"शङ्खेकिरा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा Category Maintenance
पङ्क्ति ६:
शंखेकीराहरू विविध किसिमका वातावरणमा पाइन्छन् । सीमसार क्षेत्रका दलदलहरू देखि मरुभूमि र समुन्द्रको पींधमा समेत यसको उपस्थिति छ । जमिनमा पाइने शंखेकीराहरूसंग धेरै मानिसहरू परिचित छन् तर वास्तवमा अन्य स्थानमा भन्दा जमिनमा पाइने शंखेकीराहरूको सङ्ख्या धेरै कम छ । शंखेकीराहरूको प्रजातिहरू मध्ये समुन्द्री शंखेकीराहरूले यसको अत्याधिक ठूलो सङ्ख्या ओगटेको छ । यसकासाथै शुद्दपानीमा पनि धेरै प्रकारका शंखेकीराहरू पाइन्छन् । हाल अस्तित्वमा रहेका मध्ये धेरै शंखेकीराहरू शाकाहारी हुन्छन् तर जमिनमा पाइने केही र समुन्द्रमा पाइने प्राय शंखेकीराहरू मांशहारी हुन्छन् ।
 
फोक्सोबाट सास फेर्ने शंखेकीराहरू पल्मोनाटा [[:en:Pulmonata|(Pulmonata)]] समुहमा पर्छन भने गील्सबाट स्वासप्रश्वास प्रकृया पूरागर्ने शंखेकीराहरू प्याराफाइलेटिक [[:en:paraphyletic|(Paraphyletic)]] समुहमा पर्दछन् । प्राय शंखेकीराहरूको हजारौं सुक्ष्म दॉतजस्तो देखिने अङ्गहरू हुन्छन् । यस्ता अङ्गहरू यीनीहरूको लामो र चेप्टो परेको जिभ्रोमा रहेका हुन्छन् जसलाई रेडुला [[:en:radula |(Radula)]] भनिन्छ । यो अङ्गको सहायताले शंखेकीराहरूले आफ्नो आहारलाई टुक्र्याउने गर्दछन् ।
 
[[Categoryश्रेणी:कीरा]]
"https://ne.wikipedia.org/wiki/शङ्खेकिरा" बाट अनुप्रेषित