिँहको र आधा शरिर मान्छेको थियो। यसो भएकाले उनी न जनावर थिए न मान्छे। जतिखेर हिरण्यकशेपुलाई मारियो त्यो समय संध्या समय थियो त्यो समयमा न त घाम थियो न रातको अँधेरो। तब सबै विधी मिलाएर भगवान नरसिँहले हिरण्य कशेपुलाई घरको वीच ढोकामा आफ्नो काखमाथी राखेर नँग्रा धसी मारे। ब्रह्माजीको सबै वाचा मिलाएर मारे पछि गएर नरसिँहको क्रोधले सारा संसार जल्न लाग्यो। नरसिँहको क्रोध शांत पार्न ब्रह्मा, शिव, लक्ष्मी आदी देवी देवताहरु आएर प्राथना गरे तर क्रोध झन बढ्दै गयो। अंतमा प्रह्लादले प्रार्थना गर्दा नरसिँहको कोप शांत भयो। प्रह्लाई ज्ञान दिएर नृसिँह भगवान अन्तर्ध्यान भए। प्रह्लादले पनि हरि भक्तीमा ध्यान दिएर राज पाठ सम्हाले। प्रह्लादलाई ज्ञान सिकाउनको निमित्त भगवान विष्णूले दत्तात्रय अवतार लिएका थिए। दत्तात्रयले पनि प्रह्लादलाई धेरै ज्ञान सिकाएका थिए।<ref>पृष्ठको सबै सामाग्री सुब्बा होमनाथ केदारनाथ कृत सुकसागरबाट लिएको</ref>
पङ्क्ति १९:
{{हिन्दू धर्म}}
 
{{Uncategorized|date=जुन २०११}}
 
[[bn:নৃসিংহ]]
Line ३१ ⟶ ३२:
[[id:Narasinga]]
[[it:Narasimha]]
[[ja:ナラシンハ]]
[[kn:ನರಸಿಂಹ]]
[[ml:നരസിംഹം]]
[[mr:नृसिंह]]
[[ms:Narasimha]]
[[new:नरसिंह]]
[[nl:Narasimha]]
[[new:नरसिंह]]
[[ja:ナラシンハ]]
[[pl:Narasinha]]
[[pt:Narasimha]]
"https://ne.wikipedia.org/wiki/नरसिंह" बाट अनुप्रेषित