"मेची राजमार्ग" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: पूर्वपश्चिम राजमार्गको १० कि.मी. दूरीमा रहेको झापाको चारआली दे...
(कुनै भिन्नता छैन)

१२:१२, २ अप्रिल २००७ जस्तै गरी पुनरावलोकन

पूर्वपश्चिम राजमार्गको १० कि.मी. दूरीमा रहेको झापाको चारआली देखी, इलाम, पाँचथर, ताप्लेजुङ सम्म जोड्ने सडकलाई मेची राजमार्ग भनिन्छ। यो समुन्द्र सतहको करिव १०० मी. उचाई देखि करिव २५०० मीटरको उचाईसम्म पुग्दछ। मेची अञ्चलको तलदेखि माथि सम्म जोड्ने भएकोले यसलाई मेची राजमार्ग भनिएको हो। मेची राजमार्गको जम्मा ### कि.मी. मध्ये चारआली देखि पाँचथरको फिदिम बजारसम्म कालोपत्र भैसकेको छ। यसले झापाको बुधबारे, इलामको फिक्कल, तीनघरे, इलामबजार, बिब्ल्याँटे, पाँचथरको फिदिम जस्ता बजारहरु छिचोल्दै ताप्लेजुङको फुङलिङ बजार पुग्छ। बर्ने तथा कन्यामको हरियाली चियाबगान, कञ्चनजंघा लगायतका सिंगलिला श्रेणीका विभिन्न मनोरम शिखरहूरू यो राजमार्गमा हिँड्ने जो कोहीले पनि दृष्यावलोकन गर्न सक्छ।