"इन्द्रायणी" का संशोधनहरू बिचको अन्तर

सा +मेट्ने चिनो हटाएर स्रोतहीन जोडियो
कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
पङ्क्ति १:
{{Unreferenced}}
'''इन्द्रायणी''' काठमाडौँ एक प्रसिद्ध मन्दिर तथा [[शक्तिपीठ]] हो । यो मन्दिर [[विष्णुमती नदी|विष्णुमती]] नदीको पूर्व किनारमा रहेको छ । यो इन्द्रायणीलुती [[भगवतीअजिमा]]को मन्दिर हो । यसलाई स्थानीय भाषामा '''लुती अजिमा''' पनि भन्ने गर्दछन् ।हो। वंशावली का अनुसार कलिगत संवत् ३८२५ मा [[काठमाडौँ]] नगर निर्माण गर्दा राजा [[गुणकामदेव]]ले देशरक्षार्थ नगरको चारैतिर लुमडी अजिमा (भद्रकाली), कङ्ग अजिमा (कंकेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तकती अजिमा (नीलबाराही), ङेतमरु अजिमा (नरदेवी), बछला अजिमा, लुती अजिमा (इन्द्रायणी) स्थापना गरी खटजात्रा चलाएका हुन्। नेपालको विभिन्न स्थाहरूमास्थानहरूमा इन्द्रायणीलुती देवीकोअजिमाको स्थपना स्थापना गरेर पूजा गरिंदै आएको छ ।
==भक्तपुरको इन्द्रायणी देवी==
इन्द्रजात्राको दिन [[भक्तपुर नगरपालिका|भक्तपुर]]को इन्द्रायणी देबीको खट यात्रा अवेर राति हुने गर्दछ। त्यसको भोलिपल्ट भने खटलाई सिद्धपोखरीमा राखिन्छ। यसै दिन यहाँ मेला लाग्ने गरेको हो। मेलाका दिन बिहान पख भक्तजनहरूको सिद्धपोखरीमा स्नान गर्नको लागि जाने गरेका छन्। दिउसोतिर बाजागाजा सहित इन्द्रयाणीको खट ल्याइए पछि भने पूजा अर्चना हुने गर्दछ। इन्द्रायणीको जात्रा हुने भएकोले यस पोखरीलाई इन्द्रसरोबर पनि भन्ने गरिएको छ। एक दशक अघि पोखरी पुरिन लागेको बेलामा लोप हुने देखिएको सिद्धपोखरी मेला केही वर्ष यता फेरी भब्यताका साथ मनाउन थालिएको हो। चारैतिर पर्खालले घेरिएको पोखरी परिसरमा साँझ सात बजे पछि प्रबेश निषेध गरिएको छ। [[दीपावली|दिपावली]]को गरिने भएकोले वर्षको एक चोटी यसै दिन मात्र सिद्धपोखरी राति अवेर सम्म खुल्ला रहन्छ। भक्तपुर कै सबैभन्दा ठूलो पोखरीको रूपमा रहेका यस पोखरीलाई स्थानीय भाषामा तःपुखु पनि भन्ने गरिएको छ। पोखरीको करीब ९ मिटरको परिधि परिक्रमा गर्न सरदर १० मिनेट समय लाग्ने गर्दछ। मेलाका दिनमा पोखरीका चार वटा ढोका मध्ये पुर्बको एउटै ढोका मात्र खुल्ला राखिन्छ।
"https://ne.wikipedia.org/wiki/इन्द्रायणी" बाट अनुप्रेषित