"प्रकाश" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: प्रकाश एकप्रकारको शक्ति हो ।
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
प्रकाश एकप्रकारको शक्ति हो ।विकिरण को आखाले देख्न सकिने प्रभाग लाई प्रकाश भनिन्छ|
 
१९ औँ शताब्दीको सुरुसम्म प्रकाश एक रहस्य नै थियो । प्रकाशले गर्दा उज्यालो हुन्छ भनी सबैले बुझेका त थिए तर त्यसको गुण थाहा थिएन । प्रकाशको भेद खोल्न कयौँ परीक्षण गरियो । एक महत्वपूर्ण परीक्षण थोमस यङको थियो । यङले परीक्षणपछि भने- प्रकाशले कण सरह नभई तरङ सरह व्यवहार गर्छ तर तबसम्म पनि प्रकाशको गति पत्ता लागेको थिएन । सन् १८७८ मा भौतिकशास्त्री ए.ए. मिचेलसनले प्रकाशको गति मापन र प्रकाशको गति असीमित नभएको प्रमाणित गर्न एक परीक्षण गरे । उनी प्रकाशको गति मापन गर्न सकिने मान्यतामा थिए ।
 
[[File:EM spectrum.svg|thumb]]
 
जसका लागि उनले क्याम्पस नजिक पर्खालमा दुई वटा ऐनालाई केही दूरीमा एक अर्काको आमुन्नेसमुन्ने पर्ने गरी राखे । एक ऐनामा परेको प्रकाश परावर्तित भई अर्को ऐनामा पर्ने गरी सन्तुलन मिलाइएको थियो । दुबै ऐनाबीचको दूरी ६०५.४०२९ मिटर थियो । त्यसपछि मिचेल्सनले एक मेसिनद्वारा पहिलो ऐनालाई प्रतिसेकेन्ड २५६ पटकको दरले घुमाउन सुरु गरे भने अर्को ऐनालाई पहिले कै अवस्थामा स्थिर राखे ।
 
अब उनले एक लेन्सद्वारा स्थिर रहेको ऐनामा प्रकाश फोकस गरे र त्यहाँबाट परावर्तित भई प्रकाश घुमिरहेको ऐनामा ठोक्कियो । पहिलो ऐना जोरसँग घुमिरहेकोले थोरै मात्र प्रकाश परावर्तित भइरहेको थियो । मिचेल्सनले घुमिरहेको ऐनाले परावर्तित गरिरहेको प्रकाश मापन गर्दा ५.२३६ इन्च मात्र पाए । त्यसपछि उनले त्यस तथ्याङ्कको प्रयोग गरी प्रकाशको गति हिसाब गरे । मिचेल्सनले प्रकाशको गति एक लाख ८६ हजार ३८० माइल प्रतिसेकेन्ड हुन्छ भनेका थिए ।
 
आधुनिक उपकरणले प्रकाशको गति एक लाख ८६ हजार २८७.३९७ माइल प्रतिसकेन्ड मापन गरेको छ । यसरी हेर्दा मिचेल्सनको गणना लगभग सही थियो ।
 
[[en:Light]]
[[category:विज्ञान]]
"https://ne.wikipedia.org/wiki/प्रकाश" बाट अनुप्रेषित