"कोट" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: *शरीर को माथिल्लो भाग मा लगाईने बाक्लो कपडा को लुगा *सामरिक प्रय...
 
सा maintenance, added orphan, wikify tags
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
 
{{Orphan|date=जुन २०११}}
 
*शरीर को माथिल्लो भाग मा लगाईने बाक्लो कपडा को लुगा
 
*सामरिक प्रयोजन (सुरक्षा) निमित्त बनाइएको किला वा दुर्ग
 
संस्कृत शब्द 'कोट' का धेरै अर्थ बुझिन्छन् । तीमध्ये चुचुरोलाई बुझाउने 'कूट' शब्दबाट प्राकृत हुँदै 'कोट' शब्द आएको कुरा प्रा. बालकृष्ण पोखरेलबाट बताइएको छ । 'कोट' मूलतः राज्यको सीमा-सुरक्षानिमित्त बनाइएको किला वा दुर्ग हो । यसबाहेक उच्च चुचुरोमा रहेको स्थलविशेष पनि हो । जस्तो कि नेपालीमा कोटकी कालिका, कोटकी देवी-द्यौराली इत्यादि भन्ने चलन छदँैछ । त्यस्तै, राष्ट्रको सुरक्षाका लागि निर्मित किल्ला वा कोट अत्यावश्यक उपकरण हो । जसलाई 'दुर्ग' पनि भनिन्छ । 'दुर्ग' का किसिम वा प्रकार धेरै बताइएका छन् । विविध दुर्गहरूको चर्चा कौटलीय अर्थशास्त्र तथा मनुस्मृति आदिमा पाइन्छ । यहाँ वनदुर्ग, गिरिदुर्ग, मट्टीदुर्ग आदि मजबुत बनाइ राष्ट्रको सुरक्षा गर्नु, सहर बसाउनु इत्यादि भनिएको छ । साथै यिनमा गिरिदुर्ग, वनदुर्गको विशेष महत्त्व मानिएको पनि बुझिन्छ । राष्ट्रको सवलता र व्यवस्थित सुरक्षाको निम्ति लिच्छविकालमा कोट्ट -कोट) को रूपमा विभिन्न दुर्गस्थलहरू बनाइएको बुझिन्छन् । जसको व्यवस्थापन एवं संरक्षणनिम्ति 'कोट्टनायक' पद निर्धारण गरिएको पनि बुझिन्छ । लिच्छविकालिक अभिलेख प्राप्त कोट्ट -कोट) को अध्ययनबाट थाहा हुन्छ-त्यतिखेरका कतिपय कोटहरूको सीमा ठूलो बुझिन्थ्यो र त्यसको परिपालन, नीतिनियम निश्चित थियो । विस्तृत एरिया -क्षेत्र) लिएका ती कोटभित्र निर्धारित बस्ती बसाइएको पाइनुका साथै त्यहाँ खेतीपातीसमेत गरिन्थ्यो । अनि स्थिति बन्देजको मर्यादा कायम गर्न, व्यवस्थित नियम अपनाउन र नियम-व्यवहारमा ल्याउन 'कोट्टमर्यादा' कायम गरिएको बुझिन्थ्यो भन्ने कुरा धनबज्र बज्राचार्यले 'लिच्छविकालका अभिलेख' पुस्तकमा उल्लेख गरेका छन् ।
Line ८ ⟶ ११:
यसरी नेपाली जनजीवनमा 'कोट' -कोट्ट) को ऐतिहासिकता पुरानो देखा परे पनि यहाँ 'कोट' को विशेष चलन वा व्यवहारिक विकास बाइसे-चौबीसे राज्यकाल (१५ औं शताब्दीतिर) बाट हुन पुगेको देखिन्छ । यस समयमा तत्कालीन भुरे टाकुरे राजाहरू बैरीबाट संरक्षित हुन आफ्नो मूलथलो -राजधानी) का पहाडको समुचित टाकुरो छानी त्यहीं ठाउँ 'कोट' मा राजदरबार-गढी बनाउने परम्परा निकै चलेको, लोकपि्रय बनेको बुझिन्छ । फेरि कतैकतै मौसम अनुकूल वर्षे र हिउँदे अर्थात् गर्मी र जाडो समय मिलाई कोट र बेँसीमा राजदरबार पनि बन्न पुगे । यसप्रकार 'कोट' शब्दार्थको व्यवहारिकता विस्तारित हुँदै गयो र 'कोट' डाँडो वा पर्वतको चुचुरो भन्ने अर्थमा मात्र सीमित नभई नेपालका महत्त्वपूर्ण बस्तीहरूमा समेत जोडिन पुग्यो । -जस्तै : गल्कोट, चरिकोट, भीरकोट इत्यादि) । यसरी हेर्दा 'कोट' शब्द नेपाली लोकजीवनमा निकै जनपि्रय बनी प्रचलित हुनपुगेको यथार्थ अनुभूत हुन्छ ।
 
[[categoryश्रेणी:भाषा]]
[[categoryश्रेणी:भूगोल]]
"https://ne.wikipedia.org/wiki/कोट" बाट अनुप्रेषित