"होमियोप्याथी चिकित्सा पद्धती" का संशोधनहरू बिचको अन्तर

शीघ्र मेटाउन अनुरोध गरिँदै (शीमे सा६)। (ट्विङ्कल)
कुनै सम्पादन सारांश छैन
 
पङ्क्ति १:
{{db-copypaste|sourcepage=https://ekantipur.com/health/2017/02/28/20170228165814.html}}
[[चित्र:Hahnemann.jpg|alt=Samuel Hahnemann|thumb|डा. क्रिश्चियन फ्रेडरिक श्यामुएल हनिम्यान]]
 
 
'''होमियोप्याथिक चिकित्सा प्रणाली''' विश्वका चिकित्सा प्रणालीहरु मध्ये एक पद्धती हो । सन् १७९६ मा [[जर्मनी]]का '''डा. क्रिश्चियन फ्रेडरिक श्यामुएल हनिम्यान'''ले प्रतिपादन गरेपछि होमियोप्याथिक उपचार पद्धती संसारभर प्रचलनमा आएको हो । डा. हनिम्यानको जन्म जयन्ती १० अप्रिललाई विशेष उत्सवको रूपमा विश्व होमियोप्याथिक दिवस मनाइने गरिएको छ ।
'''होमियोप्याथी''' एक [[छद्म विज्ञान|छद्म-वैज्ञानिक]] चिकित्सा पद्धति हो।<ref name="Tuomela">{{Cite book|title=Rational Changes in Science: Essays on Scientific Reasoning|last=Tuomela, R|publisher=Springer|year=1987|isbn=978-94-010-8181-8|veditors=Pitt JC, Marcello P|series=Boston Studies in the Philosophy of Science|volume=98|pages=83–101|chapter=Chapter 4: Science, Protoscience, and Pseudoscience|doi=10.1007/978-94-009-3779-6_4|author-link=Raimo Tuomela}}</ref><ref name="Smith2012">{{Cite journal|last=Smith K|year=2012|title=Homeopathy is Unscientific and Unethical|journal=Bioethics|volume=26|issue=9|pages=508–12|doi=10.1111/j.1467-8519.2011.01956.x}}</ref><ref name="Ladyman">{{Cite book|title=Philosophy of Pseudoscience: Reconsidering the Demarcation Problem|last=Ladyman J|publisher=University of Chicago Press|year=2013|isbn=978-0-226-05196-3|veditors=Pigliucci M, Boudry M|pages=48–49|chapter=Chapter 3: Towards a Demarcation of Science from Pseudoscience|quote=Yet homeopathy is a paradigmatic example of pseudoscience. It is neither simply bad science nor science fraud, but rather profoundly departs from scientific method and theories while being described as scientific by some of its adherents (often sincerely).}}</ref><ref name="Baran2014">{{Cite book|title=Chapter 2: Science, Pseudoscience, and Not Science: How Do They Differ?|vauthors=Baran GR, Kiana MF, Samuel SP|work=Healthcare and Biomedical Technology in the 21st Century|publisher=Springer|year=2014|isbn=978-1-4614-8540-7|pages=19–57|chapter=Science, Pseudoscience, and Not Science: How Do They Differ?|doi=10.1007/978-1-4614-8541-4_2|quote=within the traditional medical community it is considered to be quackery}}</ref> होम्‍योपैथी चिकित्‍सा छद्म-विज्ञानको जन्‍मदाता [[जर्मनी]]का '''डा. क्रिश्चियन फ्रेडरिक श्यामुएल हनिम्यान''' हुन्। यो चिकित्सा कथित रूपमा 'समरूपताको सिंद्धात' माथि आधारित छ जसअनुसार औषधिहरू ती रोग संग मिल्दो जुल्दो रोगलाई हटाउन सक्छन्, जसले तीनलाई उत्पन्न गर्छ।{{cn}}
 
'''होमियोप्याथिक चिकित्सा प्रणाली''' विश्वका चिकित्सा प्रणालीहरु मध्ये एक पद्धती हो । सन् १७९६ मा [[जर्मनी]]का '''डा. क्रिश्चियन फ्रेडरिक श्यामुएल हनिम्यान'''ले प्रतिपादन गरेपछि होमियोप्याथिक उपचार पद्धती संसारभर प्रचलनमा आएको हो । डा. हनिम्यानको जन्म जयन्ती १० अप्रिललाई विशेष उत्सवको रूपमा विश्व होमियोप्याथिक दिवस मनाइने गरिएको छ ।
 
