"पेत्रा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५४:
लेखक तथा इतिहासकारहरुले पेत्रालाई तत्कालिन नबाताइन्स राज्यको राजधानी सहर तथा व्यापारिक केन्द्रको रूपमा परिचित गराएकाछन । अग्ला चट्टानहरूले घेरिएको तथा प्रसस्त पानीका मुहान भएको पेत्रा एक सुरक्षित किल्ला थियो । यतिमात्र नभएर पेत्रा, यही सहर भएर पश्चिममा गाजा, उत्तरमा बासरा र दमास्कस, लालसागर आसपासका अकाबा लगायतका क्षेत्रहरूमा तथा मरुभूमीपारि रहेको पर्सियन खाडीसम्म गरिने व्यापारिक कारोबारको केन्द्र पनि थियो ।
यो क्षेत्रमा गरिएका उत्खननबाट प्राप्त तथ्यहरूका अनुसार नबाताइन्सका बासिन्दाहरूको पानीको प्रवाहलाई नियन्त्रण गर्ने अद्भुत क्षमताले नै मरुभूमीमा कृतिम मरुद्यानको रूपमा यो सहरलाई स्थापित गराएको हो । पुरातात्विक अध्ययन तथा अनुसन्धानबाट पेत्राका बासिन्दाहरूले बाँध, नाली तथा पोखरीहरूको उपयोग गरेर यहाँ आउने आकस्मिक बाढी नियन्त्रण गर्ने गरेको तथ्य पत्तालागेको छ । पेत्राबासीहरू यही प्रविधिको प्रयोग गरी संकलन गरिएको पानी लामो खडेरीको समयमा प्रयोग गर्ने तथा मरुभूमीको यात्रामा रहेका व्यापारीहरूलाई बेचेर उपयोग गर्ने गर्दथे ।
प्राचिन समयमा मानिसहरू दक्षिण तर्फबाट जबाल हारुन(आरोनको पर्वत) वा उत्तर तर्फको उच्चसमस्थली हुँदै पेत्राको मैदानी भूभागसम्म पुग्नेगर्दथे । तर आजभोलि मानिसहरू पूर्वी बाटोको प्रयोग गर्ने गर्दछन । पेत्राको पूर्वी प्रवेश मार्ग पत्रेदार चट्टानमा दरार परेर प्राकृतिक रुपमा बनेको अँध्यारो र भिरालो खोंच हुदै गएको छ । सिक नामक उक्त खोंच ३ देखि ४ मिटर फराकिलो छ, जसले पानीको निकासको रूपमा समेत काम गरेको छ । यो खोंच हुदै गएको पानी वादी मुसा नामक खोलामानगरमा गएर मिसिनेप्रवेश गर्दछ । उक्त खोंचको अर्को छेउ पेत्राको अत्यन्तै कलात्मक भवन अल खज्नाहमा पुगेर खुल्छ । खजानागृहको नामले समेत चिनिने यो भवन पनि पत्रेदार चट्टानमा खोपेर बनाइएको हो ।
यो खजानागृहको केही पर पहाडको फेदीमा एउटा एन-नेज्र नामक भव्य रंगशाला छ । सकेसम्म वरिपरि रहेका धेरैभन्दा धेरै समाधिहरू देख्न सकिनेगरी यो रंगशालाको निर्माण गरिएको छ । यही स्थानबाट अरबाह उपत्यकाको समथर भूमी सुरुहुने भएकोले, यो स्थानबाट सहरका मनोरम दृष्यावलोकनगर्न सकिन्छ ।
 
"https://ne.wikipedia.org/wiki/पेत्रा" बाट अनुप्रेषित