"कम्प्युटर" का संशोधनहरू बिचको अन्तर

कम्प्युटरलाई नेपालीमा "सुसाङ्ख्य" भनिन्छ।
पङ्क्ति ४:
}}
 
'''कॉम्प्युटर''' एउटा प्रोग्रॅमेबल यन्त्र हो । कॉम्प्युटर शब्द लॅटिन शब्द '''Computare'''बाट आएको हो । जसको अर्थ गणना गर्नु हो ।कम्प्युटरलाई नेपालीमा "सुसाङ्ख्य" भनिन्छ। यन्त्रको बनावट लगातार र स्वचालित भई गणितिय अथवा तार्किक क्रमाङ्कहरूको कार्य पुरा गर्ने हुन्छ । निश्चित निर्देशनअनुसार कार्य सम्पादन गरी नतिजा प्रस्तुत गर्ने मानव निर्मित यन्त्रलाई कॉम्प्युटर भनिन्छ । जुन एउटा विधुतीय साधन हो । आज भन्दा करिब ६०/७० वर्ष पहिले हिसाब गर्ने यन्त्रलाई कॉम्प्युटर भन्न थालिएको थियो । सुरु सुरुमा कॉम्प्युटर भन्नाले एउटा साधारण हिसाब गर्ने विधुतीय यन्त्र भन्ने बुझिन्थ्यो । तर आज कम्प्युटर जुनसुकै पनि कार्य गर्न सक्ने शक्तिशाली साधन बन्न् पुगेको छ । विकासको लागि हरेक क्षेत्रमा कॉम्प्युटरको प्रयोग हुन थालेको छ । कुनै पनि क्रमाङ्कको कार्यलाई चाहे जति परिवर्तन गरेर कॉम्प्युटरलाई एक भन्दा धेरै समस्याहरू समाधान गर्न प्रयोग गर्न सकिन्छ। कम्प्युटरलाई (Common Operating Machine Purposely used for Technological and Educational research)व्याख्या गरेको पाइन्छ यो कम्प्युटरको पूरा रूप होइन कम्प्यूटर (Computer)आफैमा पूरा शब्द हो।
विशेष गरी कॉम्प्युटर दुई वटा तत्वहरू मिलेर बनेको हुन्छ । ती हुन् कॉम्प्युटर हार्डवेयर र कॉम्प्युटर सॉफ्टवेर । यी दुई बिच निकै घनिष्ठ सम्बन्ध रहेको हुन्छ । हार्डवेयर विना सॉफ्टवेरले केही काम गर्न सक्दैन र सॉफ्टवेर विना पनि हार्डवेयरले केही कार्य सञ्चालन गर्न सक्दैन । यी दुवै हार्डवेयर र सॉफ्टवेरको पुर्ण मिलन भएपछि मात्र कम्प्युटरले कार्य सञ्चालन गर्न सक्छ । त्यसैले यी दुई तत्वहरूलाई एकै सिक्काको दुई पाटोको रूपमा वर्णण गर्न सकिन्छ ।
 
"https://ne.wikipedia.org/wiki/कम्प्युटर" बाट अनुप्रेषित