"नयनसिंह थापा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा Bishaldev100 (वार्तालाप)द्वारा Sarojbotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनोहरू: रोलब्याक फर्काई दियो मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १५:
}}
''जनरल काजी'' '''नैनसिंह थापा''' नेपाली सेनाको जनरल र [[थापा वंश]]का भारदार थिए। उनी प्रधानमन्त्री [[भीमसेन थापा]]का भाइ हुन्। उनी मुख्तियार [[माथवरसिंह थापा]], [[ललित त्रिपुरा सुन्दरी]], गणेश कुमारी([[जङ्गबहादुर राणा|जंगबहादुर राणा]]की आमा) र कर्णेल शेरजङ्ग थापाका पिता हुन्। उनका ससुरा [[कालु पाँडे]]का भाइ [[रणजीत पाँडे]] हुन्। उनले [[काठमाडौँ|काठमाडौं]]को [[थापाथली दरबार]] बनाएका हुन्।
 
वि.सं १८६४ मा [[नेपाल-शिख युद्ध|काँगडा किल्लाको युद्ध]]मा बडाकाजी [[अमरसिंह थापा|अमर सिंह थापा]]को सहमति बिना नयनसिंह थापाले मनमुखी भै आक्रमण गर्दा शत्रु सेनाको गोलि लागि वीरगति पाए।<ref>शमशेरबहादुर थापा , रणवीरसिंह थापा (ललितपुर:जगदम्बा प्रकाशन २०२३) पृ. १०८।</ref><ref>{{cite book|title=[[नेपालको तथ्य इतिहास]]|author=[[राजाराम सुवेदी]]|page=२२२|date=२०६१|publisher=साझा प्रकाशन|isbn=99933-2-406-X|url=}}</ref>
 
उनी नेपालको पश्चिम किल्लामा एकीकरणका क्रममा लड्दा गोली लागि मृत्युभएको थियो।
 
== काँगडा अभियान ==
काँगडा अभियानका क्रममा काजी नयनसिंह थापार सुरदत्त शाही नयाँ [[श्रीनाथ गण|श्रीनाथ]], वज्रवानी र रणभीम पल्टन लिएर त्यसतर्फ प्रस्थान गरेका थिए। त्यति वेला त्यसतर्फका राजा रामशरणले १० हजारको सङ्ख्यामा फौज तैनाथ गराएर हन्डुरको बाटो बन्द गरिदिएका थिए। त्यो बाटो खुलाउन काँगडाबाट [[हस्तदल शाही]], सरदार अङ्गद (घले)का साथ १० कम्पनी लिएर हन्डुर आई काजी जसपाउ सिंह थापाले युद्ध लडेका थिए। त्यहाँबाट शत्रुलाई संहार गरी बाटो साफ गरेर उनी काँगडा फर्केका थिए।
 
त्यसपछि उनी बडाकाजी अमरसिंह थापाका साथ जालन्धरको बाटो भई सुमेरुगढ आक्रमण गर्न अघि बढेका थिए। काजी नयनसिंह थापा भने भगवानपुरको बाटो भई माल काँगडा आक्रमण गर्न निस्के। तर, उनलाई शत्रुपक्षले हानेको गोली लाग्यो। त्यस युद्धमा चार सय नेपाली सैनिक हताहत भए। गोली लागेको केही दिनपछि नयनसिंह थापाको पनि मृत्यु भयो। तर, नेपाली फौजले काँगडा किल्ला घेर्न छाडेन। ५ हजारको फौज सहित बडाकाजी अमरसिंह र सरदार रणजित कुँवरको साथमा काँगडा किल्ला घेर्नेमध्येका एक सैन्यनायक जसपाउ थापा पनि थिए। त्यहाँको युद्धमा उनको नेतृत्वमा ५ सय शिख सेनाको संहार भएको थियो। <ref name="net">{{cite news|url=https://www.himalkhabar.com/news/126793|title=संसारलाई ‘नेपाली वीरता’ चिनाउने ती मगरहरू|last=दिक्पाल|first=राजकुमार|date=१३ मंसिर, २०७८|work=हिमालखबर|access-date=वैशाख १४, २०७९|archive-url=|archive-date=|url-status=live}}</ref>
 
[[File:Nain Singh Thapa dead.jpg|thumb |नैनसिंह थापाको मृत्युपश्चात नेपाली सैनिक र भारदारहरू भेला भएको; कलाकार मौला रामद्वारा चित्रसहित कविता लेखिएको]]
 
"https://ne.wikipedia.org/wiki/नयनसिंह_थापा" बाट अनुप्रेषित