"कोहलपुर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा minor changes
सुधार गरियो
पङ्क्ति ४०:
'''कोहलपुर नगरपालिका''' [[बाँके जिल्ला]]मा पर्ने नगरपालिका हो । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा कोहलपुर र रझेना गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा कोहलपुर पनि नगरपालिका बनेको हो। यो सहर पूर्व-पश्चिम राजमार्गमा पर्ने नेपालको सबैभन्दा छिटो विकास हुने ठाउँहरू मध्ये एक हो। यस सहरकाे छिमेकी सहर नेपालगन्ज दक्षिणमा (१६ किमी), घोराही सहर पश्चिममा दाङ जिल्ला (१३५ किमी) र नेपालगन्ज देखि थप ६ किलोमिटर दक्षिणमा भारतीय सिमाना रहेकाे छ।
 
== '''स्थापना''' ==
विं. स. २०७१ वैशाख २५ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम औपचारिक रुपमा साविकको कोहलपुर गाविस र रझेना गाविस वि.सं. २०७१ ज्येष्ठ ७ का दिन गाभिएर यस कोहलपुर नगरपालिकाको स्थापना भएको हो । पछि समसेरगन्ज गाविसको केही भाग वि.सं. २०७३ मा कोहलपुर नगरपालिकामा समायोजन भएको हो ।
 
== '''जनसङ्ख्या र जनजाति समुदाय''' ==
कोहलपुर नगरप्रोफाइल-२०७४ मा दिइएको घरधुरी सर्वेक्षण, २०७३ को विवरण अनुसार कोहलपुर नगरपालिकामा कुल घरपरिवार १७,६८९ तथा कुल जनसङ्ख्या ८७,३०० रहेको छ । औसत जनसङ्ख्या वृद्धि दर ३.५३ प्रतिशत छ ।  जाति समुदायका आधारमा कोहलपुरमा कुल जनसङ्ख्यामध्ये पहाडी दलित (११ प्रतिशत), मधेसी दलित (२.२ प्रतिशत), पहाडी जनजाति तथा आदिबासी (९.८ प्रतिशत), मधेसी जनजाति तथा आदिबासी (२६.९ प्रतिशत), पहाडी ब्राम्हण/क्षेत्री/ ठकुरी/ सन्यासी (४३.६ प्रतिशत), मधेसी ब्रम्हण/  क्षत्री/ राजपुत (२ प्रतिशत), मुस्लिम (२.७ प्रतिशत), पहाडी अन्य(०.५ प्रतिशत), मधेसी अन्य (१.३ प्रतिशत) जाति लगायत खटिक, चिडीमार आदिजस्ता लोपान्मुख तथा सीमान्तकृत समुदायका मानिसहरु बसोबास गर्दछन् ।{{बाँके जिल्लाका स्थानीय तहहरू}}
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य कडीहरू==
 
[[श्रेणी:नेपालका नगरपालिकाहरू]]
[[श्रेणी:२०७१ वैशाख २५ मा घोषित नगरपालिकाहरू]]
[[श्रेणी:बाँके जिल्लाका ठाउँहरू]]
 
 
{{stub}}