"छाउपडी" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुर...
(कुनै भिन्नता छैन)

१४:०३, ३ अप्रिल २००७ जस्तै गरी पुनरावलोकन

सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुराका ग्रामीण क्षेत्रमा महिलाहरूले रजस्वला र सुत्केरी भएका बेला घरका कुनैपनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायम छ। त्यसैले यस्तो बेलामा सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा केहीपर बनाइएको झुपडीमा बस्न लगाइन्छ। यस्तो गोठलाई 'छाउपडी कुडी'भनिन्छ। छाउपडी बस्ने महिलाले दहीदूध खाएमा र घर तथा भाँडाकुडा छोएमा देउता रिसाउँछन् भन्ने जस्तो अन्धविश्वास रहेको छ । सुत्केरी तथा रजश्वला भएकी नारीलाई झन सफा राख्नुपर्ने तथा प्रशस्त पोषिलो आहार खुवाई आराम गराउनु पर्ने अवस्थामा शिक्षित, सम्पन्न र सभ्य भनिने घरका छोरी, बुहारी समेत रजस्वला हुँदा घरका गाई-भैँसीको दूध खाँदैनन् । यस्तो बेलामा घरमा पालेको गाई-भैँसी को दूध खाए तिनले दूध दिन छोड्छन् भन्ने अन्धविश्वास छ। अहिले भने छाउपडी प्रथा अन्त्य गर्नका लागि विभिन्न सामाजिक संघ/संस्थाहरू आन्दोलनमा उत्रेका छन्।