"कम्प्युटर" का संशोधनहरू बिचको अन्तर

अङ्कगणीत वा लजिक सम्बन्धी साधारण क्रियाकलापका लागि सामान्य उपकरण
Content deleted Content added
कम्प्युटरको आविष्कारले मानिसलाई हरेक कुरामा सहयोग पुर्‍याएको छ। कम्प्युटर एउटा अति नै उपयो
(कुनै भिन्नता छैन)

१३:१८, ३ अप्रिल २००७ जस्तै गरी पुनरावलोकन

कम्प्युटर के हो – कम्प्युटर एउटा अति नै उपयोगी विद्यूतीय उपकरण हो जसले छिटोछरितो रूपले दिइएको तथ्यांङ्क प्रशोधन गरी चाहिए जसरी प्रस्तुत गर्दछ। सानोदेखि ठूलोसम्म हरहिसाब छिनमै गर्ने, ठूलठूला रेकर्डहरू राख्‍ने र चाहिएका बेला हेर्न, झिक्न सकिने भएकाले दिनदिनै यसको लोकप्रियता बढीरहेको छ। टाइप गर्न होस् वा घरबसीबसी विश्वभर सुचना आदान प्रदान गर्न होस्, सिनेमा हेर्न होस् वा खेल खेल्न आधुनिक युगमा कम्प्युटर हरेक घरको अनिवार्य आवश्यकता हुन थालेको छ। त्यसैले यसबारे सामान्य जानकारी हासिल गर्न सबैका लागि आवश्यक छ। कम्प्युटर लोकप्रिय हुनाका कारणहरूः Compatible (हरेक क्षेत्रमा प्रयोग हुनसक्ने)- यसले आवश्यकता अनुसार विभिन्न क्षेत्रको काम गर्नसक्ने बनाउन र विभिन्न क्षेत्रमा काम लगाउन सकिन्छ। सिंगो कम्प्युटर एक्लै चलाउन सकिन्छ भने विभिन्न अन्य उपकरणहरूलाई संचालन र नियन्त्रण गर्नमा पनि यसको उपयोग हुन्छ। Efficient (प्रभावकारी)- यसले सानासाना देखि लिएर ठूला ठूला जटील र झन्झटिला कामहरू नथाकिकन निरन्तर गरिरहन सक्छ। Reliablity (विश्वसनीय)- यसले कठीन र जटील कामहरू सही ढंगले गर्दछ। मानिसले गर्ने काममा अन्जानमै गल्तीहरू हुने सम्भावनाहरू धेरै हुन्छन् तर कम्प्युटरलाई सही तथ्याङ्क र सही निर्देशन दिएमा यसले गर्ने काममा गल्ती (Error) हुँदैन। Storage & Quick Processing (भण्डारण र तीब्र तथ्याङ्क प्रशोधन)- यसले धेरै तथ्यांङ्क भण्डार गर्ने र चाहिएको बेलामा आवश्यकता अनुसार छानेर झट्टै उपलब्ध गराउन सक्छ। आधुनिक जमानामा सूचना प्रणाली (Information Technology) को विकास भै विश्वब्यापी रूपमा यसले बजार मात्र लिन सकेको होइन कि ब्यापक लोकप्रियता पनि हासिल गर्नसक्यो। इन्टरनेटको आविस्कारबाट इ-कमर्स (विद्यूतिय ब्यापार) सम्भव भयो। अब मानिसले घर बसी-बसी विश्वको कुनैपनि ठाउँबाट चाहिएको बस्तु हेर्न, मोलतोल गर्न र किन्न पनि सक्ने भयो। इन्टरनेट र इमेलको प्रयोगबाट छोटो समयमा, सस्तो मोलमा विश्वका कुना-कुनामा चिठीपत्र-समाचार आदान प्रदान गर्न मात्र होइन अहिले त इन्टरनेट फोन मार्फत लोकल फोन सरह अमेरिका, अष्ट्रेलिया आदि टाढाटाढाका देशहरुमा फोन गर्न सकिने भएको छ। त्यसैले आधुनिक युगका नरनारी सूचना प्रणाली तर्फआकर्षित हुन थाले र विश्व बजारका ब्यापारीहरु पनि यसै क्षेत्रमा लगानी गर्न हात धोएर लाग्न थाले। यी सबैको