"पद्म शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २६:
 
वि.स. २००२ मंसिर १४ गते [[जुद्ध शमशेर जङ्गबहादुर राणा|जुद्ध शमशेर]] आफूलाई राजर्षि संज्ञा दिँदै अर्गली लागेपछि पद्म शमशेर श्री ३ महाराज भए र नियम अनुसार [[सिंहदरबार]] सर्नुपर्थ्यो तर उनी सरेनन्। आफ्नै विशालनगर दरबारमा बसे।
 
== राज्याभिषेक ==
वि सं २००२ मार्ग ४ गते बृहद् भारदारी सभामा [[जुद्ध शमशेर जङ्गबहादुर राणा|जुद्ध शमशेर]]ले आफ्नै हातले श्रीपेच झिकी पद्मशमशेरलाई लगाइदिए। आफ्ना भतिज [[पद्म शमशेर जङ्गबहादुर राणा|पद्म शमशेर]]लाई श्री ३ बनाई [[जुद्ध शमशेर जङ्गबहादुर राणा|जुद्ध शमशेर]]आफू सन्यासी बनेर पाल्पाको रिडीमा बसे।
 
पद्मशमशेर श्री ३ महाराज भएको केही दिनमै, जुद्ध शमशेर [[रिडी]]तर्फ जान लाग्दा बाटोमै हुँदा काठमाडौंमा पद्मशमशेरले जनताको सामु ‘म राष्ट्र जनताको नोकर हुँ’ भने। पद्ममशेरले जनतासामु बोलेको यो शब्द निरङ्कुश शासकहरूको निमित्त ठूलो प्रहार थियो।
 
== कार्य ==
 
=== सडक ===
पद्म शमशेरले तराईमा पूर्व पश्चिमी सडक बनाउन लगाएका थिए। हुलाकीहरूको लागि छोटो र सजिलो बाटो बनाउन लगाएकाले यसलाई [[हुलाकी राजमार्ग]] भनिन्छ। यसलाई पद्मशमशेरले आगाडि बढएकाले पद्मरोड पनि भनिन्छ।
===शिक्षा===
* शिक्षण प्रतिष्ठानहरूको व्यवस्थापनका कमीकमजोरीलाई महसुस गरी पद्म शमशेरले पद्मोदय हाईस्कुल, [[पद्मकन्या बहुमुखी क्याम्पस|पद्म कन्या क्याम्पस]] तथा अन्य विद्यालयहरू खोलेर सञ्चालनमा सुधार गर्न लगाए। शिक्षकहरूलाई तालिमका लागि विदेश पठाउने कार्य गरेकाले पद्म शमशेर गुणात्मक शिक्षाको समर्थक थिए।<ref>[http://eadarsha.com/?article=%E0%A4%B6%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE-%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A5%87%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A4%BE-%E0%A4%95%E0%A4%B9%E0%A4%BF%E0%A4%B2%E0%A5%87-%E0%A4%A8 शिक्षा क्षेत्रमा कहिले नविसर्ने कार्य गर्नेहरू]</ref>
 
=== नगर निर्वाचन ===
* नेपालमा भएको पहिलो निर्वाचन राणाकालको अन्त्यमा भएको म्यूनिसिपल चुनाव हो। यो निर्वाचन राणा प्रधानमन्त्री पद्म सम्शेरले २००४ जेठ ३ गते गराएका थिए।<ref> {{cite book |author=<!--Staff writer(s); no by-line.--> |title=नेपालको निर्वाचन इतिहास |url= |location= |publisher=निर्वाचन आयोग नेपाल |page=८७१ |date=२०७४ |isbn=}}</ref>
===वैधानिक कानुन===