विशेषगरी दीर्घ रोगको उपचारमा यो पद्धती लाभदायक हुने चिकित्सकहरु बताउँछन् । होमियोप्याथिक उपचार जर्मनीबाट सुरु भई ब्रिटेन, फ्रान्स हुँदै भारतमा आएको थियो । त्यसपछि भारत हुँदै पाकिस्तान, बङ्गलादेश, श्रीलका र नेपाल भित्रिएको हो । नेपालमा यो पद्धती राणाकाल मै भित्रिए पनि सरकारी स्तरमा वि स. २०१० मा मात्र सुरुवात भएको हो । होमियोप्याथिक उपचार पद्धती अनुसार छाला, ग्यास्ट्रिक, दम, एलर्जी, पाइल्स पत्थरी, पिनास, बाथ र हातखुट्टा पोल्ने र झमझमाउने जस्ता रोगको प्रभावकारी उपचार हुने एकमात्र सरकारी स्वामित्वको पशुपति होमियोप्याथिक चिकित्सालयका डा. प्रेमनारायण श्रीवास्तबले बताए । होमियोप्याथिक चिकित्सामा आकस्मिक सेवाभन्दा पूरानो अर्थात दीर्घ रोगको उपचार हुने गर्छ ।<ref>https://www.hamrodoctornews.com/detail/392</ref>
 
== शब्द युत्पत्ति ==
== होमियोप्याथी भनेको केहो ? ==
होमियोप्याथी शब्द युनानि भाषाको दुई शब्दहरु (Homois) यानि सदृश्य (similar) र पैथोज (pathos) अर्थात रोग (suffering) मिलेर बनेको हो । यसको अर्थ हो सदृश रोग चिकित्सा । जस अनुसार जुन औषधीय पदार्थ एउटा स्वस्थ्य मानिसमा प्रयोग गर्नले जुन प्रकारको रोगका लक्षणहरु उत्पन्न हुन्छ । उही औषधिले त्यस्तै प्रकारका लक्षण युक्त भएका रोगीलाई सुक्ष्म रूपमा सेवन गराउनले आरोग्य प्रदान गर्दछ । यस चिकित्सा विज्ञानको जन्मदाता डा. हैनिमैन एम.डी. (१७५५-१८४३) हुन् । सन १८०५ मा हैनिमैनले यस सिद्धान्तको खोज गरे र १८९० तिर यसलाई प्रतिपादित गरे । यो प्रकृतिक सिद्धान्त “समानताले समानताको उपचार” मा आधारित छ । चिकित्सा विज्ञानको रूपमा आज संसारको प्रत्येक मुलुकमा पुगिसकेको छ। [[विश्व स्वास्थ्य सङ्गठन|विश्व स्वास्थ्य सगंठन]] (डब्लु.एच.ओ.) को एक सर्बेक्षण अनुसार एलोप्याथी पछि को दोश्रो चिकित्सा पद्धति होमियोप्याथी हो ।
 
{{db-copypaste|sourcepage=।<ref>https://ekantipurwww.kantipurdaily.com/health/2017/02/28/20170228165814.html}}</ref>
== औषधिहरु कसरी बनाइन्छ? ==
होमियोप्याथिक चिकित्सामा प्राय गरेर उहि औषधिहरूको प्रयोग गरिन्छ । जुन एलोप्याथी, आयुर्वेदिक तथा युनानी चिकित्सा प्रणाली अन्तर्गत प्रयोगमा ल्याईन्छ । फरक यति मात्र छ कि अन्य उपरोक्त चिकित्सा पद्धतिमा औषधिको प्रयोग स्थुलरुप (क्रुडफर्म) मा गरिन्छ भने होमियोप्याथीमा औषधिको प्रयोग अत्यन्त सुक्ष्मरूपमा गरिन्छ। यि चिकित्सा विधिहरूमा वनस्पति, खनिज पदार्थ, पशुहरु तथा रोगजन्य विषबाट तयार गरिएका औषधिहरु प्रयोगमा ल्याईन्छ । यसकारण मुलरूपमा हेर्ने हो भने यि सबै एकै हुन् । तर, औषधि निर्माणको प्रकृयामा भने फरक पर्न जान्छ । होमियोप्याथीमा प्रयोग हुने औषधिहरूको परीक्षण स्वस्थ ब्यक्तिहरूमा गरिएको हुन्छ । जनावर या रोगीहरूमा गरिएको हुँदैन । यसको औषधिको कुनै प्रकारको दुष्प्रभाव (साईड-ईफेक्ट) छैन ।
 