पछाडी एउटै कुरा थियो कम्प्यूटर। भू उपग्रहभित्र र पृथ्वीमा रहने भू उपग्रह केन्द्रको कन्ट्रोल रुममा रहने कम्प्यूटरले एक सेकेण्डको सयौं भागमा सूचना आदान प्रदान गर्ने भएकोले अत्याधुनिक सूचना प्रविधिहरुको विकास गर्न सम्भव भयो। कम्प्युटरमा के के हुन्छ - कम्प्युटरमा मुख्यतः ३ अंग हुने गर्छन्। १. इनपुट (Input) -तथ्यांक हाल्ने माध्यम। २. प्रोसेसर (Processor)- कार्य सम्पादन कक्ष। ३. आउटपुट (Output) -निस्कने माध्यम। इनपुट डिभाइस मा किबोर्ड, माउस, स्क्यानर, माइक्रोफोन, जोएस्टीक पर्दछन्। यी डिभाइसहरूबाट कम्प्युटरलाई काम अह्राउने र तथ्यांक हाल्ने गरिन्छ। प्रोसेसिङ (सम्पादन कक्ष) मा सिपियू बाकस पर्दछ। प्रोसेसरले अह्राए अनुसार तथ्यांकलाई प्रशोधन गर्ने गर्दछ। आउटपुट डिभाइस (निस्कने माध्यम) का माध्यमबाट कम्प्युटरले प्रशोधन गरेका तथ्यांकहरू हेर्न वा झिक्न सकिन्छ। मोनिटर प्रिण्टर, साउण्ड बक्स आदिलाई आउटपुट डिभाइस का रूपमा लिन सकिन्छ। मोनिटर (मोनिटर) यो कम्प्युटरको स्क्रीन हो। कम्प्युटरमा के काम भैरहेको छ, के काम गर्न के निर्देशन (Command) दिनु पर्छ भन्ने हेर्न मोनिटर प्रयोग हुन्छ। मोनिटर सिपियू बाकसको VGA (Display कार्ड) मा डाटा केबुल (VGA केबुल) का माध्यमबाट जोडिएको हुन्छ। मोनिटरको लागि छुट्टै बिजुली चाहिने भएकाले यसमा एउटा पावर केबुल पनि जोडिएको हुन्छ। कुनै मोनिटरमा सिपियूको पावर सप्लाई यूनिट बाटै पावर केबुल जोड्न मिल्छ भने कुनै मोनिटर सीधै बिजुलीको प्लगमा जोडिन्छ। साधारण मोनिटर टेलिभिजन सेट जस्तै क्याथड्रे ट्युब प्रयोग गरी बनाइएको हुन्छ। आजकल एल.सी.डी. डिस्प्ले भएका फ्ल्याट र प्लाज्मा मोनिटरको प्रयोग पनि बढ्दै गैरहेको छ। कुनैकुनै मोनिटरबाट नै कम्प्युटरमा निर्देशन (Command) दिन मिल्छ जसलाइ टचस्क्रीन भनिन्छ। मोनिटरलाई भि.डि.यू. (Visual Display Unit) पनि भनिन्छ। सि पि यू बाकस (CPU Box) वा क्याविनेट क्याविनेट वा केसिङ सबैतिर बन्द गरिएको बाकस आकारको हुन्छ। साधारण बोलचालको भाषामा कम्प्युटरको मुख्य बाकसलाई सि पि यू बाकस भन्ने गरिन्छ। कम्प्युटरका इनपुट र आउटपुट का सबै यन्त्रहरू यसमा आवद्ध हुन्छन्। त्यसैले कम्प्युटरको सबैभन्दा महत्वपूर्ण भाग पनि यही नै हो। कम्प्युटरको दिमाग नै सि पि यू अर्थात् केन्द्रीय सम्पादन इकाइ हो। छोटकरीमा यसलाई प्रोसेसर मात्र पनि भनिन्छ। यो सिपियू बाकसभित्र रहेको मदरबोर्ड मा जोडिएको हुन्छ। यसैको गति (CPU Speed) का आधारमा कम्प्युटरको क्षमता निर्भर रहन्छ। हामीले अह्राए अनुसार प्रोसेसरले तथ्यांकलाई प्रशोधन गर्ने गर्दछ। कम्प्युटर विकास क्रमको संक्षिप्त इतिहास करिब इशापूर्व ३००० तिर भएको एवाकसको आविस्कार कम्प्यूटरको प्रारम्भिक रूप मानिएको छ। पछि