"भित्री मधेश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा Category Maintenance
पङ्क्ति १:
भित्री मधेस भनेको नेपालको पहाडी क्षेत्र र तराई क्षेत्रका बिच बिभिन्न ७ वटा [[उपत्यका]] हरूको समुह हो । यस समुहका उपत्यकालाई भित्री तराई अथवा भित्री तराईका उपत्यका समेत भनिन्छ, भित्री मधेस अथवा भित्री तराई भनिने [[उपत्यका]] हरू निम्न रहेका छन १. जोगबुढा (जोगबुढा उपत्यका) २.दाङ (बबइ उपत्यका)३.देउखुरी (पश्चिम राप्ती उपत्यका) ४. चितवन (नारायणी पुर्वी राप्ती उपत्यका) ५. माडी (चितवन रिउनदी उपत्यका)६. सिन्धुली (मरीनखोला उपत्यका) ७. उदयपुर (कमला त्रियुगा उपत्यका)। भित्री मधेस भनिने यि उपत्यकाहरू उत्तरमा माहाभारत पर्वतले पाहाडी क्षेत्र संग छुट्रएका छ भने तराइसंग चुरे पर्वतमालाले अलग बनाएको छ । क्षेत्रफलमा साना र ठुला रहेका यी उपत्यकाहरू पहाडी उपत्यका (काठमाण्डौ,पोखरा,सुर्खेत इत्यादी) भन्दा गर्मी रहेकाले हवापानीका लागी तराई क्षेत्रसंग केही समानता रहे तापनी अन्य कुराहरूमा पहडी क्षेत्रसंग बढी मेल खान्छ किनकी नेपालको धेरै ठांउमा यी उपत्यका पहाड र तराई बिचका सांघुपनी हुन।
 
 
== [[जोगबुढा उपत्यका]] ==
डडेल्धुरा जिल्लामा पर्ने जोगबुढा उपत्यकाको दक्षीणमा प्रसिध्द शुक्लाफांट बन्यजन्तु संरक्षण क्षेत्र रहेको छ भने जोगबुढा नदीले चिरेर गएको यो उपत्यका डडेल्धुरा जिल्लाको मुख्य अन्न भंडार हो । बिकासका दृष्टीले केही पछी परेको भए तापनी क्रमश बिकसीत हुदैछ । जोगबुढा नदी ले सिंचीत गरेको यो उपत्यकालाई जोगबुढा उपत्यका पनि भनिन्छ ।
== [[दाङ उपत्यका]] (बबइ उपत्यका) ==
दाङ उपत्यकाको मुख्य नदी बबइ हो र दाङको भुगोल बबइ उत्यका भनेर पनि चिनिन्छ । स्योर लगायतका अन्य साना ठुला खोला नदीहरू पनि यो उपत्यका मा प्रवाहीत हुदै वहने गर्दछन । दाङ जिल्लामा पर्ने यो सबै भन्दा ठुलो उपत्यका संपुर्ण राप्ती अन्चल कै अन्न भण्डारको रूपमा रहेको छ साथै दुई नगरपालीका ([[त्रिभुवननगर]] र [[तुल्सीपुर]]})रहेको यो उपत्यकामा बाणिज्य केन्द्रहरू समेत बिकास भइसकेका छन, खास गरी [[त्रिभुवननगर]] र तुल्सीपुरले राप्तीका संपुर्ण पहाडी क्षेत्रमा सामान पैठारी गर्दछन । नेपालको दोश्रो पुरानो महेन्द्र संस्कृत (हाल नेपाल संस्कृत वनाइएको) विश्वविद्यालय समेत यसै उपत्यकामा रहेको र महेन्द्र क्याम्पस [[त्रिभुवननगर]] तथा अन्य क्याम्पस तथा बिद्यालय समेत यस उपत्यकामा रहेका तथा जनरल तथा अन्य अस्पताल समेत रहेकाले यो उपत्याका पुरै राप्तीको पहाडी क्षेत्रको शिक्षा,श्वास्थ तथा वाणिज्य केन्द्र समेत हो ।
 