== औषधिले कसरी काम गर्दछ ? ==
होमियोप्याथिक औषधिले हामीभित्र अवस्थित रहेको (डिफेन्समेकानिजम् ) लाई एक्साईट गरी स्वउपचार प्रकृयालाई क्रियाशिल बनाई रोगबाट मुक्तिको पथमा लम्कन सहयोग गर्दछ ।
एकलऔषधि: होमियोप्याथीमा रोगीलाई उसको रोग निदान पश्चात एक समयमा एउटा मात्र औषधि दिने प्रावधान रहिआएकोछ । हैनिमैनले आफ्नो अनुभवको आधारमा एक पटकमा एउटाऔषधि दिने विधान निश्चित गरेका थिए। तर, अहिले आएर यसमा पनि पर्याप्त परिवर्तन भईसकेको छ । होमियोप्याथिक चिकित्सकहरु मध्ये केहि त हैनिमैनले देखाएको बाटोमा हिडिरहेका छन् भने केहिले आफ्नो स्वतन्त्र मार्ग निश्चित गरेका छन् । एक पटकमा आफ्ना रोगीलाई ५-७ वटा औषधिहरूको सेवन गर्न दिने पनि गरिन्छ । जुन होमियोप्याथिक को सिद्धान्त (भावना) विपरित हो ।
 
== औषधिको न्यून मात्रा ==
होमियोप्याथी चिकित्सा विज्ञानको आधारमा रोगीलाई उसको रोग निदान पश्चात दिइने औषधिको मात्रा अति न्यून हुनुपर्छ । ताकि औषधिको कुनै दुष परिणाम नदेखियोस । होमियोप्याथि यस्तो ऊपचार पद्धतीहो जसमा निकै कम औषधिको प्रयोग पश्चात शरीर भित्रै रहेको स्वउपचार प्रकृयालाई क्रियाशिल बनाईन्छ र रोगबाट मुक्तिको प्रयास गरिन्छ। रोगीलाई कुनै प्रकारको शारीरिक एवं मानसिक कष्ट नदिईकन प्राकृतिक रूपले रोगबाट मुक्तगरी उसलाई स्वस्थ बनाउँछ ।
 
व्यक्तिपरक चिकित्सा: खास कुरो होमियोप्याथीमा रोगको नामले उपचार गरिंदैन । रोगबाट ग्रस्त ब्यक्तिको मानसिक एवं शारीरिक तथा भावनात्मक आदि सबै पक्षको उपचार गर्दछ । जस्तै- निमोनियाँ का पाँचजना रोगिहरु को होमियोप्याथीमा एऊटै औषधिले ऊपचार गरिदैन। समष्टिगत लक्षणकोआधारमा यि पाचैजना रोगिहरूलाई भिन्ना-भिन्नै औषधिहरूको व्यवस्था गरिन्छ। किनभने होमियोप्याथीको मुल सिद्धान्त "रोगीको उपचार गर रोगको होईन” भन्ने हो । त्यसैले होमियोप्याथीमा कुनै रोगको नामको आधारमा भन्दा पनि रोगीको समष्टिगत लक्षणको आधारमा नै औषधिको व्यवस्था हुन्छ ।
 
== औषधिको छनौट ==
[[एलोप्याथी]]मा प्रत्येक रोगको केहि निश्चितऔषधिहरु छन् । तर, होमियोप्याथिक चिकित्सा प्रणालीमा यस्तो छैन । लक्षण समष्टिगतको आधारमा उपयुक्त औषधिको छनौट गरी रोगीलाई दिईनाले मात्र रोगी ठिक हुन्छ नत्र हुँदैन । होमियोप्याथिक चिकित्सामा एकल औषधिको चयन गर्नु एउटा कठिन कार्य हो । किनभने यस चिकित्सा प्रणालीमा कुनै निश्चित रोगको [[पेटेन्ट|पेटेण्ट]] औषधि हुँदैन नत सब्सिच्युट अर्थात एउटाऔषधिको अभावमा अर्को औषधि दिने चलन नै छ । औषधि दिंदा रोगीको विभिन्न पक्षहरूको अध्य्यन गरी एक पटकमा एउटा औषधिको छनौट गरिन्छ ।
 
