"भोटेकोशी नदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
 
==भोटेकोसीमा बन्जी जम्प==
[[काठमाडौं]]बाट करिब तीन घण्टामा पुग्न सकिने भोटेकोसीमा बन्जी जम्पिङ गरेर, [[तिब्बत]]को सिमानामा रहेको [[तातोपानी]]मा नुहाएर एकै दिनमा काठमाडौं फर्कन सकिन्छ । बिहान सबेरै काठमाडौंबाट हिँड्यो भने करिब डेढ घण्टामा [[दोलालघाट]] पुग्न सकिन्छ । दोलालघाटबाट अरू डेढ घण्टामा [[बाह्रबीसे]] हुँदै भोटेकासी बन्जी जम्पमा पुग्न सकिन्छ । भोटेकोसीमा बन्जी जम्पको सम्पूर्ण व्यवस्था मिलाएको छ, द लास्ट रिसोर्टले । नेपालमा बन्जी जम्पिङको सुरुवात गर्ने उद्देश्यले यो रिसोर्टले सर्वप्रथम २०५८ सालमा उक्त नदीमा झोलुङ्गे पुलको निर्माण गरेको हो । करिब ४८ लाखको लागतमा निर्माण गरिएको भनिएको उक्त पुलले बन्जी जम्पिङ खेललाई नेपाल प्रवेश गराउन मद्दत मात्र गरेन स्थानीय बासिन्दाको जीवनस्तर उकास्न पनि महत्वपूर्ण काम गर्‍यो । करिब ६ घण्टा लाग्ने बाटोलाई १५ मिनेटमा छोट्याइदियो यो पुलले । पुलबाट करिब एक सय ६० मिटर तल बगिरहेको भोटेकोसीमा एक सय मिटरसम्म मात्र जम्प गराइन्छ । एकपटकको जम्पिङका लागि नेपालीलाई दुई हजार रूपैयाँ शुल्क लाग्छ भने विदेशी पर्यटकका लागि ६ हजार रूपैयाँसम्म लाग्छ ।<ref>{{cite web|url=http://www.onlinesahitya.com/magazine/readarticle.php?AID=2556|title=भोटेकोसी र बन्जी जम्पको रोमान्स | publisher='''onlinesahitya.com'''}}</ref>
 
 
"https://ne.wikipedia.org/wiki/भोटेकोशी_नदी" बाट अनुप्रेषित