"जुका" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
 
पङ्क्ति १२:
==पानी जुका (२)==
[[File:Svømmende_blodigle.JPG|250px|thumb|पानी जुका]]
जुका [[:en:Annelida|एनिलिडा]] समुह अन्तर्गत पर्ने [[प्राणी]] हो। प्राय पहाडी भू-भागमा वर्षायाममा पाइने यो जुकालाई पानी जुकाको नाम दिएको पाइएता पनि यो जुका पानीमा बस्दैन पानीको आसपास भने बस्छ । यो जुका पनि पानीमा बस्ने पहाडी जुका जस्तै हुन्छ तर यो जुका टाउको र पुछर टेकेर खानाको खोजीमा एक ठाउँ देखि अर्को ठाउँमा विचरण गर्न सक्छ । यो जुकाले अन्य जीवहरूको बाहिरिए शरीरमा टाँसिएर रगत चुस्ने गर्छ । शरीर पानीले भिजेको छ अथवा चिसो छ भने शरीरमा जुकाको प्रवेश थाह पाउन आँखाले न देखे सम्म असम्भव हुन्छ । सुखेको ओबानो शरीरमा भने जुकाको प्रवेश स्पर्षबाट थाहा पाउन सकिन्छ । जीव जनावरहरू तथा मान्छेको आवात जावत गर्ने बाटोमा यो जुका आहाराको प्रतिक्षा गर्छ । कसैको आवागमनको चाल पाउने बित्तिकै छिटो छिटो शरीरमा टाँसीएर रगत चुस्न शुरू गर्छ । करिब आधा घण्टासम्म रगत चुसेर टन्न भुँडी भरेर झर्छ । जुका झरे पछि जुकाले खाएको भन्दा बढी रगत बगेर जान्छ । यो जुका पहाडी प्रदेशमा [[वैशाख|बैशाख]] देखि [[असोज]] सम्म देखिन्छ । त्यस पछि चिसो र सुखा याममा यो ढुङ्गामुनी अथवा कुनै पनि सेपीलो ठाउँमा बस्छ । भनिन्छ जुकालाई टोकाएर रक्त विकार (रगत खराबीको कारणले हुने) सम्बन्धीका रोगहरू निको बनाउन सकिन्छ । कोहि कोहिले सानो तिनो घाउ खटिरा भएर पाक्न थालेमा जुकालाई त्यो ठाउँमा टोकाउने गरेको देखिन्छ । जुकालाई काटेर जती टुक्रा बनायो त्यती नै जुका बन्दछन् भन्ने भनाई रहेको छ । यो जुकालाग्ने ठाउँमा जानुभन्दा पहिले खुट्टामा टिमुर, नुन, सुर्तीको पानी दलेर हिंड्यो भने जुका खुट्टामा टाँसिन सक्दैन ।
 
==पानी जुका (३)==
"https://ne.wikipedia.org/wiki/जुका" बाट अनुप्रेषित