"माचू पिचू" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २७:
इतिहासकार हीराम बिंह्यामले यस स्थानलाई इन्का समुदायले एक सुरक्षित वासस्थानको रूपमा प्रयोग गरेको तथ्य प्रस्तुत गरेका छन । उनका अनुसार माचू पिचू इन्का समुदायका 'Virgins of suns'को जन्मस्थल हो । पुरातत्वविदहरू जोन रोव र रिचर्ड बर्गरले गरेको एक अनुसन्धानले माचू पिचू इन्का सम्राट Pachacuti (१४३८-१४७२) को लागि निर्माण गरिएको हो भन्ने कुरामा विश्वका पुरातत्वविदहरुलाई विश्वस्त गरेको छ । अर्का अनुसन्धानकर्ता जोहन रेइनहार्डले उक्त स्थानको भौगोलिक अवस्थिति र त्यस क्षेत्रमा रहेका पहाडहरुका कारण नै माचू पिचूलाई इन्का समुदायले पवित्र स्थानको रूपमा चुनेको हुनसक्ने तथ्यहरु पेशगरेका छन । माचू पिचूबाट अन्तरीक्षमा हुने विभिन्न घटनाहरूको अवलोकन गर्न सहजहुने भएकोले पनि यो स्थान इन्का समुदायको लागि महत्वपूर्ण थियो ।
 
अर्का पुरातत्वविद जोहन रेइनहार्ड माचू पिचू इन्का समुदायको एक पवित्र धार्मिक स्थल थियो भन्ने विस्वास गर्छन । उनको सिद्धान्तले मुख्य रूपमा माचू पिचूको भौगोलिक अवस्थितिलाई जोड दिएको छ । उच्च पहाडी भूभागमा निर्माण गरिएको यो स्थान इन्का समुदायका लागि धार्मिक महत्व बोकेको पवित्र स्थल थियो त्यसैले उनिहरूले माचू पिचूलाई आफ्नो बासस्थान बनाए । रेइनहार्ड यसलाई "पवित्र भूगोल"को उपमा दिएकाछन । जुन पहाडको नामबाट माचू पिचूको नामाकारण गरियो त्यो पहाडमा निर्माण गरिएका संरचनाहरूमा इन्का समुदायका मानिसहरूले धार्मिक कार्यमा चढाएका सामाग्रीहरू गाडिएको अवस्थामा पाइएका छन । यस्ता संरचनाहरू अन्य प्रमाणित इन्का समुदायका धार्मिक स्थलहरूमा पनि पाइने तथ्य रेइनहार्डले अघिसारेका छन । यस क्षेत्रमा कुदिएका ढुंगाहरूमा पाइएका कलाकृतिहरू तथा गुप्त लिपीहरूको बारेमा तत्कालिन स्पेनिस घुसपैठीयाहरूले -यस्ता किसिमका भवनहरू धार्मिक महत्वका हुन भनी लेखेका पाइएको छ । रेइनहार्डले प्रसतुत गरेको यो तथ्य सबैभन्दा ठोस सबूत मान्न सकिन्छ किनकि वास्तव मै यस्ता कलाकृतिहरू अन्य धार्मिक स्थलहरूमा पनि पाइन्छन र यो स्वभाविक पनि हो कि धार्मिक महत्वका वस्तुहरू पवित्र स्थान मै राखिन्छन ।
 
प्रमाणित इन्का समुदायका धार्मिक स्थलहरूमा पनि पाइने तथ्य रेइनहार्डले अघिसारेका छन । यस क्षेत्रमा कुदिएका ढुंगाहरूमा पाइएका कलाकृतिहरू तथा गुप्त लिपीहरूको बारेमा तत्कालिन स्पेनिस घुसपैठीयाहरूले -यस्ता किसिमका भवनहरू धार्मिक महत्वका हुन भनी लेखेका पाइएको छ । रेइनहार्डले प्रसतुत गरेको यो तथ्य सबैभन्दा ठोस सबूत मान्न सकिन्छ किनकि वास्तव मै यस्ता कलाकृतिहरू अन्य धार्मिक स्थलहरूमा पनि पाइन्छन र यो स्वभाविक पनि हो कि धार्मिक महत्वका वस्तुहरू पवित्र स्थान मै राखिन्छन ।
 
एउटा अर्को सिद्धान्त अनुसार माचू पिचू इन्का समुदायको llaqta थियो, जुन तत्कालिन अवस्थामा विजय प्राप्त क्षेत्रहरु को अर्थव्यवस्थामा नियन्त्रण गर्न निर्माण गरिएको वस्ति थियो । त्यस्तै केही इतिहासकारहरू अझैसम्म पनि यो स्थान इन्का समुदायको बिरुद्ध जघन्य अपराध गर्ने अपराधिहरूको लागि एक जेलको रूपमा निर्मित गरिएको हुनसक्ने दावी गर्छन । एक वैकल्पिक सिद्धान्तले माचू पिचू एक कृषि परीक्षणस्थल थियो भन्ने तथ्यहरू समेत प्रस्तुत गरेको छ । उक्त स्थानमा सानो भूगोल भित्रनै गहरा निर्माण गरी विभिन्न अलग-अलग हावापानीमा हुर्कने बालीको परिक्षण सम्भव भएकोले इन्का समुदायले उक्तस्थानमा वस्ती
"https://ne.wikipedia.org/wiki/माचू_पिचू" बाट अनुप्रेषित