होमियोप्याथी बारे भ्रम: होमियोप्याथी औषधि सेवन गर्दा एलोप्याथी औषधिको व्यवहार गर्नु हुँदैन । यो कुरा बिल्कुलै गलत हो । यदि कुनै रोगी लामो समयदेखि एलोप्याथिक औषधिको नियमित सेवन गरिरहेका छन् । विशेष गरेर दम, हाईब्लडप्रेसर, मधुमेह, छारेरोग, डिप्रेसन, थायराइडस्को औषधी दिइरहेका छन् भने त्यस्ता बिरामीले आफुले सेवन गर्दै गरेकोऔषधि तुरन्तै बन्द गर्नु हुँदैन । औषधि बन्द गर्नले रोगको लक्षण बढ्न सक्छ । राम्रो के हुन्छ भने, रोगमा सुधारको क्रम आरम्भ भएपछि विस्तारै एलोप्याथिक वा अन्य औषधिको सेवन आफ्नो चिकित्सकको सल्लाह अनुसार कम गर्दै जान सकिन्छ । एलोप्याथिक औषधि र होमियोप्याथिकको वीचमा एक-आधा घन्टाको फरक राखेर औषधिको सेवन गर्न सकिन्छ ।
 
=== रोगलाई बढाउँछ ===
होमियोप्याथिक औषधिहरु रोगीको लक्षणको सामान्ताको आधारमा दिईन्छ । औषधिको सेवन पश्चात पहिलो प्रभाव रोगीलाई उसको रोग बढेको अनुभव हुन सक्छ। तर, वास्तवमा यो होमियोप्याथीको (एग्राभेशन) हो । यस किसिमको रोग बृद्धि प्राय छाला सम्बन्धि रोगहरूमा देखिन्छ । जुन उपचारात्मक प्रकृयाको अंश हो । जो केहि समय पश्चात आफै साम्य भएर जान्छ । सबै किसिमको रोगमा भने होईन ।
 
=== केटा-केटीहरूको औषधि ===
होमियोप्याथिक औषधिहरु बाल, बृद्ध, युवा तथा गर्भवति महिला लगायत सबै उमेरका बिरामीको लागि सामान्यरूपले प्रभावकारी छ । केटा-केटीहरूलाई यदि सुरुबाट नै होमियोप्याथीमा उपचार गराइरहेको छभने उसको रोग त निको हुन्छ नै । साथमा उसको शरीरको रोग प्रतिरोधात्मक क्षमतामा पनि बृद्धि हुन्छ । यसरी स्वस्थ्य पीढिको विकाश तथा निर्माणमा समेत होमियोप्याथी चिकित्साले सहयोग पुर्याउछ।
 
=== विस्तारै काम गर्छ ===
औषधिको ढिलो वा चाँडो प्रभाव रोगकोअवस्था र रोगीको स्थितिमा भर पर्दछ। के रोग एक्युट हो या दिर्घकालिन । एक्युट डिजिज हालसालै उत्पन्न हुन्छ । जस्तै रुघा लाग्नु, ज्वरो आउनु, टाउको दुख्नु आदि । यि रोगहरु तिब्र गतिले बढ्द छन् । यदि समयमै सहि औषधि रोगीलाई दिईयोभने चाँडै नै परिणाम देखिन्छ । दिर्घकालिन रोग यस्ता रोगहरु हुन् जसको लामो ईतिहास हुन्छ। जस्तै, दम, ब्रोंकईटीस्, छालाको रोग, अर्थराईटीस्, आदि जो अन्य चिकित्साद्वारा निरन्तर दबाउने कार्य हुन्छ। यसप्रकारको क्रोनिक डिजिज ठिक हुनमा निश्चितरूपले केहि समय लाग्छ । यो रोगको जटिलता अवधि र लक्षण सप्रेशनको कारणले गर्दा हुने हो । उपचारमा बढिसमय लाग्दछ, नकि होमियोप्याथिक औषधिको बिस्तारै प्रभावको कारणले ।
 