अंकको प्रयोग हुनथालेपछि हिसाब किताबको विकास अत्याधिक भएको मानिन्छ। सन् १६१४ मा स्कटल्याण्डका जोन नेपियरले नेपियर्स बोन, १६२० मा विलियम ओज्ट रेड ले स्लाइड रुल, १६४२ मा फ्रान्सका पास्कलाइनले पास्कलाइन नामक जोड घटाउ यन्त्र, १६७१ मा लेबनाइट्ज ले लेबनाइट्ज क्यालकुलेटर तथा सन् १८२२ मा बेलायतका चार्ल्स बेबेजले डिफरेन्स इन्जिन र एनालिटिकल इन्जिनको आविस्कार गरेका थिए। तर यी सबै कार्यहरु कम्प्यूटरको पूर्णताबाट बाहिर थिए। सन १८८० मा अमेरिकाको जनगणना सर्बप्रथम प्रयोग शुरु गरिएको रेकर्डहरु प्रशोधन गर्ने कार्यमा धेरै समस्या देखिएकाले अमेरिका बसाईं सरेका जर्मन डा. हर्मन होलेरिथले सन् १८८७ तिर प्रतिमिनट २०० वटा कार्डहरु पढेर छुट्याउन सक्ने Punched कार्ड Tabulating Machine बनाए जसका लागी उनीले सम्मान पनि पाएका थिए। अन्तमा सन् १९३६ मा Howard Akin ले MARK-I नामको अटोमेटिक हिसाब गर्ने यन्त्र बनाएपछि यस क्रमले नयाँ मोड लियो। त्यस्तै १९४२ मा जोन भी एटानासफ्टले ABC (Atanasoft Berry Computer), १९४३ मा जुसे कोनरेडले Z-3, १९४४ मा हावर्ड एकिनले MARK-II कम्प्यूटर बनाएका थिए तापनि यी कम्प्यूटरहरु अति अजंगका थिए। यी सबै Electro-mechanical Computer थिए। अन्तत, १९४४ मा हंगेरीका गणितज्ञ जोन भोन न्यू मेनले Edvac नामको कम्प्यूटरको परिकल्पना गरी कार्य गरे पनि पूर्ण रूपमा सफल हुन सकेनन्। सन् १९५२ मा जे प्रेस्पर एकर्ट र जोन मौच्ले ले संयुक्त रूपमा Univac कम्प्यूटर तयार गरे। यी सबै प्रथम पुस्ताका कम्प्यूटरहरु थिए। आधुनिक कम्प्यूटरको शुरुवात यसै लाइ मानिएको छ। त्यसपछि दोश्रो, तेश्रो, तथा चौथो पुस्ताका कम्प्यूटरहरु को आविस्कार भयो। अहिले बजारमा IBM PC, Apple Macintosh, Acer, Siemens, Compaq, Dell, Gateway आदि नामका कम्प्यूटरहरु पाइन्छन्। नेपालमा पनि मर्केन्टाइल अफिस सिस्टमले मर्केन्टाइल पि सी र बेल्ट्रोनिक्स ट्रेडर्सले बेल्ट्रोनिक्स पिसी नामका कम्प्युटर उत्पादन गर्न थालेका छन्। हाल पाइने कम्प्यूटरहरुमा अत्याधुनिक कम्प्यूटर भनेर माइक्रो कम्प्यूटर पेन्टीयम IV लाइ मान्न सकिन्छ। यी कम्प्यूटरहरुमा अति तीब्र गतिमा काम गर्नसक्ने माइक्रो प्रोसेसरको प्रयोग गरिएको हुन्छ। यस्ता कम्प्युटरलाइ जुनसुकै सफ्टवेयर राखेर पनि काम गर्नसक्ने बनाइएको हुन्छ। कम्प्यूटरमा नेटवर्क तथा इन्टरनेटको सहायताले ब्याङ्क तथा वित्तीय संस्थाहरुले केही मिनटमैं विदेशमा भएको पैसा नेपालमा भुक्तान दिने प्रविधिको विकास भएको छ, त्यसैले ब्याङ्कहरुले यसको प्रयोग अत्याधिक रूपमा गर्नथालेका छन्। यसका अतिरिक्त एयर टिकटिङ्ग, ट्राभल एजेन्सी हरुले आफ्नो ब्यवसायमा कम्प्यूटरको प्रयोग बाट अत्याधिक लाभ लिन सफल भैरहेका छन्। वास्तवमा भन्दा सूचना, संञ्चार, यातायात, शिक्षा, स्वास्थ्य, रक्षा आदि लगायतका सबै क्षेत्रमा कम्प्यूटरको ब्यापक प्रयोग भएको छ। नेपालमा कम्प्युटरको इतिहास नेपालमा कम्प्यूटरको प्रयोगको शुरुवात जनगणनाको क्रममा केन्द्रिय तथ्यांक विभागले वि.