"धृष्टद्युम्न" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३९:
छैटौं दिनको युद्धमा भीम रथबाट झरेर शत्रु सेना भित्र प्रवेश गरे। भीमको रथमा [[भिम|भीम]]लाई नदेखेर धृष्टद्युम शङ्कित भए। कतै सारा [[कौरव]] एकैसाथ मिलेर भीमसेन माथि हमला गरे कि भन्ने डर उनलाई लाग्यो। यस्तो सोचेर पाण्डव सेनापति धृष्टद्युम्न पनि आफैं सेनाभित्र घुसे। केही पर शत्रुको समूहमा भीमसेन देखा परे। भीमसेनलाई हातमा गदा लिएर उभिरहेको उनले देखे। सारा शरीर घाउले छ्यापछ्यप्ती थियो। शत्रुदलको वीरहरूले भीमसेनलाई चारैतिर बाट घेरेर वाणको वर्षा गरिरहेका थिए। यस्तो देखेर धृष्टद्युम्नको हृदय अभिमान र श्रद्धाले पूर्ण भयो। उनले भीमलाई जोगाउँदै तानेर रथमा बसाले। दुर्योधनले आफ्ना सैनिकसँग भने-"द्रुपदकुमार र भीमसेन माथि जाइलाग। दुइटै बाँच्न नपाउन्।" आदेश सुन्नासाथ कयौं कौरव वीरहरू एकै साथ ती दुईमाथि जाइलागे। यस्तो देखेर धृष्टद्युम्नलाई सहिनसक्नु भयो। उनले कौरव माथि मोहनास्त्रको प्रयोग गरे। यसले गर्दा सबै अचेत भए। उनले मोहनास्त्रको प्रयोग द्रोणाचार्य सँग सिकेका थिए। यत्तिकैमा [[दुर्योधन]] त्यहाँ आइपुगे र मोहनास्त्रको प्रभाव हटाउने अस्त्र चलाई सेनालाई जगाए। कौरव सेनाले धृष्टद्युम्न माथि निकै जोरसँग आक्रमण गरे।
 
यसै समय अभिमन्यु आफ्नो सेनाका साथ धृष्टद्युम्नको मद्दतमा पुगे। मद्दत पाएपछि धृष्टद्युम्न अझै उत्साहका साथ लड्न थाले। यता भीम पनि विश्राम गरेर कैकेय राजको रथमा चढेर कौरव माथि भीषण प्रहार गर्न थाले। तर [[द्रोणाचार्य|द्रोण]]को पराक्रम अगाडि सबैको वीरता फिकाजस्तो देखिन्थ्यो। द्रोणले द्रुपदकुमारको सारथि र घोडाहरू मारिदिए। उनको रथ पनि चकनाचुर भयो। त्यसपछि धृष्टद्युम्न [[अभिमन्यु (अर्जुनपुत्र)|अभिमन्यु]]को रथमा गएर चढे र अविचलित भावले युद्ध जारी राखे। तर द्रोणले यस्तो उत्पात मच्चाए जसबाट पाण्डव्सेनाकोपाण्डवसेनाको अडान टुट्न गयो र उनीहरूको हृदय काँप्न गयो।
 
==मृत्यु==
"https://ne.wikipedia.org/wiki/धृष्टद्युम्न" बाट अनुप्रेषित