== ल्याब टेष्टको आवश्यकता पर्दैन ==
रोगको निदान गर्नलाई प्याथोलोजिकल परीक्षण आवश्यक हुन्छ। होमियोप्याथीमा पनि रोगको उपेक्षा गरिंदैन । तर, प्याथोलोजिकल रिपोर्टको अध्य्यन सबै रोगको लागि आवश्यक पर्दैन । यदि रोगको अवस्था अनुसार आवश्यक पर्यो भने मात्र ल्याब टेष्ट गराईन्छ । यसबाट रोगीको समुचित ब्यवस्था मिलाउन, भाबिफल (prognosis) थाहा पाउन र बिरामीको फल्लोअपमा पनि मद्दत गर्दछ ।
 
== सबै औषधिहरु उस्तै हुन्छन् ==
होमियोप्याथिकमा औषधिहरूको एउटै किसिमको आकार-प्रकार देखेर शिक्षित व्यक्तिहरु पनि भ्रममा पर्छन् कि कुनैपनि रोगको लागि एकै प्रकारको (सेतोदाना) औषधिको रूपमा सबै रोगीलाई दिइन्छ । तर, वास्तवमा दाना (ग्लोबुल्स) स्वयंमा कुनै औषधि होईन । रोगीको शरीरमा औषधि पुर्याउने एउटा माध्यम मात्र हो । होमियोप्याथीमा तयार भएका औषधिहरु (लिक्विड) डाईल्युशन सबै एकै नासको देखिन्छ । तर, यि औषधिहरूको काम भने अलग अलग हुन्छन् । भौतिक रूपमा समान देखिएता पनि त्यस औषधिको प्रभाव एकैनास हुन्छ भन्नेकुनै जरुरी छैन। जस्तै, बसपार्कमा देखिने सबै यात्रुबस एकैठाउँमा जादैनन् । सबैको आ-आफ्नो गन्तब्यस्थान र छुटने समय बेग्ला बेग्लै हुन्छ।
 
== लसुन, प्याज, चिया, कफि, पानको प्रयोग गर्नु हुँदैन ==
यि सब कुरा गलत हुन् । यि चिजहरूको प्रयोगले औषधिको प्रभावकारितामा कुनै असर पार्दैन । होमियोप्याथिक औषधिले चिया, कफि, पान, खैनी, गुट्खा खाने आदत भएका रोगीहरूमा पनि उतिकै काम गर्दछ, जति धुम्रपान नगर्ने मानिसमा काम गर्दछ । तर, केम्फर (कपुर) पिपरमिन्ट तथा कालो कफिको प्रयोग भने उपचारको क्रममा गर्नुहुदैन । यसले होमियोप्याथिक औषधिहरूको प्रभावलाई मात्र होईन कि अन्य औषधिहरूको प्रभाव लाई समेत नष्ट गरिदिन्छ ।
 
== योग्यता ==
होमियोप्याथी एउटा अन्य रेगुलर मेडिकल कोर्ष जस्तै हो । यसमा पनि साढे पाँच वर्षको मेडिकल पढाई हुन्छ । जसमा एक वर्ष इन्टर्नशिप (ब्यवहारिकज्ञान) अनिवार्यरूपले गराईन्छ । विश्वविद्यालयको निर्धारित पाठ्यक्रम अनुसार एनाटोमी, फिजियोलोजी, मेटेरियामेडिका, अर्गेनन्, रिपर्टरी, पेथोलोजी, जुरिसपुडेन्स, सर्जरी, प्राक्टिस अफ मेडिसन, स्त्रीरोग तथा प्रसुति विज्ञान, मनोविज्ञान, माईक्रोबाईलोजी आदि पढ्नु पर्ने हुन्छ ।
 
== प्रवेशको लागि अनिवार्य योग्यता ==
आईएस्सी‌ (बायोलोजी) हुनुपर्छ। छिमेकी मुलुक भारतको कयौ विश्वविद्यालयमा ब्याचलर अफ होमियोप्याथी मेडिसिन एन्ड सर्जरी (डिग्रि) कोर्षको पढाइ हुन्छ । यस बाहेक पोष्ट ग्रेजुयशन (एमडी) कोर्षको पनि पढाई हुन्छ । जसको अवधि तीन वर्षको हुन्छ । जो भारतको केहि युनिभर्सिटीहरूमात्र उपल्ब्धछ ।
 
अस्तु।<ref>https://www.kantipurdaily.com/health/2017/02/28/20170228165814.html</ref>
 
==सन्दर्भ सामग्रीहरू==