सं. २०१८ मा FACIT नामक क्यालकुलेटिङ्ग मेशीन प्रयोग गरेर गरेको थियो। त्यसबाट विभिन्न त्रुटीहरु देखिएकोले राष्ट्रलाइ ठूलो नोक्सान हुनपुग्यो। त्यसैले २०२८ को जनगणनाको लागि तत्कालिन सरकारले प्रतिमहिना रु १ लाख २५ हजार भाडा तिर्नेगरी IBM 1401 नामको दोश्रो पुस्ताको कम्प्यूटर प्रयोग गरेको थियो। यसको प्रयोग गरी १ करोड १३ लाख जनताको तथ्याङ्क प्रोसेस गर्न १ बर्ष ७ महिना १५ दिन लागेको थियो। कम्प्यूटरका सम्बन्धित सबै काम गर्नको लागि २०३१ पौषमा यान्त्रिक सारिणीकरण केन्द्र खोलियो र ०३७ सालतिर त्यसैलाइ राष्ट्रिय कम्प्यूटर केन्द्र नामाकरण गरीयो। २०३८ मा जनगणनाको लागि बेलायती कम्प्यूटर ICL 2950/10 ल्याइयो उक्त कम्प्यूटर UNDP/UNFPA को सहयोगमा रु २० लाख डलरमा प्राप्त भएको थियो जसबाट जनगणनाको कार्य १ बर्ष३ महिनामा सकिएको थियो। ०३९ तिर काठमाण्डौंमा विभिन्न कम्प्यूटरका निजी संस्थाहरु खुले। ०४० को दशक देखिनै देशभरमा कम्प्यूटरको कार्यक्षेत्र निकै विस्तार भैसकेको थियो। त्यसैबेलादेखि कम्प्यूटरको दक्ष जनशक्ति पनि उत्पादन गर्ने हेतुले राष्टि्य कम्प्यूटर केन्द्रबाट तालिमको कार्यक्रम पनि संचालन गर्न थालियो। थोरै ठाँउमा धेरै तथ्यांङ्क राख्‍न सकिने र सो तथ्याङ्क चाहिएको समयमा एकैछिनमा भेट्न सकिने भएको हुँदा तथ्याङ्क राख्‍नुपर्ने संस्थाहरु जस्तै प्रवेशिका परिक्षा बोर्ड, कर्मचारी संञ्चयकोष आदिले कम्प्यूटरको प्रयोग ब्यापक रूपमा गर्न थालेपछि यसको पेशागत रूपमा प्रयोग हुनथाल्यो। त्यसैगरी विभिन्न ब्याङ्क तथा बित्तीय संस्थाहरुले पनि कम्प्यूटरको ब्यापक रूपमा प्रयोग गर्दै आएका छन्। अहिले त जुनसुकै विषयको कार्यालय वा ब्यापार संस्था खोलियोस्, फर्निचर पछाडी लगत्तै कम्प्यूटरको आवश्यकता महसुस गरिन्छ। कम्प्यूटर डाटा प्रोसेसिङ्गमा मात्र नभइ डकुमेण्टेशन गर्न, पत्रपत्रिकाको लेआउट डिजाइन गर्न आदि कार्यहरुमा पनि प्रयोग गरिन्छ। कम्प्यूटरको प्रयोगले दूरसंञ्चार, हवाइ यातायात जस्ता अत्यन्त प्राविधिक क्षेत्रहरूपनि जटिलताबाट सरलतातिर उन्मुख भएका छन्। नेपालको दूरसंञ्चार क्षेत्रमा स्वीचिङ्ग, ट्रान्समिसन, इन्क्वाइरी, विलिङ्ग पूर्णतया कम्प्यूटराइज्ड भएकोले हाम्रो देशका सबै टेलिफोन सिस्टम डिजिटलाइज्ड छन्। कम्प्यूटरको प्रयोगले नयाँ सिस्टम जडान गर्न अथवा पुरानो सिस्टममा कठीनाइ आएमा मर्मत गर्न एकदमै सजिलो भएको छ। कम्प्युटरको आविष्कारले मानिसलाई हरेक कुरामा सहयोग पुर्‍याएको छ।