बिकससिल भएर पनि राप्ती अन्चल र पश्चिम नेपाल र राप्ती अन्चलको बिकसीत जिल्लाका रूपमा दाङलाई गनीन्छ । सडक यतायतमा दाङ उपत्यकालाइ देउखुरी उपत्यकामा पर्ने [[लमही]] बजार अवस्थीत महेन्द्र राजमार्ग संग एक पक्की सहायक राजर्मागले जोडदै त्रिभुवन नगर देखी तुल्सीपुर सम्म तथा बिचका अन्य ग्रामीण गांउ तथा बजारलाई यातयात सेवा गर्दछ । साथमा दाङ राप्ती अन्चलको पहडी क्षेत्रको पनि मुख्य ब्यावसायीक स्थल हो । रोल्पा,रूकुम, सल्यानसंग यस उपत्यकाका त्रिभुवन नगर र तुल्सीपुर नगरको कच्ची सडक मार्फत यातायात सम्पर्क रहेको छ त । त्यसै गरी त्रिभुवन नगर देखी सुर्खेतको बिरेन्द्रनगर सम्म अर्को सडक खनीएको छ भने तुल्सीपुर बाटै पनि एक कच्ची साहायक मार्गले उपत्यका बाहीर पश्चिमी खण्डको महेन्द्र राजमार्गसंग जोडदछ । स्थानीय सडकहरू कच्ची नै छन तर त्रिभुवन नगर क्षेत्रका केही सडक पिच गरिएका पनि छन ।
Line ४१ ⟶ ४०:
== [[उदयपुर]] (कमला उपत्यका) ==
कमला नदी सिंचीत यो उपत्यका को मुख्य नदी पनि कमला नै हो । तर त्रियुगा लगायतका अन्य नदीहरू पनि यहां प्रवाहीत छन । उत्तरमा माहाभारत तथा दक्षीणामा चुरे पाहाडको सबैभन्दा होचो खण्डले घेरीएको यो उपत्यका सगरमाथा र जनकपुर अन्चल तथा सिन्धुली र उदयपुर दुई जिल्लाको प्रशासनीक संरचना मा रहेको छ । सिन्धुली (कमलामाई) तथा गाइघाट (त्रियुगा) जस्ता नगरपालीका भएको यस उपत्यकामा कटारी घुर्मी , भिमान लगायतका बजार समेत छन । महेन्द्रराजमार्गको लाहानबाट गाइघाट हुदै माथी जाने निमार्णधीन सगरमाथा राजमार्गले तथा पश्चिम खन्डमा काठमाण्डौ जोडन बनाइदै गरेको वि. पि. कोइराला राजमार्ग (वर्दीवास धुलीखेलराजमार्ग) ले उपत्यकाको यातायत सुचारू छ । तर दुई महत्वपुर्ण नगरपालिका सिन्धुली माढी (कमलामाई) र गाइघाट (त्रियुगा ) जोडने पुरानो सडकमार्ग अझैपनी कच्ची नै रहेको छ । ६९,३४० जनसंख्या रहेको त्रियुगा नगरपालिका (गाइघाट) यो उपत्यका को सबैभन्दा ठुलो नगरहरु हो भने ३६,४४० जनसंख्या भएको सिन्धुलीमाढी (कमलामाई) दोश्रो ठुलो नगरपालिका हो । फलफुल तथा खेतीपातीको उत्पादनका लागी प्रसीद्व यो उपत्यका द्रुत गतीमा बिकास भइरहेको छ ।
 
 
 
{{नेपाल}}
 
[[Categoryश्रेणी:नेपाल]]
"https://ne.wikipedia.org/wiki/भित्री_मधेश" बाट अनुप्रेषित