"माधवकुमार नेपाल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २५:
|death_date =
|death_place =
|party = [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत-समाजवादी)|नेकपा एमाले (समाजवादी)]]
|alma_mater = [[त्रिभुवन विश्वविद्यालय]]
|religion = [[हिन्दू धर्म|हिन्दू]]
पङ्क्ति ४१:
तेह्र वर्षको उमेरदेखि नै राजनीतिमा लागेका नेपालले वि.सं. २०२६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता पाए। वि.सं. २०२८ सालमा सङ्गठन विस्तारका लागि [[काठमाडौँ]] आए। नेपाल सन् १९९३ देखि नेकपा (एमाले)का महासचिव भए। उनमा माथिल्लो सदन [[राष्ट्रिय सभा (नेपाल)|राष्ट्रिय सभा]]को प्रतिपक्षी दलको नेताको अनुभव पनि छ। उनी [[त्रिभुवन विश्वविद्यालय]]बाट वाणिज्यमा स्नातक हुन्। उनलाई [[नेपाली]], [[हिन्दी]] [[मैथिली भाषा|मैथिली]] र [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] भाषाको राम्रो ज्ञान छ।
 
सन् १९९१-९३ अवधिमा विभिन्न अन्तर्राष्ट्रिय गोष्ठी वा सम्मेलनमा नेपालले भाग लिएका थिए। सन् १९९० मा नेपाल [[संविधान सुधार सुझाव आयोग]]का सदस्य थिए भने त्यसपछिका २-३ वर्षमा [[राष्ट्रिय विकास परिषद्]] र [[राष्ट्रिय जलस्रोत विकास परिषद्को]] पदेन सदस्य भए। नेपाल सन् १९९३ मा नेकपा (एमाले)को विदेश मामिला विभागका प्रमुख थिए। त्यस्तै, केही वर्षअघि नेकपा (एमाले)ले स्थापना गरेको प्रथम संसदीय निर्वाचन समितिका संयोजक पनि भए। नेपाल सन् १९९० मा [[संयुक्त वाम मोर्चाको]] सदस्य र सन् १९९१ मा नेकपा (एमाले)को केन्द्रीय सङ्गठन समितिका [[पोलिटब्यूरो]] सदस्य थिए। सन् १९७८ मा उनी नेकपा (माले) का संस्थापक सदस्य र पोलिटब्यूरो सदस्य थिए। नेपाल सन् १९७६ मा राजनीतिक अभियोग-राजकाज अपराध ऐनअन्तर्गत दुई वर्ष कारावासमा परेका थिए। उनी सन् १९७५ मा समन्वय केन्द्रका संस्थापक सदस्य, १९७१-७४ अवधिमा नेपाल क्रान्तिकारी सङ्गठन (माले) मोरङको जिल्ला सदस्य र १९७० मा [[वीरगञ्जवीरगंज महानगरपालिका|वीरगञ्ज]] एस.टी.आर. कलेजमा स्वतन्त्र विद्यार्थी संघको विधान मस्यौदा समितिका सदस्य थिए।
 
==भ्रमण==